रवि लामिछानेमाथि कुनै किसिमको मानव अधिकार हनन भएको छैन – कारागार कार्यालय


भैरहवा

जिल्ला कारागार कार्यालय भैरहवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि कुनै किसिमको मानव अधिकार हनन नभएको बताएको छ।

कारागार कार्यालयले एक बिज्ञप्ती जारी गर्दै रास्वपा सभापति लामिछानेप्रति कुनै फरक व्यवहार नगरिएको बताएको हो। 

कारागार कार्यालयले निकालेको बिज्ञप्तीमा समय समयमा लामिछानेलाई भेट गरी समस्या तथा आवश्यकताका सम्बन्धमा सोधपुछ गर्ने गरेको र देखिएका समस्या समाधानसमेत गरेको उल्लेख छ। 

कारागार प्रशासक सुरेश भण्डारीले जारी गरेको बिज्ञप्तीमा कारागारमा रहेका अन्य कैदीबन्दी सरह पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहनुभएका लामिछानेलाई व्यवहार गरिएको र लामिछानेंको सुरक्षाका लागि अलग्गै बस्ने ब्यवस्था मिलाईएको उल्लेख छ।  

कारागार प्रशासक भण्डारीले लामिछानेलाई भेटघाटका लागि आउनेहरुको भिडभाड हुने भएकोले त्यसको ब्यवस्थापन र पुर्व उपप्रधानमन्त्री भएकोले सुरक्षालाई ध्यानमा राखेर छुट्टै कोठाको व्यवस्था गरिएको बताए। 

कारागार प्रशासनका अनुसार रास्वपा सभापति लामिछानेले चाहेको खण्डमा भेट्न खोजेका व्यक्तिलाई भेट गर्न दिनुका साथै सञ्चार उपकरण प्रयोग गर्ने वातावरण मिलाएको छ। अन्य सामान्य कैदीबन्दीले पाउने सेवासुविधा र लामिछानेले पाउने सेवासुविधामा कुनै फरक नभएको जनाएको छ। 

कारागार प्रशासक भण्डारीले भने “कारागारभित्र कुनै पनि भीआईपी सुविधा नभएको बताउँदै लामिछानेलाई कुनै भीआईपी सुविधा नदिइएको छैन्। वाहां बन्दी हो बन्दीकै रुपमा ब्यवहार भएको छ।  अध्यारो कोठामा मानवधिकारको हनन् हुनेगरी राखिएको पनि छैन्।” 

सहकारी ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विगत चार महिनादेखि जिल्ला कारागार कार्यालय भैरहवामा छन्। लामिछानेलाई कारागार प्रशासनले ‘४ नम्बर ब्लक’ मा राखेको छ। 

1754666261-TyEfI1754709682.jpg

प्रकाशित मिति: शनिबार, साउन २४, २०८२

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...