एनपीएल : आज जनकपुर-काठमाडौं र विराटनगर-कर्णाली भिड्दै



बुटवल
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्दा दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । पहिलो खेलमा पराजित भएको जनकपुर दोस्रो खेलमा पहिलो जितको खोजीमा मैदान उत्रनेछ । जनकपुर आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो । कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा ११३ रनमै अलआउट भएको थियो ।
काठमाडौं गोर्खाजले भने एनपीएलको तेस्रो संस्करणमा आज पहिलो खेल खेल्दैछ । पहिलो खेलमै जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने काठमाडौंका कप्तान करण केसी हुन् भने जनकपुरको नेतृत्व अमेरिकी बलिङ अलराउन्डर हर्मित सिंहले गर्दैछन् ।
यसैगरी, आजै हुने दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो ४ः३० बजे सुरु हुनेछ ।
कर्णालीले पहिलो खेलमा जनकपुरलाई १९ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ । विराटनगर भने आफ्नो पहिलो खेलमा पोखरा एभेन्जर्ससँग आठ रनले पराजित भएको थियो । दोस्रो खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यमा हुनेछन् ।
विराटनगरको कप्तानी सन्दीप लामिछानेले गरिरहेका छन् भने कर्णालीको नेतृत्व सोमपाल कामीले गर्दैछन् ।

छुटाउनुभयो कि ?

शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, धान नभित्र्याउन मौसमविद्को आग्रह

शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, धान नभित्र्याउन मौसमविद्को आग्रह

बुटवलशक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावका कारण आज देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान ...
नागरिक सेवामा समर्पित भएर काम गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

नागरिक सेवामा समर्पित भएर काम गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौँप्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको गुनासो उचित रूपमा सम्बोधन गर्दै शान्ति सुरक्षा कायम गर्न र नागरिक सेवा...
एनपीएल : आज जनकपुर-काठमाडौं र विराटनगर-कर्णाली भिड्दै

एनपीएल : आज जनकपुर-काठमाडौं र विराटनगर-कर्णाली भिड्दै

बुटवलनेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्दा दोस्रो ख...
एनपिएल: सुदूरपश्चिमको पुनरागमन, पोखरा ६ विकेटले पराजित

एनपिएल: सुदूरपश्चिमको पुनरागमन, पोखरा ६ विकेटले पराजित

बुटवलकप्तान दीपेन्द्र सिंह ऐरीको अविजित अर्धशतक र अनिल खरेलको तीन विकेटको मद्दतमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एन...