
काठमाण्डौ – रसुवाको भोटेकोशी बाढीमा परी १ हजार ३४२ जनाको शव फेला परेको छ । तीमध्ये ९८ वटा मात्रै पहिचान भएर आफन्तले बुझेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार १३ हजार ३९१ जनाको उद्धार भएको छ । उनीहरुमध्ये ३ हजार ६५२ जना होल्डिङ सेन्टरमा छन् । ४ हजार ९९६ जना अझै सम्पर्कविहीन छन् ।
बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धारको काम भैरहेको प्राधिकरणले जनाएको छ । बेपत्ताको खोजी, उद्धार, शवको पहिचान तथा व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सम्बन्धित सरकारी निकायका टोली प्रभावित क्षेत्रमा परिचालित छन् ।