
बुटवल
रुपन्देहीको बुटवल ८ सुख्खानगरमा आधुनिक डिजाइनको होटल व्यवसाय देख्न सकिन्छ। गाडीमा किचन र स्टोर राखेर राम्रो सजावट सहित करिब २ कठ्ठा क्षेत्रफलमा टेबल ,कुर्सी राखेर सबैलाई आकर्षण गर्ने खालको रेस्टुरेन्ट देख्न सकिन्छ ।
यस डायमणन्ड बाइट नामक होटल तथा रेस्टुरेन्टका सञ्चालक हुन् उद्यमी ,व्यवसायी दुर्गाप्रसाद पाण्डे।
५७ वर्षीय पाण्डे पहिला रोजगार र सीपको लागि भारतमा गएका थिए। भारतबाट नेपालमा आइसकेपछि बुटवल८ सुक्खानगर भानुपथका स्थायी बासिन्दा बने ।
नेपालमा आइसकेपछि पाण्डेले चाउमिन उद्योग खोले,। सँगै होटल व्यवसाय पनि सुरु गरे।
पहिला बुबाआमा, दाजुभाई ,दिदीबहिनीको सामूहिक परिवारमा रहेका उनले पछि सबै आ-आफ्नो उद्यममा लागिसकेपछि संयुक्त लगानीमा चाउमिन उद्योग र रूपन्देहीकी तिलोत्तमा नयाँ मिलमा डायमण्ड होटल साझेदारीमा चलाएका छन्।

अन्य उद्योग व्यवसाय साझेदारीमा रहेकोले उनले आफूले देखेको र अनुभव गरेको ट्रकलाई डेकोरेसन गरी सोही ट्रकमा किचन र स्टोर राखेर करिब २ कट्ठा क्षेत्रफल जमिनमा टेबल कुर्सी र राम्रो सजावट गरी तारबार लगाई सुख्खानगर चोकमै उक्त व्यवसाय सुरु गरे।
उनको उक्त व्यवसाय डायमणन्ड बाइटमा फास्टफुड, इन्डियन ,चाइनिज ,नेपाली परिकारहरु पाइन्छ। विशेषगरी बर्गर, चिकन चिल्ली ,फ्राइराइज ,मन्चुरिया ,चाउमिन, म:म लगायतका परिकारहरु पाइन्छ। संगै बुटवल सुखानगरको प्रमुख चोक भानुपथमा रहेको फुल्की चोकमा बाहिरको चहलपल नियाल्दै खान सकिन्छ।
४६ सालदेखि व्यवसाय गर्दै आएका पाण्डेका श्रीमती, दुई छोरा र दुई छोरी गरी छ६ जनाको परिवार छ। दुई छोराछोरी अध्ययन पुरा गरिसकेका छन् भने दुई छोराछोरी अध्ययन गरिरहेका छन् ।

उनका छोरा सुरज पाण्डेले होटल म्यानेजमेन्टबाट स्नातकोत्तर हासिल गरेका छन्। उनै छोरा सुरजले दुर्गाको व्यवसायमा साथ सपोर्ट गर्छन्।
पाण्डेले उक्त रेष्टुरेन्टमा ६ जनालाई राेजगार दिएका छन्। रेस्टुरेन्टकाे मासिक १० हजार ५ सय भाडा दिन्छन्। दैनिक १२ हजारको अनुपातमा आम्दानी गर्छन्।
इमानदारिता ,लगनशीलता ,धैर्यता ,मेहनत र इच्छाशक्ति राख्यो भने नेपालमै केही गर्न सकिन्छ भन्ने उदाहरण बनेका पाण्डेले यस्तै अन्य उद्यम व्यवसाय पनि विस्तार गर्ने सोचमा छन्।