Author: संचार पत्र

गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भदौ मसान्तसम्म अन्तर्राष्ट्रिय उडानका लागि विशेष शुल्क छुट

गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भदौ मसान्तसम्म अन्तर्राष्ट्रिय उडानका लागि विशेष शुल्क छुट

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, शिक्षा, समाचार
बुटवल भैरहवाको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई आकर्षित गर्न सरकारले पुनः छुटैछुटका सुविधाहरू ल्याएको छ । अर्बौं रुपैयाँको लगानीमा निर्माण गरिएका यी दुवै अन्तर्राष्ट्रिय विमानस्थल नियमित रुपमा संचालनमा आउन नसकेर लगानीको औचित्यमाथि प्रश्न उठ्न थालेपछि सरकारले यस खालको सुविधाको घोषणा गरेको हो । यि दुइ बिमानस्थलबाट अन्तर्राष्ट्रिय उडान संचालन गर्दा पाइने सुविधा तथा छुटका वारेमा नेपाल सरकार (मन्त्रिपरिषद्) ले २०८१ साउन २८ गते स्वीकृत गरेको ‘नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धी कार्य योजना’ बमोजिम संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले तीन दिन अघि एक प्रेस विज्ञप्ति जारी गरेको छ । मन्त्रालयले गत शुक्रवार यस वारेमा प्रेस बिज्ञप्ती जारी गर्दै यि दुवै बिमानस्थलबाट अन्तर्राष...
हाँस्य कलाकारहरुको ब्यंग्य : शीर्ष नेताहरु अब राजनीतिबाट सन्यास लिनुपर्ने सन्देश

हाँस्य कलाकारहरुको ब्यंग्य : शीर्ष नेताहरु अब राजनीतिबाट सन्यास लिनुपर्ने सन्देश

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौ गाईजात्रा पर्वको अवसरमा रिपोटर्स क्लब नेपालले हाँस्य कलाकारहरुसँग साक्षत्कार गरेको छ । साक्षत्कार कार्यक्रममा हाँस्यक लाकारहरु सन्तोष खनाल, सुयशाखनाल, सुवोध गौतम, दमन रूपाखेती, दिनेश काफ्ले, प्रभात लामा, सुन्दर खनाल, हिमेश पन्त, लगायतले आ-आफ्नो प्रस्तुति राखेका थिए । हाँस्यकलाकार रूपाखेतीले तीन शीर्ष नेताहरु केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बारेमा व्यङ्ग्य गरे । उनले आफ्नो कमेडीमार्फत बृद्ध नेताहरुले अब राजनीतिबाट सन्यास लिनुपर्ने सन्देश दिए । ‘ओलीको बोलीले देश र जनतालाई भयो झेली । आफूमात्रै ठीक, अरु बेठीक ठान्ने । आफूलाई मान्नेलाई कार्यकर्ता मान्ने, आफूलाई नमान्नेलाई पार्टीबाटै हटाउने । कम्युनिष्टको नाममा कमाउनिष्ट भएर जनतालाई ट्वाँ पार्ने गाईजात्रे ओलीलाई सबै मिलेर बाँधौं,’ जोगीले फेरि लगाउने शैलीमा उनले प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाल...
बुटवलबाटै गुल्मीदरवारको सामाजिक सुरक्षा भत्ताको नविकरण

बुटवलबाटै गुल्मीदरवारको सामाजिक सुरक्षा भत्ताको नविकरण

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
बुटवल,२५ साउन ।गुल्मीदरबार गाउँपालिका स्थायी बासिन्दाले बुटवलबाट भत्ता नविकरण गर्न पाउने भएका छन् । गुल्मीदरबार गाउँपालिकाको आयोजनामा बुटवलबाट सामाजिक सुरक्षा भत्ता परिचयपत्रको नविकरण गर्न लागेको अध्यक्ष सरोज कुमार थापाले जानकारी दिए । हामी तीन दिनको घुुम्ती सेवा लिएर बुटवल आएका छौँ । स्थायी ठेगाना गुल्मीदरबार भई विभिन्न कारण बुटवल बस्दै आउनु भएका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहिले सेवा लिन थापाले अनुरोध गरे ।सामाजिक सुरक्षा नविकरण बायोमेट्रीक मार्फत गरिन्छ । जेष्ठ नागरिक,दलित,एकल महिला,एकल जेष्ठ महिला, ५ वर्ष मुनिका दलित बालबालिका तथा अपाङ्गले सेवा लिन सक्ने प्रमुख प्रशासकिय अधिकृत भेष राज घिमिरेले जानकारि दिए । हामी बुटललको ईट्टा भट्टिमा रहेको हईट पाण्डामा शिविर राखेका छौँ आएर सेवा लिन सक्नुहुन्छ घिमिरेले भने ।सेवा विहान ८ बजेबाट सुरु भै साझ ६ बजे सम्म उपल्बध हुने छ । स...
रूपन्देही–३ को उपनिर्वाचन: उम्मेदवार बन्न एमालेबाट चारजना आकांक्षी

रूपन्देही–३ को उपनिर्वाचन: उम्मेदवार बन्न एमालेबाट चारजना आकांक्षी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
रुपन्देही रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट चारजनाले उम्मेदवार बन्न आकांक्षा देखाएका छन् । शुक्रबार भैरहवामा बसेको एमाले क्षेत्रीय समन्वय कमिटीको तेस्रो बैठकमा चार नेताले आकांक्षा देखाएका हुन् । बैठकमा पार्टीका पोलिटब्यूरो सदस्य खिमलाल भट्टराई, नेता एवं व्यवसायी शशि पौडेल, सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख (मेयर) तथा एमाले लुम्बिनी प्रदेश सदस्य हरि प्रसाद अधिकारी र नेता यज्ञजित शाहले उम्मेदवार बन्ने औपचारिक रुपमा आंकाक्षा व्यक्त गरेको पार्टीले जनाएको छ । भट्टराई रुपन्देही क्षेत्र नम्बर ३ का इञ्चार्ज समेत हुनुहुन्छ । उहाँ पूर्व राष्ट्रिय सभा सदस्य समेत हुनुहुन्छ । शाह एमालेका केन्द्रीय विभागका सदस्य हुनहुन्छ । उहाँ पूर्व प्रधानमन्त्री डा. केआई सिंहका छोरा पनि हुनुहुन्छ ।यसअघि उम्मेदवारको आकांक्षीका चर...
आज गाईजात्रा पर्व मनाइदै

आज गाईजात्रा पर्व मनाइदै

Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, समाज
काठमाडौँ प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदैछ ।एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाइ वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प...
गुल्मी बलेटक्सार रुपन्देही सम्पर्क समाजको पदस्थापन

गुल्मी बलेटक्सार रुपन्देही सम्पर्क समाजको पदस्थापन

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलगुल्मी बलेटक्सार रुपन्देही सम्पर्क समाजकाे पदस्थापन कार्यक्रम सम्पन्न भएको छ।शुक्रबार बुटवलमा सम्पन्न पदस्थापन कार्यक्रममा वाेल्दै नवनिर्वाचित अध्यक्ष बुद्धिप्रसाद ज्ञवालीले समाजले अग्रजहरुले गरेका कामहरुकाे प्रसंसा गर्दै समाजले रुपन्देहीमा बसाेबास गर्ने बलेटक्सारेली र बलेटक्सारका सुख-दु:खकाे सारथि बन्ने घाेषणा गरे।ज्ञवालीले निर्वाचित गराउन सहयाेग गर्ने पुर्व अध्यक्षहरु,सल्लाहकारहरु र समाजमा आवद्द सवैलाई कार्यसमितिको तर्फबाट धन्यवाद दिए।नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिँदै संस्थापक अध्यक्ष नारायण प्रसाद ज्ञवाली, पुर्व अध्यक्षहरु हेमबहादुर थापा ,वीरबहादुर क्षेत्री निवर्तमान अध्यक्ष कपिल ज्ञवाली , पुर्ब महिला उपाध्यक्ष बिन्दु गौतम, पुर्वसचिव डिल्लीराज गाैतम ,सल्लाहकार लक्ष्मण ज्ञवाली लगायतले कार्यसमिति लाई वधाई तथा शुभकामना दिएका थिए। ...
अमेरिकाले किन बनाउँदैछ चन्द्रमामा न्युक्लियर प्लान्ट ?

अमेरिकाले किन बनाउँदैछ चन्द्रमामा न्युक्लियर प्लान्ट ?

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौं अमेरिकाले अबको पाँच वर्षभित्र चन्द्रमामा परमाणु रिएक्टर बनाउने भएको छ । यसअघि उसले चन्द्रमामा आधार र मानव बस्ती स्थापना गर्न सक्नेछ, जसमा केही घर बनाइनेछ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले किन यस्तो गरिरहेको छ भन्ने प्रश्न उठ्छ । यो रिएक्टरले त्यहाँ के काम गर्छ ? अमेरिका जस्तै रुस र चीनले पनि यस्तै गरिरहेका छन् । चन्द्रमामा लामो समयसम्म बस्न र त्यहाँ अनुसन्धान आधार निर्माण गर्ने वा खनिज स्रोतहरूको उत्खनन जस्ता कामका लागि दिगो ऊर्जा स्रोत आवश्यक हुन्छ। चन्द्रमामा सौर्य ऊर्जा सीमित छ किनभने त्यहाँ १४ दिन रात र १४ दिन हुन्छ। जब १४ दिन रात हुन्छ, त्यहाँ ऊर्जाको ठूलो आवश्यकता पर्न जान्छ। यस्तो अवस्थामा त्यहाँ अविरल बिजुली उपलब्ध गराउन परमाणु ऊर्जा सबैभन्दा भरपर्दो विकल्प मानिन्छ । अमेरिकाको ‘आर्टेमिस प्लान’ अन्तर्गत सन् २०२६ सम्ममा फेरि चन्द्रमामा मानिस पठाउने लक्ष्य र...
कैलाली कारागारमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन, परिस्थिति नियन्त्रणमा

कैलाली कारागारमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन, परिस्थिति नियन्त्रणमा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
सुदूरपश्चिम धनगढीस्थित कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले कारागारको परिस्थिति प्रहरी प्रशासनको नियन्त्रणमा रहेको बताए । “कारागारमा उत्पन्न परिस्थितिलाई सामान्य बनाइराख्न कारागार परिसरमा ५० जना सुरक्षाकर्मी परिचालन गरेका छौँ”, उनले भने,“झडपको घटनापछि कैदीबन्दीका आफन्त भेट्न पुगिरहेकाले उहाँहरूलाई भेटघाटको व्यवस्थापन गरिरहेका छौँ ।”  घटनालाई लिएर प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा आजै बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा घटनाको छानबिनका लागि समिति गठन गरेको छ ।  कारागारमा कैदीबन्दीबीच शुक्रबार राति भएका झड्पका घाइते धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको उपचारका क्र...
मदन-आश्रित स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रदिप ज्ञवाली

मदन-आश्रित स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रदिप ज्ञवाली

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौमदन-आश्रित स्मृति प्रतिष्ठानकाे ३१औं साधारणसभाबाट नेकपा एमालेका उपमहासचिव तथा पुर्वमन्त्रि प्रदिप ज्ञवाली अध्यक्षमा सर्वसहमत निर्बाचित भएका छन्।जिम्मेवारी लिए पश्चात् ज्ञवालीले सामाजिक सञ्जाल मार्फत संस्थालाई वैचारिक अनुष्ठान, प्राविधिक -प्राज्ञिक ज्ञान एवं अध्यायन-अनुसन्धान - रुपान्तरण अभियानकाे केन्द्र वनाउने धारणा रहेकाे वताएका छन्।उनले अभियानमा सबैको सहयोग र सद्भावकाे अपेक्षा गरेकाे वताएका छन्।ज्ञवाली वैचारिक ,कुटनैतिक एवं कम विवादमा आउने नेता मध्येमा पर्दछन्। ...
रवि लामिछानेमाथि कुनै किसिमको मानव अधिकार हनन भएको छैन – कारागार कार्यालय

रवि लामिछानेमाथि कुनै किसिमको मानव अधिकार हनन भएको छैन – कारागार कार्यालय

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
भैरहवा जिल्ला कारागार कार्यालय भैरहवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि कुनै किसिमको मानव अधिकार हनन नभएको बताएको छ। कारागार कार्यालयले एक बिज्ञप्ती जारी गर्दै रास्वपा सभापति लामिछानेप्रति कुनै फरक व्यवहार नगरिएको बताएको हो।  कारागार कार्यालयले निकालेको बिज्ञप्तीमा समय समयमा लामिछानेलाई भेट गरी समस्या तथा आवश्यकताका सम्बन्धमा सोधपुछ गर्ने गरेको र देखिएका समस्या समाधानसमेत गरेको उल्लेख छ।  कारागार प्रशासक सुरेश भण्डारीले जारी गरेको बिज्ञप्तीमा कारागारमा रहेका अन्य कैदीबन्दी सरह पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहनुभएका लामिछानेलाई व्यवहार गरिएको र लामिछानेंको सुरक्षाका लागि अलग्गै बस्ने ब्यवस्था मिलाईएको उल्लेख छ।   कारागार प्रशासक भण्डारीले लामिछानेलाई भेटघाटका लागि आउनेहरुको भिडभाड हुने भएकोले त्यसको ब्यवस्थापन र पुर्व उ...