इजरेल र हमासबीचको युद्धविराम सम्झौता
लामो प्रयासपछि इजरेल र हमासबीच बहुप्रतीक्षित युद्धविराम गर्ने तथा बन्धकहरू छाड्ने सहमति भएको छ। यससँगै १५ महिनादेखि जारी युद्ध अन्त्य हुने आशा बढेको छ।
सम्झौताका लागि कतार र अमेरिकाले मध्यस्थता गरेका थिए। कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल-थानीले युद्धविराम आइतवारबाट कार्यान्वयनमा आउने र त्यसबेलासम्म इजरेली मन्त्रिपरिषद्बाट यो स्वीकृत हुने तालिका रहेको बताएका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडनले सम्झौताको पुष्टि गर्दै त्यसमा पूरा र सम्पूर्ण युद्धविराम, गाजाबाट इजरेली फौज फिर्ता र हमाससँग भएका सबै बन्धकहरूको रिहाइ समेटिएको जनाएका छन्।
यसैबीच, युद्धविराम सम्झौतालाई इजरेली मन्त्रिपरिषद्ले गर्ने भनिएको अनुमोदनमा ढिलाइ भएको छ।
गाजामा हवाई हमला, कम्तीमा '८१ जनाको मृत्यु'
गाजामा युद्धविराम घोषणा भएपछि इजरेलले गरेका हवाई हमलाहरूमा परी कम्तीमा ८१ जनाको मृत्यु भ...








