निकोलस भुसाललाई आज अदालत पेस गरिने


पोखराको सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हिरासतभित्र सुतिरहेको तस्वीर खिचेको आरोपमा पक्राउ परेका डा. निकोलस भुसाललाई आज अदालत पेस गरिँदै छ । कास्की प्रहरी प्रमुख एसपी श्याम ओलियाले भुसाललाई आज जिल्ला अदालतमा पेस गरिने जानकारी दिए ।

उनलाई प्रहरीले साइबर अपराधको असुरमा विहीबार पक्राउ गरेको हो । यसअघि पनि उनी पुस ७ गते पक्राउ परेका थिए ।

पुस ८ गते पोखरा ल्याएर अदालतमा म्याद थपका लागि उपस्थित गराउँदा न्यायाधीश नारायण दाहालको इजलासले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो । अहिले प्रहरीले अनुसन्धान सकेर प्रमाण भेटाएपछि विहीबार फेरि पक्राउ गरिएको कास्की प्रहरी प्रमुख ओलियाले जानकारी दिए ।

‘साइबर अपधारको कसुरमा पक्राउ गरी अदालत पेश गरेका थियौं, अदालतले बाहिरै राखेर अनुसन्धान गर्न भनेको थियो र हामीले त्यहीअनुसार अनुसन्धान गर्दा पक्राउ गर्नुपर्ने देखिएको हो,’ एसपी ओलियाले भने, ‘भुसाललाई शुक्रबार अदालतमा पेश गरिने छ ।’

उनी रविको स्वास्थ्य अवस्था बुझ्न कास्की जिल्ला प्रहरी कार्यालय जाँदा सुतिरहेको फोटो खिचेर फेसबुकमा सार्वजनिक गरेपछि प्रहरीको आलोचना भएको थियो । भुसालले फेसबुक लाइभमा आएर त्यो फोटो आफूले खिचेको र फोटो सार्वजनिक गर्दा खराब नियत नराखेको अभिव्यक्ति दिएका थिए ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा त्यतिबेला हिरासतमा रहेका रास्वपा सभापति लामिछाने गत पुस २५ गते ६५ लाख धरौटी बुझाएर रिहा भएका थिए ।

छुटाउनुभयो कि ?

आन्दोलनरत मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले बनायो सचिव नेतृत्वको टोली

आन्दोलनरत मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले बनायो सचिव नेतृत्वको टोली

काठमाडौंसरकारले मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले वार्ता टोली बनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रध...
मानसिक स्वास्थ्य र समाधान

मानसिक स्वास्थ्य र समाधान

श्रीराम ज्ञवालीमानिसको जीवनमा शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण मानसिक स्वास्थ्य पनि हो। सामान्य भाषामा बुझ्दा, मनोरोग वा ...
विश्वकप फुटबल: अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा

विश्वकप फुटबल: अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा

काठमाडौँअर्जेन्टिनाले अन्तिम पाँच मिनेटमा दुई गोल गर्दै इङ्ग्ल्यान्डमाथि २-१ को रोमाञ्चक जित निकाल्दै विश्वकप फुटबलको फाइनलमा...
मौसम पूर्वानुमान: लुम्बिनी सहित ६ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान: लुम्बिनी सहित ६ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर...