बिहारमा आज दोस्रो चरणको विधानसभा चुनाव, नेपालका नाका बन्द


काठमाडौँ
भारतको बिहारमा आज मंगलबार दोस्रो र अन्तिम चरणको विधानसभा निर्वाचन हुँदैछ । बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान तालिका भएकाले मतदाता मतदानमा सहभागी हुँदैछन् । १२२ सिटका लागि १ हजार ३ सय २ उम्मेदवार चुनावीमैदानमा छन् ।
३ करोड ७० लाखभन्दा बढी मतदाता मतदानमा सहभागी हुने अपेक्षा गरिएको छ। तीमध्ये १ करोड ७५ लाख महिला छन् । ४५ हजार ३ सय ९९ मतदान केन्द्रमा मतदान व्यवस्था मिलाइएको छ । ४० हजार ७३ मतदान केन्द्र ग्रामीण क्षेत्रमा छन् ।
नवादा जिल्लाको हिसुआ क्षेत्र सबैभन्दा बढी मतदाता भएको भूगोल हो । यहाँ मात्रै ३.६७ लाख मतदाता छन् । त्यस्तै लौरिया, चनपटिया, रक्सौल, त्रिवेणीगंज, सुगौली र बनमखी निर्वाचन क्षेत्रहरूमा प्रत्याशीको संख्या सबैभन्दा बढी अर्थात् २२–२२ जना छन् ।
बिहारमा मतदानका कारण नेपालमा सीमा जोडिएका मधेशका थुप्रै जिल्लामा नेपाल भारत आउजाउ पनि निषेध गरिएको छ ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...
राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

बुटवलराष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा ...
४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...