आज जनै पूर्णिमा तथा रक्षाबन्धन, देशभर मनाइँदै
काठमाडौँप्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन तथा जनै पूर्णिमा अर्थात् ऋषितर्पणी पर्व आज देशभर नयाँ यज्ञोपवीत तथा रक्षासूत्र धारण गरी श्रद्धापूर्वक मनाइँदै छ।आज बिहानैदेखि वैदिक सनातन धर्मावलम्बी नदी, ताल, तलाउ, पोखरी तथा धार्मिक कुण्डमा स्नान गरी गुरु तथा पुरोहितबाट विधिपूर्वक मन्त्रिएको रक्षासूत्र बाँध्ने गर्छन्। मन्त्रिएको यज्ञोपवीत तथा रक्षासूत्र धारण गर्दा नकारात्मक शक्तिबाट रक्षा हुने धार्मिक विश्वास रहिआएको छ।पौराणिक मान्यताअनुसार सत्ययुगमा दानवबाट पीडित देवगणको रक्षाका लागि गुरु बृहस्पतिले रक्षा विधान तयार गरी रक्षासूत्र बाँधिदिएका थिए। यही मान्यताका आधारमा रक्षाबन्धनको परम्परा सुरु भएको विश्वास गरिन्छ।
रक्षासूत्र बाँध्ने क्रममा गुरु तथा पुरोहितहरूले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबलः, तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल’ मन्त्र उच्चारण गर्ने व...






