नारायणीले बगायो सुस्ताको सीमा चिनारी, सिमानाको पहिचान दिने मुख्य आधारहरू खोसिदा बढ्यो अन्योल



बुटवल
इतिहास वा भूगोलका रेखाहरू कोर्दा देशको नक्सा केवल कागजको टुक्रा मात्र होइन, नागरिकको अस्मिता र पसिनाको दस्तावेज हो । तर, जब त्यही नक्सा जोगाउने भौतिक चिनारीहरू नै प्रकृतिको एउटा वित्यासमा बिलाएर जान्छन्, तब सीमाका बासिन्दाहरूको मनमा कति ठूलो पीडा र छटपटी हुन्छ भन्ने ज्वलन्त उदाहरण बनेको छ— नारायणी नदीको काखमा पश्चिम नवलपरासीमा अवस्थित सुस्ता ।
वर्षौंदेखि आफ्नो अस्तित्व र माटोका लागि संघर्ष गर्दै आएका सुस्तावासीका लागि सिमलको एउटा रुख केवल वनस्पति मात्र थिएन, त्यो सिमाना पहिचान गर्ने एउटा जीवित स्तम्भ थियो । यस मामिलामा नेपाली पक्षले आफ्नो सिमाना दाबी गर्दै आएको सिमलको रुख र भारतीय पक्षले भने उक्त सिमलको रुखभन्दा करिब ५०० मिटर पश्चिमतर्फ रहेको भेल्लरको रुखलाई सिमाना दाबी गर्दै आएका थिए ।
तर, हाल नारायणी नदीमा आएको बाढीले ती दुवै रुख बगाएर लगेपछि सुस्तामा सिमाना पहिचानलाई लिएर गम्भीर अन्योल उत्पन्न भएको छ । यी ऐतिहासिक चिनारीहरू बगेपछि सुस्तामा सिमाना पहिचान गर्ने मुख्य भौतिक आधारहरू नै हराएका छन् ।

छुटाउनुभयो कि ?

बडादसैँ: टीकाको चौथो दिन आज पनि टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी

बडादसैँ: टीकाको चौथो दिन आज पनि टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी

बुटवलविजया दशमीको टीकाको चौथो दिन आज पनि मान्यजनबाट टीका र जमरा ग्रहण गरी बडादसैँ मनाइँदैछ । दसैँको मुख्य दिन टीका थाप्न नभ्य...
पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवापोखरा

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवापोखरा

पोखरा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको फ्लाइ दुबईले आज एक महिना पूरा गरेको छ । फ...
अल्पविद्या भयङ्करम्

अल्पविद्या भयङ्करम्

श्रीराम ज्ञवाली' सबै कुरामा विज्ञ ठान्नेले केही जानेको हुँदैन अर्थात्, आफूलाई सर्वज्ञानी सम्झने व्यक्ति वास्तवमा अल्पज्ञानी ह...
अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

काठमाडौंअमेरिकाका ठूला मेडिकल ल्याब कम्पनीहरूमध्ये एक क्वेस्ट डायग्नोस्टिक्समा साइबर आक्रमण भएको छ। यसमा बिरामीहरूको स्वास्थ्...