मेहनत गर्यो भने नेपालमै राम्रो गर्न सकिन्छ भन्छन् : उद्यमी पाण्डे


बुटवल
रुपन्देहीको बुटवल ८ सुख्खानगरमा आधुनिक डिजाइनको होटल व्यवसाय देख्न सकिन्छ। गाडीमा किचन र स्टोर राखेर राम्रो सजावट सहित करिब २ कठ्ठा क्षेत्रफलमा टेबल ,कुर्सी राखेर सबैलाई आकर्षण गर्ने खालको रेस्टुरेन्ट देख्न सकिन्छ ।
यस डायमणन्ड बाइट नामक होटल तथा रेस्टुरेन्टका सञ्चालक हुन् उद्यमी ,व्यवसायी दुर्गाप्रसाद पाण्डे।

५७ वर्षीय पाण्डे पहिला रोजगार र सीपको लागि भारतमा गएका थिए। भारतबाट नेपालमा आइसकेपछि बुटवल८ सुक्खानगर भानुपथका स्थायी बासिन्दा बने ।
नेपालमा आइसकेपछि पाण्डेले चाउमिन उद्योग खोले,। सँगै होटल व्यवसाय पनि सुरु गरे।
पहिला बुबाआमा, दाजुभाई ,दिदीबहिनीको सामूहिक परिवारमा रहेका उनले पछि सबै आ-आफ्नो उद्यममा लागिसकेपछि संयुक्त लगानीमा चाउमिन उद्योग र रूपन्देहीकी तिलोत्तमा नयाँ मिलमा डायमण्ड होटल साझेदारीमा चलाएका छन्।

अन्य उद्योग व्यवसाय साझेदारीमा रहेकोले उनले आफूले देखेको र अनुभव गरेको ट्रकलाई डेकोरेसन गरी सोही ट्रकमा किचन र स्टोर राखेर करिब २ कट्ठा क्षेत्रफल जमिनमा टेबल कुर्सी र राम्रो सजावट गरी तारबार लगाई सुख्खानगर चोकमै उक्त व्यवसाय सुरु गरे।

उनको उक्त व्यवसाय डायमणन्ड बाइटमा फास्टफुड, इन्डियन ,चाइनिज ,नेपाली परिकारहरु पाइन्छ। विशेषगरी बर्गर, चिकन चिल्ली ,फ्राइराइज ,मन्चुरिया ,चाउमिन, म:म लगायतका परिकारहरु पाइन्छ। संगै बुटवल सुखानगरको प्रमुख चोक भानुपथमा रहेको फुल्की चोकमा बाहिरको चहलपल नियाल्दै खान सकिन्छ।

४६ सालदेखि व्यवसाय गर्दै आएका पाण्डेका श्रीमती, दुई छोरा र दुई छोरी गरी छ६ जनाको परिवार छ। दुई छोराछोरी अध्ययन पुरा गरिसकेका छन् भने दुई छोराछोरी अध्ययन गरिरहेका छन् ।

उनका छोरा सुरज पाण्डेले होटल म्यानेजमेन्टबाट स्नातकोत्तर हासिल गरेका छन्। उनै छोरा सुरजले दुर्गाको व्यवसायमा साथ सपोर्ट गर्छन्।
पाण्डेले उक्त रेष्टुरेन्टमा ६ जनालाई राेजगार दिएका छन्। रेस्टुरेन्टकाे मासिक १० हजार ५ सय भाडा दिन्छन्। दैनिक १२ हजारको अनुपातमा आम्दानी गर्छन्।
इमानदारिता ,लगनशीलता ,धैर्यता ,मेहनत र इच्छाशक्ति राख्यो भने नेपालमै केही गर्न सकिन्छ भन्ने उदाहरण बनेका पाण्डेले यस्तै अन्य उद्यम व्यवसाय पनि विस्तार गर्ने सोचमा छन्।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...
राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

बुटवलराष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा ...
४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...