गुल्मीमा एमालेको जनप्रदर्शन “शुशिला कार्की नेतृत्व सरकार संविधान विपरीत” — दिनेश पन्थी
सुर्य सुनार,कार्तिक २५, गुल्मी नेकपा (एमाले) गुल्मीले संविधानको रक्षा र प्रतिगमनको विरोधमा जिल्लाभर जनप्रदर्शन गरेको छ। जिल्लाका सबै १२ वटा स्थानीय तहमा एकसाथ जनप्रदर्शन गरिएको पार्टीले जनाएको छ ।कार्यक्रममा केन्द्रिय तथा जिल्ला स्तरीय नेताहरूले सम्बोधन गर्दै वर्तमान राजनीतिक अवस्थाप्रति आपत्ति जनाएका थिए। नेकपा (एमाले) केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज दिनेश पन्थीले शुशिला कार्की नेतृत्वको सरकार संविधान विपरीत बनेको दाबी गर्नुभयो।उहाँका अनुसार संविधानले तोकेको प्रक्रिया र राजनीतिक सहमतिको मर्म विपरीत वर्तमान सरकार गठन भएकाले एमालेले त्यसको विरोधमा देशव्यापी अभियान थालेको पन्थीले बताउनुभयो ।त्यस्तै धुर्कोट गाउँपालिकामा केन्द्रिय सदस्य दिनेश पन्थी, छत्रकोटमा केन्द्रिय सदस्य जंग नेपाली, मदानेमा केन्द्रिय सदस्य गणेश खनाल, रुरुक्षेत्रमा केन्द्रिय सल्लाकार परिषद् सदस्य कमलराज श्...








