एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै



काठमाडौं
नेकपा (एमाले) ले आज देशभरका सबै ७५३ वटै स्थानीय तहमा जनपरिचालन कार्यक्रम अन्तर्गत भव्य जनप्रदर्शन गर्दैछ । प्रतिगामी षड्यन्त्रका विरुद्ध देशव्यापी जनपरिचालन गर्ने निर्णय अनुसार पार्टीले वडा, पालिका, जिल्ला र राष्ट्रिय तहमा चरणबद्ध रूपमा कार्यक्रम सञ्चालन गर्दै आएको हो ।

पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार मंसिर २२ गतेसम्म देशभरका ६ हजार ७ सय ४३ वटै वडामा वडा भेलाहरू सम्पन्न भइसकेका छन् । ती भेलामा भदौ २४ पछि उत्पन्न राजनीतिक परिस्थिति, संसद् विघटनको घटनाक्रम र एमालेको आगामी बाटोबारे कार्यकर्तालाई स्पष्ट पारिएको थियो ।
गौतमका अनुसार आजका पालिका स्तरका जनप्रदर्शनहरूमा कतिपय ठाउँमा मोटरसाइकल र्‍यालीमार्फत शक्ति प्रदर्शन भइरहेको छ भने कतिपय पालिकाका केन्द्रमा नारा जुलुससहितका जनसभाहरू आयोजना भएका छन् । पार्टी केन्द्रले “जनतालाई जागाउने” उद्देश्यका नाराहरू तय गरेको र जनप्रदर्शनलाई भव्य बनाउन सबै सहभागीले एमालेको झण्डा बोकेर सहभागी हुन निर्देशन दिइएको छ ।
कार्यक्रमका क्रममा जनप्रदर्शन घना बस्ती भएका क्षेत्रहरूमा सञ्चालन गर्न, अन्त्यमा छोटो कोणसभा आयोजना गर्न र त्यस सभामा वर्तमान राजनीतिक अवस्थाबारे जनतालाई जानकारी दिन स्थानीय नेताहरूलाई जिम्मेवारी तोकिएको छ ।

एमालेले सबै कार्यकर्तालाई जनप्रदर्शनका तस्बिर, भिडियो र प्रमुख विषयवस्तु सामाजिक सञ्जालमा शेयर गर्न तथा सञ्चारमाध्यमहरूमा पठाउन निर्देशन पनि दिएको छ ।

आजको जनप्रदर्शन कात्तिक २९ गते हुने जिल्ला स्तरीय आमसभा, मंसिर ६ गते काठमाडौंमा आयोजना हुने केन्द्रीय जनप्रदर्शन र आगामी महाधिवेशनका प्रचारप्रसारको तयारीको रूपमा पनि रहने बताइएको छ ।

छुटाउनुभयो कि ?

अल्पविद्या भयङ्करम्

अल्पविद्या भयङ्करम्

श्रीराम ज्ञवाली' सबै कुरामा विज्ञ ठान्नेले केही जानेको हुँदैन अर्थात्, आफूलाई सर्वज्ञानी सम्झने व्यक्ति वास्तवमा अल्पज्ञानी ह...
अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

काठमाडौंअमेरिकाका ठूला मेडिकल ल्याब कम्पनीहरूमध्ये एक क्वेस्ट डायग्नोस्टिक्समा साइबर आक्रमण भएको छ। यसमा बिरामीहरूको स्वास्थ्...
जयशंकरलाई अर्थमन्त्री वाग्लेको प्रश्न : के विश्व पेन्डुलमको अर्को छेउतिर जाँदै छ?

जयशंकरलाई अर्थमन्त्री वाग्लेको प्रश्न : के विश्व पेन्डुलमको अर्को छेउतिर जाँदै छ?

काठमाडौँअर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिँदो विश्व व्यवस्था र अन्तर्राष्ट्रिय सहका...
बडादशैं: आज द्वादशी ,टीका- जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म लगाइने

बडादशैं: आज द्वादशी ,टीका- जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म लगाइने

बुटवलविजयादशमीको मुख्य दिनदेखि सुरु भएको दसैँको टीका लगाउने क्रम आज द्वादशीमा पनि जारी रहनेछ। निधारमा रातो टीका र कानमा पहेँल...