
काठमाडौ
मदन-आश्रित स्मृति प्रतिष्ठानकाे ३१औं साधारणसभाबाट नेकपा एमालेका उपमहासचिव तथा पुर्वमन्त्रि प्रदिप ज्ञवाली अध्यक्षमा सर्वसहमत निर्बाचित भएका छन्।
जिम्मेवारी लिए पश्चात् ज्ञवालीले सामाजिक सञ्जाल मार्फत संस्थालाई वैचारिक अनुष्ठान, प्राविधिक -प्राज्ञिक ज्ञान एवं अध्यायन-अनुसन्धान – रुपान्तरण अभियानकाे केन्द्र वनाउने धारणा रहेकाे वताएका छन्।
उनले अभियानमा सबैको सहयोग र सद्भावकाे अपेक्षा गरेकाे वताएका छन्।
ज्ञवाली वैचारिक ,कुटनैतिक एवं कम विवादमा आउने नेता मध्येमा पर्दछन्।