बुटवल -गोरुसिङ्गे-चन्द्रौटा सडक निर्माण प्रक्रिया: बुटवल-नारायणगढ जस्तो अव्यवस्थित नहोस्


श्रीराम ज्ञवाली

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बुटवल-गाेरुसिङ्गे २ लेन सडक ४ लेन निर्माण विस्तारका लागि ठेक्का सम्झौता भइसकेको छ।

बुटवल-गोरुसिङ्गे सम्मको करिब ५० किलोमिटर सडक साङसिङ चाइना कम्पनी र आशिष निर्माण सेवाले १३ अर्ब ५० करोडमा सम्झौता गरि कार्तिक ४ गतेदेखि निर्माणको काम सुरु गरिसकेको छ। एसियाली विकास बैंकको सहयोगमा बहुवर्षीय योजना अन्तर्गत ३ वर्षमा हस्तान्तरण गर्ने गरी सम्झौता भएको छ। उक्त सडक सहरी क्षेत्रमा ५०मिटर र जङ्गल क्षेत्रमा २४ मिटरकाे हुनेछ।पूर्वपश्चिम राजमार्ग अन्तर्गतको उक्त खण्ड करिब ६२ वर्षपछि स्तर उन्नति हुने भएको छ। सडक स्तराेन्नति हुने भएपछि नागरिकमा खुसी छाएको छ।

साथै यसै राजमार्गको बुटवल- नारायणगढ सडक ४ ले निर्माणमा भइरहेको ढिलासुस्ती र अव्यवस्थित हुँदा नागरिकले पीडा भोग्नुपरेको छ। यही पीडाका कारण उक्त बुटवल -गोरुसिङ्गे -चन्द्रौटा ४ लेन सडक निर्माणमा पनि नागरिक ससंकित छन्। २०७५ सालमा ४२ महिनामा काम पूरा गर्ने गरी १७ अर्बमा सम्झौता भएको थियो ।

एसियाली विकास बैंकको सहयोगमा निर्माण सुरु गरिएको हो। ११३ किलोमिटर सडक चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनको निर्माणमा भइरहेको ढिला सुस्ती साथै अव्यवस्थित हुँदा हिउँदमा धुलाम्य र वर्षामा हिलाम्य हुनुपरेको साथै २घण्टाको बाटोलाई ६ घण्टा लगाई यात्रा गर्नुपरेको छ।

उक्त बुटवल -नारायणगढ सडक तीव्र गतिमा पूरा गर्नुपर्ने र बुटवल -गोरुसिङ्गे- चन्द्रौटा सडकमा यस किसिमको दुःख नागरिकलाई नहोस् भनि सचेत भई काम अगाडि बढाउन सरकारवाला सचेत हुनु आवश्यक छ।

छुटाउनुभयो कि ?

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...