एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै



काठमाडौं
नेकपा (एमाले) ले आज देशभरका सबै ७५३ वटै स्थानीय तहमा जनपरिचालन कार्यक्रम अन्तर्गत भव्य जनप्रदर्शन गर्दैछ । प्रतिगामी षड्यन्त्रका विरुद्ध देशव्यापी जनपरिचालन गर्ने निर्णय अनुसार पार्टीले वडा, पालिका, जिल्ला र राष्ट्रिय तहमा चरणबद्ध रूपमा कार्यक्रम सञ्चालन गर्दै आएको हो ।

पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार मंसिर २२ गतेसम्म देशभरका ६ हजार ७ सय ४३ वटै वडामा वडा भेलाहरू सम्पन्न भइसकेका छन् । ती भेलामा भदौ २४ पछि उत्पन्न राजनीतिक परिस्थिति, संसद् विघटनको घटनाक्रम र एमालेको आगामी बाटोबारे कार्यकर्तालाई स्पष्ट पारिएको थियो ।
गौतमका अनुसार आजका पालिका स्तरका जनप्रदर्शनहरूमा कतिपय ठाउँमा मोटरसाइकल र्‍यालीमार्फत शक्ति प्रदर्शन भइरहेको छ भने कतिपय पालिकाका केन्द्रमा नारा जुलुससहितका जनसभाहरू आयोजना भएका छन् । पार्टी केन्द्रले “जनतालाई जागाउने” उद्देश्यका नाराहरू तय गरेको र जनप्रदर्शनलाई भव्य बनाउन सबै सहभागीले एमालेको झण्डा बोकेर सहभागी हुन निर्देशन दिइएको छ ।
कार्यक्रमका क्रममा जनप्रदर्शन घना बस्ती भएका क्षेत्रहरूमा सञ्चालन गर्न, अन्त्यमा छोटो कोणसभा आयोजना गर्न र त्यस सभामा वर्तमान राजनीतिक अवस्थाबारे जनतालाई जानकारी दिन स्थानीय नेताहरूलाई जिम्मेवारी तोकिएको छ ।

एमालेले सबै कार्यकर्तालाई जनप्रदर्शनका तस्बिर, भिडियो र प्रमुख विषयवस्तु सामाजिक सञ्जालमा शेयर गर्न तथा सञ्चारमाध्यमहरूमा पठाउन निर्देशन पनि दिएको छ ।

आजको जनप्रदर्शन कात्तिक २९ गते हुने जिल्ला स्तरीय आमसभा, मंसिर ६ गते काठमाडौंमा आयोजना हुने केन्द्रीय जनप्रदर्शन र आगामी महाधिवेशनका प्रचारप्रसारको तयारीको रूपमा पनि रहने बताइएको छ ।

छुटाउनुभयो कि ?

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

बुटवलजनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी नि...
तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

रुपन्देहीरुपन्देहीको तिलोत्तमा नगरपालिका–३ डिङ्गनगर विष्णुपुरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा आएको छ । लामो समयदेखि...
बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

काठमाण्डौ — रसुवाको भोटेकोशीमा गएको १० गते आएको विनाशकारी बाढीका कारण पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय वि...
भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

काठमाडौंभोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्...