बुटवल -गोरुसिङ्गे-चन्द्रौटा सडक निर्माण प्रक्रिया: बुटवल-नारायणगढ जस्तो अव्यवस्थित नहोस्
श्रीराम ज्ञवाली
पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बुटवल-गाेरुसिङ्गे २ लेन सडक ४ लेन निर्माण विस्तारका लागि ठेक्का सम्झौता भइसकेको छ।
बुटवल-गोरुसिङ्गे सम्मको करिब ५० किलोमिटर सडक साङसिङ चाइना कम्पनी र आशिष निर्माण सेवाले १३ अर्ब ५० करोडमा सम्झौता गरि कार्तिक ४ गतेदेखि निर्माणको काम सुरु गरिसकेको छ। एसियाली विकास बैंकको सहयोगमा बहुवर्षीय योजना अन्तर्गत ३ वर्षमा हस्तान्तरण गर्ने गरी सम्झौता भएको छ। उक्त सडक सहरी क्षेत्रमा ५०मिटर र जङ्गल क्षेत्रमा २४ मिटरकाे हुनेछ।पूर्वपश्चिम राजमार्ग अन्तर्गतको उक्त खण्ड करिब ६२ वर्षपछि स्तर उन्नति हुने भएको छ। सडक स्तराेन्नति हुने भएपछि नागरिकमा खुसी छाएको छ।
साथै यसै राजमार्गको बुटवल- नारायणगढ सडक ४ ले निर्माणमा भइरहेको ढिलासुस्ती र अव्यवस्थित हुँदा नागरिकले पीडा भोग्नुपरेको छ। यही पीडाका कारण उक्त बुटवल -गोरुसिङ्गे -चन्द्रौटा ४ लेन स...








