Author: संचार पत्र

आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, मधेस र बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरू र बाँकी तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी,...
देशभर हर्षाेल्लास पुर्ण मनाईयाे तीज , बुटवलका विभिन्न ठाउँकाे (फोटो फिचरसहित)

देशभर हर्षाेल्लास पुर्ण मनाईयाे तीज , बुटवलका विभिन्न ठाउँकाे (फोटो फिचरसहित)

Breaking news 1, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, समाचार, समाज
बुटवलहिन्दु नारीहरुको महान पर्व हरितालिका तीज मंगलबार देशभर धुमधामका साथ मनाईएको छ । महिला दिदीबहिनीहरुले बिहानैदेखि ब्रत बसी पुजा आराधना गर्दै शहरका पार्टी प्यालेस र गाउँका चौतारामा नाचगान गर्दै मनाएका छन् । रुपन्देहीको बुटवलमा पनि तिजकाे दिन महिला दिदीबहिनीहरुले परम्परागत संस्कृतिको जगेर्ना गर्दै यसको संरक्षणका लागि रातो र हरियो साडीमा सजिदैं मौलिक गीतमा नाचगान गर्दै मनाएका छन् ।एक महिनासम्म दर खादै पार्टी प्यालेसमा नाचेका दिदीबहिनीहरु तीजका दिनमा भने फरक किसिमले प्रस्तुत हुँदै सरिक भए । बुटवलको बुद्धनगरस्थित चौतारीमा,देवीनगरको चौतारीमा,दीपनगरस्थित सिद्धेश्वरी मा.वि.को प्राङ्गणमा, बुटवल बहुमुखी क्याम्पस प्राङ्गणमा, योगीकुटीस्थित देवस्थल मन्दिर प्राङ्गणलगायतका विभिन्न ठाउँहरुमा दिदीबहिनीहरु संगै दाजुभाइले साथ दिंदै मादल, खैजडु बजाउँदै मौलिक भाकामा नाच्दै तीज पर्व हर्षोल्लासका साथ ...
मेहनत गर्यो भने नेपालमै राम्रो गर्न सकिन्छ भन्छन् : उद्यमी पाण्डे

मेहनत गर्यो भने नेपालमै राम्रो गर्न सकिन्छ भन्छन् : उद्यमी पाण्डे

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीको बुटवल ८ सुख्खानगरमा आधुनिक डिजाइनको होटल व्यवसाय देख्न सकिन्छ। गाडीमा किचन र स्टोर राखेर राम्रो सजावट सहित करिब २ कठ्ठा क्षेत्रफलमा टेबल ,कुर्सी राखेर सबैलाई आकर्षण गर्ने खालको रेस्टुरेन्ट देख्न सकिन्छ ।यस डायमणन्ड बाइट नामक होटल तथा रेस्टुरेन्टका सञ्चालक हुन् उद्यमी ,व्यवसायी दुर्गाप्रसाद पाण्डे। ५७ वर्षीय पाण्डे पहिला रोजगार र सीपको लागि भारतमा गएका थिए। भारतबाट नेपालमा आइसकेपछि बुटवल८ सुक्खानगर भानुपथका स्थायी बासिन्दा बने ।नेपालमा आइसकेपछि पाण्डेले चाउमिन उद्योग खोले,। सँगै होटल व्यवसाय पनि सुरु गरे।पहिला बुबाआमा, दाजुभाई ,दिदीबहिनीको सामूहिक परिवारमा रहेका उनले पछि सबै आ-आफ्नो उद्यममा लागिसकेपछि संयुक्त लगानीमा चाउमिन उद्योग र रूपन्देहीकी तिलोत्तमा नयाँ मिलमा डायमण्ड होटल साझेदारीमा चलाएका छन्। अन्य उद्योग व्यवसाय साझेदारीमा रहेकोले उनले आफूले देखेको र ...
तीजको इतिहास र महत्त्व

तीजको इतिहास र महत्त्व

Breaking news 1, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, लेख रचना, शिक्षा, समाचार, समाज
हिन्दु धर्मअनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले घोर तपस्या गर्दा पनि फल नपाउँदा एक दिन उनले शिवलिङ्गको स्थापना गरी पानी पनि नपिई निराहार व्रत बसिन्।यसरी पार्वतीको कठोर ब्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथिदेखि हिन्दु नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले ।आधुनिक समाजमा तीजको महत्त्वलाई जुन रूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा मानिन्छ । हरित र आलिका मिलेर हरितालिका बनेको हो । जसमा हरिता भनेको हरण गरेर र आलिका भनेको सखीहरू भन्ने हुन्छ । अर्थात् सखीहरूबाट हरेर महादेवलाई पाउनको लागि पार्वतीले तपस्या गर्दा सफल...
आज यी प्रदेशमा मध्यम वर्षाको सम्भावना

आज यी प्रदेशमा मध्यम वर्षाको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर भन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरू र तराईको एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा बाँकी भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रह...
जिल्लाको आदेश चित्त बुझेन भन्दै रवि लामिछाने उच्च अदालतमा

जिल्लाको आदेश चित्त बुझेन भन्दै रवि लामिछाने उच्च अदालतमा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवलउच्च अदालत तुलसीपुरको थुनामा पठाउने आदेश बिरुद्ध धरौटीमा रिहा हुन पाउ भनेर पेश गरेको निवेदन जिल्ला अदालतले अस्वीकृत गरेपछि रास्वपा सभापती रवि लामिछाने उच्च अदालत गुहारेका छन्। लामिछानेले बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा बिगो रकम धरौटी राखेर साधारण तारेखमा रिहा गर्न माग गर्दै निवेदन दिएको उच्च अदालत तुलसीपुर बुटवल ईजलासका सुचना अधिकारी राम बहादुर कुंवरले बताए। सुप्रिम बचत तथा ऋण सहकारीको ठगी प्रकरणमा लामिछानेले आफ्नो दायित्वमा पर्ने दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको धरौटी रकम बुझाएर छाड्न माग गर्दै निवेदन दिएका थिए। लामिछानेले दायर गरेको निवेदन गएको साउन २६ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले उच्च अदालत तुलसीपुरको बुटवल ईजलासको आदेशलाई निरन्तरता दिएको हो। यस अघि लामिछानेले बैंक जमानतमा छाड्न रुपन्देही जिल्ला अदालतले अस्वीकार गरी उच्...
लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक, राजधानी क्षेत्रको जग्गा शर्तसहित फुकुवा गर्ने निर्णय

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक, राजधानी क्षेत्रको जग्गा शर्तसहित फुकुवा गर्ने निर्णय

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
दाङ लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले १२ वटा महत्वपूर्ण निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रशासनिक, कानूनी, भौतिक पूर्वाधार र सामाजिक क्षेत्रका बिषयहरु बारे निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दीनेश पन्थीले जानकारी दिनुभएको छ ।राजधानी क्षेत्र भित्र राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकामा रोक्का राखिएका निजी जग्गा स्थानीयको माग र पूर्वाधार विकास प्राधिकरणको सिफारिसअनुसार शर्तसहित फुकुवाकालागि संघीय सरकार समक्ष सिफारिस गर्ने निर्णय बैठकले गरेको छ । निर्णय अनुसार राप्ती गाउँपालिकाका सम्पूर्ण वडा, गढवा गाउँपालिका वडा नं. १, २ र ३ मा १ कट्ठाभन्दा सानो र शितगंगा नगरपालिका वडा नं. ८ र ९ मा १ रोपनीभन्दा सा...
आज तिजको दर खाने दिन, यस्तो छ मान्यता

आज तिजको दर खाने दिन, यस्तो छ मान्यता

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँ नेपालभरि नारीहरूको महान् पर्वका रूपमा मनाइने हरितालिका तीजको रौनक अहिले देशभरि छाएको छ। भाद्र महिनाको कृष्ण पक्षको तृतीयामा पर्ने यो पर्व विशेष गरी हिन्दु नारीहरूले शिव–पार्वतीको पूजा आराधना गर्दै मनाउँछन्। तर, तीजको अघिल्लो दिन अर्थात् दर खाने दिनलाई पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ। दर खाने दिन धार्मिक आस्थासँगै सांस्कृतिक र सामाजिक ऐक्यबद्धताको प्रतीकका रूपमा स्थापित भएको छ। तीज भनेको मात्र रातो सारी, हरियो चुरा र नाच–गान मात्रै होइन, यससँगै जोडिएको गहिरो धार्मिक आस्था र सांस्कृतिक परम्पराले यसलाई अझ विशिष्ट बनाएको छ। तीज अघिल्लो दिन अर्थात् दर खाने दिनलाई विशेष महत्वका साथ मनाउने गरिन्छ।दर खाने दिनलाई व्रतको तयारीको दिनका रूपमा लिइन्छ। संस्कृतको ‘दार’ शब्दबाट आएको “दर”को अर्थ शक्ति वा ऊर्जा हुन्छ। तीजको दिन महिलाले निर्जला उपवास बस्छन् । उनीहरू पानीसम्म नखाई शिव–प...
कांग्रेस पदाधिकारी बैठक बस्दै : राज्य व्यवस्था समिति सभापति र उपसभामुखबारे छलफल हुने

कांग्रेस पदाधिकारी बैठक बस्दै : राज्य व्यवस्था समिति सभापति र उपसभामुखबारे छलफल हुने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार र उपसभामुख इन्दिरा रानामगरमाथिको पदीय आचरण विपरीतको कार्य गरेको भन्दै हटाउन भइरहेको गृहकार्यबारे छलफल गर्न देउवाले सोमबार बिहान बैठक बोलाएको एक पदाधिकारीले जानकारी दिए । बैठक सोमबार बिहान १० बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने ती पदाधिकारीको भनाई छ । गत साउन २८ गते सङ्घीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गडबडी गरेको पाइएपछि विवादमा परेका सभापति रामहरि खतिवडाले प्रतिनिधिसभा बैठकमा पदबाट राजीनामा दिएका थिए । प्रतिनिधिसभा नियमावलीको नियम १७७ को उपनियम ५ मा संसदीय विषयगत समितिको सभापति पद रिक्त भएको १५ दिन भित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ । अर्कोतर्फ उपसभामुख रानामगरलाई पदीय आचरण विपर...
वैदेशिक व्यापारमा सुधार, साउनमा निर्यात दोब्बर

वैदेशिक व्यापारमा सुधार, साउनमा निर्यात दोब्बर

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार
काठमाडौंलामो समयदेखि सुस्ताएको मुलुकको वैदेशिक व्यापार फेरि लयमा फर्किएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा निर्यात ९५.७५ प्रतिशतले बढेर २३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै उच्च हो।गत वर्ष सोही महिनामा १२ अर्ब २२ करोडको मात्र निर्यात भएकोमा यस वर्ष ११ अर्ब ७१ करोड रुपैयाँले बढी वस्तु विदेश पठाइएको भन्सार विभागले जनाएको छ। प्रमुख निर्यात वस्तुमध्ये भटमासको तेल पहिलो स्थानमा छ, जसको मात्रै मूल्य साढे १० अर्ब रुपैयाँभन्दा बढी छ।निर्यात वृद्धिलाई व्यवसायीहरूले नीतिगत सुधार र बजार विस्तारसँग जोडिरहेका छन्। “भटमासको तेलकै कारण निर्यातमा चमत्कारी वृद्धि भएको हो, तर यो टिकाउ हुन सक्छ भन्ने ग्यारेन्टी छैन,” निर्यात व्यवसायी महासंघका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले बताए। भटमास तेल उत्पादनका लागि चाहिने कच्चा पदार्थ विदेशबाटै आयात गर्नुपर्ने भएकाले निर्यात वृद्धि ...