समाचार

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीमा आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत अघिल्लो असोज महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये ज्यानसम्बन्धी २७, आमहत्या १६, चोरी ७, संगठित तथा आर्थिक अपराध ४९, सामाजिक अपराध ६, महिला बालिबालिकासम्बन्धी अपराध ११, सवारीसम्बन्धी १४ र विविध २ वटा रहेका छन् ।फैसला कार्यान्वयनतर्फ ८० जना फरार प्रतिवादी पक्राउ गरी उनीहरुबाट १ करोड ९ लाख ६ हजार ३ सय ७१ रुपैयाँ जरिवाना र ६ वर्ष ७ महिना ८ दिन कैद तथा सजाय असुलउपर भएको प्रहरीले जनाएको छ । त्यस्तै चालु मुद्दाको प्रतिवादी पक्राउ संख्या ११३ जना रहेको छ । प्रहरीका अनुसार महिला तथा जेष्ठ नागरिकसँग सम्बन्धित घरेलु हिंसातर्फ ९५ र महिला छिमेकीसँग झगडा (ठाडो निवेदन) ५३ वटा दर्ता भएकोमा घरेलु हिंसाका ७३ र ठाडो निवेदनका ४७ वटा मिलापत्र भएको छ ।त्यस्तै असोजमा लागूऔषधसम्बन्धी १० वटा मुद्दा दर्ता भएको र १७ जनालाई पक्राउ गरिएको जिल्ला ...
युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौंयुक्रेनमा चार वर्षभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने नयाँ कूटनीतिक प्रयासस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफबीच बुधबार भेटवार्ता भएको छ। रूसको सेन्ट पिटर्सबर्गस्थित कन्स्टान्टिन दरबारमा भएको भेटवार्तामा युद्धविरामका नयाँ प्रस्ताव र अमेरिका, रूस तथा युक्रेनबीच त्रिपक्षीय वार्ता पुनः सुरू गर्ने विषयमा छलफल भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स र एसोसिएटेड प्रेस (एपी) ले जनाएका छन्। विटकफले पुटिनसँगको भेटमा युक्रेन युद्ध अन्त्य गर्ने सम्भावित उपायसम्बन्धी दस्तावेज प्रस्तुत गरेका थिए। उनले तीन देशका प्रतिनिधि सम्मिलित वार्ता पुनः सुरू गर्न प्रस्ताव गर्दै प्राविधिक टोलीमार्फत शान्ति सम्झौताको आधार तयार गर्न सकिने बताएका छन्। पुटिनले पनि युद्ध अन्त्य गर्ने अमेरिकी प्रयासप्रति धन्यवाद व्यक्त गरेका...
प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

प्रधानमन्त्री शाहको शुभकामना: सरकार छ भन्ने अनुभूति दिलाउन सबै एकजुट हुन आह्वान

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंप्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको शुभकामना दिँदै देशविदेशमा रहेका सबैमा सुख, शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री शाहले विजयादशमी असत्यमाथि सत्यको विजय प्राप्त भएको उपलक्ष्यमा मनाइने उत्सव भएको र पौराणिक मान्यताअनुसार यसै दिन दुर्गा भवानीले महिषासुर जस्तो आसुरी शक्तिमाथि विजय प्राप्त गरेको विषय सुझाएका छन् । उनले आजको दिनलाई भगवान् रामले पनि असत्यका प्रतीक रावणको अन्त्य गरेको दिनको रूपमा लिइने स्मरण गरेका छन् । उनले मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा रहेको बताउँदै दुर्गा भवानीले विजय प्राप्त गरे जस्तै सबैले हरेक सत्कर्ममा विजय प्राप्त गर्न सकून भन्ने कामना गरेका छन् । ‘आशीर्वाद ग्रहण गर्न टाढा रहनुभएका मान्यजनहरूलाई समेत हामी खोजीखोजी पुग्छौँ,’ उनले सन्देशमा भनेका छन...
आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
बुटवलबडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।दशैँघर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको देवीको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान १०ः२६ बजेको साइत उत्तम रहेको जनाएको छ ।विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा. पुरुषोत्तम भट्टराईले जानकारी दिए ।“राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ,” उनले भने । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभि...
बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, लेख रचना, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय
श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) देखि सुरु भई पूर्णिमा (कोजाग्रत पूर्णिमा) सम्म चल्ने यो पावन पर्व विशेष गरी सत्यको विजय, पारिवारिक मिलन, सामाजिक सद्भाव र सांस्कृतिक धरोहरको प्रतीक हो। नेपाल र विश्वभर छरिएर रहेका नेपाली समुदायमा यसको ऐतिहासिक, धार्मिक, सामाजिक, र व्यावहारिक महत्व निकै गहिरो छ।बडादशैंको बहुआयामिक महत्वलाई विस्तृत रूपमा प्रस्तुत गरिएको छ: धार्मिक तथा पौराणिक महत्व (सत्यको विजय) बडादशैंको सबैभन्दा ठूलो धार्मिक सन्देश भनेको 'असत्यमाथि सत्यको र आसुरी शक्तिमाथि दैवी शक्तिको विजय' हो। यस पर्वसँग मुख्य दुईवटा पौराणिक कथाहरू जोडिएका छन्: -महिषासुर वध र देवी दुर्गाको पूजा: पौराणिक मान्यता अनुसार, शक्तिकी देवी दुर्गा भवानीले ब्रह्माण्डलाई आतङ्कित बनाउने क्रूर राक्ष...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका सा...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, समाचार, समाज
काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्त्याउन सक्ने देखिएको छ। महँगी, इरानसँगको युद्ध र ट्रम्पको घट्दो लोकप्रियताका बीच रिपब्लिकन पार्टीलाई कंग्रेसमा आफ्नो बहुमत जोगाउन चुनौती थपिएको छ। १० प्रमुख जनमत सर्वेक्षणमध्ये केवल एकमा मात्र रिपब्लिकन पार्टी अगाडि देखिएको छ।मिडटर्म चुनावमा राष्ट्रपति चुनिँदैन। यसमा अमेरिकी संसद् अर्थात् कंग्रेसका दुवै सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स र सिनेटका सिटहरूका लागि मतदान हुन्छ।हाल दुवै सदनमा रिपब्लिकन पार्टीको झिनो बहुमत छ। यदि डेमोक्र्याट्सले आवश्यक सिट जिते भने, उनीहरूले एक वा दुवै सदनमा बहुमत हासिल गर्न सक्छन्। यसले गर्दा ट्रम्पलाई आफ्ना एजेन्डाहरू लागू गर्न निकै कठिन हुनेछ। ट्रम्पको लोकप्रियतामा गिरावट, रेटिङ ३० प्रतिशतमा झर्‍योअमेरिकामा ट्रम्पको कामबाट सन्तुष्...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, समाज
बुटवलजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।महाशाखाले जारी गरेको दशैँ विशेष मौसम बुलेटिनअनुसार नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले दशैँका बेला ठूलो वर्षाको सम्भावना नरहे पनि केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्नेछ । त्यस्तै महाशाखाले नवमीदेखि दशमीसम्म कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बादल लाग्ने पूर्वानुमान छ । देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। यस अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली ...
आईसीसी क्रिकेट विश्वकप: बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का

आईसीसी क्रिकेट विश्वकप: बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का

Breaking news 1, खेलकुद, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
बुटवलबलिङमा शानदार पुनरागमन गर्दै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ को अन्तिम खेलमा ओमानलाई पराजित गर्दै लिग २ मा छैटौं स्थान पक्का गरेको छ । सोमबार अल अमेरत ग्राउन्ड टर्फ १ मा भएको खेलमा नेपालले ओमानलाई १० रनले पराजित गरेको हो । नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले ५० ओभरमा ६ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो ।ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक ८९ तथा हम्माद मिर्जाले ८७ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । ओमानले ३२ रनमा पहिलो विकेट गुमाएपछि यी दुई मिलेर दोस्रो विकेटका लागि १५८ रनको साझेदारी गरेका थिए ।१९० रनमा दोस्रो विकेट प्राप्त गरेपछि नेपालले त्यसको १३ रनपछि अर्को विकेट पनि प्राप्त गर्‍यो । २०३-३, २०६-४ हुँदै कप्तान विनायक शुक्ला आउट हुँदा ओमान २२४-५ को अवस्थामा पुगेको थियो । त्यसपछि सन्जु सजिव रनआउट भएपछि ओमान २३२-६ को अवस्थामा पुग्यो ।त्यहाँबाट हस्नैन श...
दसैँ–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्वासी

दसैँ–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्वासी

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौंकाठमाडौंको थापाथलीको सुकुम्वासी बस्तीबाट विस्थापित हरिमाया जिम्बा गत वैशाख १२ यता होल्डिङ सेन्टरमा छिन् । अस्थायी बासस्थानमा बस्न थालेपछि महिलाहरूको चाड तीज आयो । चुरा पनि लगाउन नपाएर सकियो ।अब दसैँ र तिहार आएको छ । चाडपर्वको आगमनले उनलाई घरविहीन हुनुपरेको छ । उनलाई अघिल्ला वर्षको चाडका दिन सम्झना आउँछ ।घर, रोजगारी गुमेपछि कहाँ जाने, कसरी चाड मनाउने भन्ने चिन्ता थपिएको छ । अघिल्लो वर्ष घर हुँदा परिवार सँगै बस्ने गरे पनि यस वर्ष के गर्ने भन्ने टुंगो नरहेको उनले बताइन् ।“हामीजस्तो गरिबलाई चाड के हो ? दसैँ के हो ? तिहार के हो ?” उनले थपिन्, “पहिला आफैँ काम गरेर सानो झुप्रो भए पनि परिवारसँग बस्थ्यौँ, खान्थ्यौँ, रमाइलो गथ्र्यौं । वैशाख १२ गते घर भत्किएपछि परिवार साथमा छैन । कोही कता, कोही कता छन् ।” तीजमा चुरा पनि किनेर लगाउन नसकेको उनले सुनाइन् । उनी विगत ६ महिनादेखि होल्डिङ से...