देशमै बस्दा पछुताउन नपरोस्


टिकाराम न्याैपाने

हामी सानै थियौँ। गाउँका प्रायजसो मानिसहरू गाउँमै बस्दथे। आम्दानीको स्रोतको रूपमा गाईभैँसी पाल्ने, खेती किसानी गर्ने र केही व्यक्तिहरू रोजगारीको सिलसिलामा भारत जाने त कसैले व्यापार गर्ने चलन थियो। समयको परिवर्तनसँगै केही परिवारका मानिसहरू समथर घरबारी, मिलेका घरगोठ र बिहान साँझ दुई छाक खानलाई अभाव नहुने अवस्थामा पनि आफ्नो जायजेथा बिक्री गरेर तराईका विभिन्न ठाउँहरू जस्तै नौकट्टी, नयाँमिल, मणिग्राम, मुर्गिया सैनामैना र पश्चिममा बर्दियासम्म बसाइँसराइँको सुरुवात भयो। त्यतिखेर आर्थिक हिसाबले सम्पन्न मानिसहरू गाउँ छोडेर तराईमा बसाइँ सर्नु खासै राम्रो मानिँदैन थियो। त्यसैले गाउँ छोडेर तराई झरेकाहरूलाई बौलायो सम्म भन्दथे।

समयको परिवर्तनसँगै तराई अथवा मधेस झर्ने क्रम बढ्दै गयो। आज गाउँहरू बस्तीविहीन भइसकेका छन्। हिजो गाउँको जग्गाजमिन बेचबिखन गरेर तराई झरेकाहरूलाई बहुलायो भन्नेहरु आज आर्थिक हिसाबले सङ्कुचित अवस्थामा रहेको आफैँले आफैँलाई महसुस गरेका छन् र तराई झरेकाहरूले ठिक नै गरेका रहेछन् भन्न थालेका छन्। भन्नु पनि ठिकै हो किनकि मणिग्राम र नयाँमिल जस्ता ठाउँका १० धुर जग्गा मात्र बिक्री गर्दा पाउने रकमले पहाडका आफैँले बिक्री गरेका ती बस्तीहरू खरिद गर्न सकिन्छ।

समय फेरिएसँगै छोराछोरीहरू विदेश जाने र पठाउने क्रमको सुरुवात भयो। सुरुसुरुमा आफ्ना छोराछोरीहरूलाई विदेशमा छन् भनेर भन्न पाउँदा गर्वको अनुभूति गर्न थालियो र यो क्रम बढ्दै गयो। तर केही मानिसहरू विदेश जानु पर्दैन यही माटोमा सुन फलाउन सकिन्छ, आफ्ना छोराछोरीलाई अर्काको देशमा पठाउनु भनेको आफ्ना सन्ततिहरूलाई अरूलाई सुम्पनु जस्तो हो भनेर पैरवी गर्ने मान्छेहरूको पनि अभाव रहेन। यि कुराहरूलाई हामीले पनि विश्वास गर्‍यौँ र छोराछोरी यहीँ बस्नुपर्छ र आफ्नै देशमा केही गर्नुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्‍यौँ।

तर गणतन्त्रपछिका करिब २० वर्षका प्रत्येक सरकारका गतिविधिले हेर्दा युवा मात्र होइन हामी पनि बस्न लायक देश अब रहँदैन कि भन्ने चिन्ताले पो पिरल्न थाल्यो त। हिजो पहाडबाट तराई झरेकाहरूलाई बौलायो भनेर भन्नेहरूले आज पहाडमा बस्नुपरेकोमा पछुतो मानेजस्तै हामीले पनि हाम्रा छोराछोरी स्वदेशमै रहेकोमा पछुतो मान्ने अवस्था सिर्जना नहोस्। आज “बस्तीविहीन गाउँ र युवाविहीन सहर” भइसके यसतर्फ समयमै सम्बन्धित निकायको ध्यान जाओस्। आफ्ना सन्तति आफैसँग रहेकोमा गौरव गर्ने वातावरण सिर्जना होस् र युवाहरूले पनि देशभित्र बस्दा पछुताउने वातावरण सिर्जना नहोस्।

भवतु सर्व मङ्गलम्।

लेखक दिप बाेर्डिङ हाई स्कुल बुटवलका प्राचार्य हुनु हुन्छ

छुटाउनुभयो कि ?

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

बुटवलभोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि गौतम बुद्ध सामुदायिक मुटु अस्पता...
भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

काठमाण्डौ - एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भ...
भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

काठमाण्डौ - रसुवाको भोटेकोशी बाढीको सातौँ दिन आज पनि खोज, उद्धार र राहत वितरणको काम भइरहेको छ ।  रसुवा र नुवाकोटको जल...
भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

काठमाडौंनेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ। कुशीनगर प...