कांग्रेस पदाधिकारी बैठक बस्दै : राज्य व्यवस्था समिति सभापति र उपसभामुखबारे छलफल हुने


काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार र उपसभामुख इन्दिरा रानामगरमाथिको पदीय आचरण विपरीतको कार्य गरेको भन्दै हटाउन भइरहेको गृहकार्यबारे छलफल गर्न देउवाले सोमबार बिहान बैठक बोलाएको एक पदाधिकारीले जानकारी दिए । बैठक सोमबार बिहान १० बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने ती पदाधिकारीको भनाई छ ।

गत साउन २८ गते सङ्घीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गडबडी गरेको पाइएपछि विवादमा परेका सभापति रामहरि खतिवडाले प्रतिनिधिसभा बैठकमा पदबाट राजीनामा दिएका थिए । प्रतिनिधिसभा नियमावलीको नियम १७७ को उपनियम ५ मा संसदीय विषयगत समितिको सभापति पद रिक्त भएको १५ दिन भित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।

अर्कोतर्फ उपसभामुख रानामगरलाई पदीय आचरण विपरीत काम गरेको भन्दै कांग्रेस एमालेका सांसदहरूले हस्ताक्षर सङ्कलन गरिरहेका छन् ।

त्यो कार्यको पार्टीभित्रका इतर समूहका नेता डा. शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विरोध गरेपछि छलफलका लागि देउवाले बैठक बोलाएकाे बुझिएको छ ।

छुटाउनुभयो कि ?

बडादशैं: आज द्वादशी ,टीका- जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म लगाइने

बडादशैं: आज द्वादशी ,टीका- जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म लगाइने

बुटवलविजयादशमीको मुख्य दिनदेखि सुरु भएको दसैँको टीका लगाउने क्रम आज द्वादशीमा पनि जारी रहनेछ। निधारमा रातो टीका र कानमा पहेँल...
चीनको तिब्बतमा ७  म्याग्निच्युडको भूकम्प: १६ जनाको मृत्यु, ३०० भन्दा बढी घर भत्किए

चीनको तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प: १६ जनाको मृत्यु, ३०० भन्दा बढी घर भत्किए

काठमाडौंदक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्र (तिब्बत) मा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्य...
रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान

रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान

बुटवलराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनको यो भ्रम...
साउदी अरेबियाको सुरक्षा स्थितिका कारण नेपाल वायुसेवा निगमको दमाम उडान रद्द

साउदी अरेबियाको सुरक्षा स्थितिका कारण नेपाल वायुसेवा निगमको दमाम उडान रद्द

बुटवल साउदी अरेबियाको सुरक्षा स्थितिका कारण नेपाल वायुसेवा निगमको दमाम उडान रद्द गरिएको छ ।नेपाल वायुसेवा निगमले साउदी अरेबिय...