बाख्रीको मासुलाई खसीको भन्दै बेच्ने मासु पसल सञ्चालक पक्राउ

भैरहवा
बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरी उपभोक्तालाई ठगी गरेको आरोपमा रुपन्देही प्रहरीले एक मासु पसल सञ्चालकलाई पक्राउ गरेको छ।

सिद्धार्थनगर नगरपालिका–८ स्थित आजम मासु पसलका सञ्चालक ३९ वर्षीय आजम कुरेसीलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले आइतबार बिहान पसलमा छापा मारेको थियो। सो क्रममा बाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरिरहेको अवस्थामा मासुसहित कुरेसीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

कुरेसीविरुद्ध कालोबजारीसम्बन्धी कसुरमा मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट ५ दिनको म्याद थप गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए।

छुटाउनुभयो कि ?

मधेशबाहेकका प्रदेशका केही ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना

मधेशबाहेकका प्रदेशका केही ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ – मधेश प्रदेशको सिराहा र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा गएराति मध्यमसम्मको पानी परेको छ । साथै कोशी, लुम्बिनी ...
जेन्जी आन्दोलनको एक वर्ष पूरा : आज सार्वजनिक बिदा

जेन्जी आन्दोलनको एक वर्ष पूरा : आज सार्वजनिक बिदा

काठमाण्डौ आज भदौ २३ गते जेन्जी आन्दोलनको एक वर्ष पूरा भएको छ । एक वर्षको अवधिमा देशमा राजनीतिक रूपमा ठूलो परिवर्तन भएक...
बाख्रीको मासुलाई खसीको भन्दै बेच्ने मासु पसल सञ्चालक पक्राउ

बाख्रीको मासुलाई खसीको भन्दै बेच्ने मासु पसल सञ्चालक पक्राउ

भैरहवाबाख्रीको मासुलाई खसीको मासु भन्दै बिक्री गरी उपभोक्तालाई ठगी गरेको आरोपमा रुपन्देही प्रहरीले एक मासु पसल सञ्चालकलाई पक्...
नारायणीले बगायो सुस्ताको सीमा चिनारी, सिमानाको पहिचान दिने मुख्य आधारहरू खोसिदा बढ्यो अन्योल

नारायणीले बगायो सुस्ताको सीमा चिनारी, सिमानाको पहिचान दिने मुख्य आधारहरू खोसिदा बढ्यो अन्योल

बुटवलइतिहास वा भूगोलका रेखाहरू कोर्दा देशको नक्सा केवल कागजको टुक्रा मात्र होइन, नागरिकको अस्मिता र पसिनाको दस्तावेज हो । तर,...