वैदेशिक व्यापारमा सुधार, साउनमा निर्यात दोब्बर


काठमाडौं
लामो समयदेखि सुस्ताएको मुलुकको वैदेशिक व्यापार फेरि लयमा फर्किएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा निर्यात ९५.७५ प्रतिशतले बढेर २३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै उच्च हो।
गत वर्ष सोही महिनामा १२ अर्ब २२ करोडको मात्र निर्यात भएकोमा यस वर्ष ११ अर्ब ७१ करोड रुपैयाँले बढी वस्तु विदेश पठाइएको भन्सार विभागले जनाएको छ। प्रमुख निर्यात वस्तुमध्ये भटमासको तेल पहिलो स्थानमा छ, जसको मात्रै मूल्य साढे १० अर्ब रुपैयाँभन्दा बढी छ।
निर्यात वृद्धिलाई व्यवसायीहरूले नीतिगत सुधार र बजार विस्तारसँग जोडिरहेका छन्। “भटमासको तेलकै कारण निर्यातमा चमत्कारी वृद्धि भएको हो, तर यो टिकाउ हुन सक्छ भन्ने ग्यारेन्टी छैन,” निर्यात व्यवसायी महासंघका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले बताए।

भटमास तेल उत्पादनका लागि चाहिने कच्चा पदार्थ विदेशबाटै आयात गर्नुपर्ने भएकाले निर्यात वृद्धि दीर्घकालीन नहुने विश्लेषण गरिएको छ।

यसै अवधिमा आयात पनि ११.४२ प्रतिशतले बढेर १ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ। एक महिनामै कुल वैदेशिक व्यापार १ खर्ब ६६ अर्ब रुपैयाँभन्दा बढी भएको छ। त्यसअनुसार व्यापार घाटा १ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही महिनाभन्दा २.५५ प्रतिशत बढी हो।

भारतसँगको व्यापार सबैभन्दा ठूलो छ। साउनमा भारतबाट ८३ अर्ब ५४ करोड रुपैयाँका वस्तु आयात भएका छन् भने १९ अर्ब ४५ करोड बराबरका वस्तु निर्यात भएका छन्। चीनसँग भने आयात २८ अर्ब र निर्यात केवल पाँच करोड रुपैयाँभन्दा केही बढी छ।

साउन महिनामा सबैभन्दा बढी आयात पेट्रोलियम पदार्थमै भएको छ। पेट्रोल, डिजेल र खाना पकाउने ग्यास आयातमा मात्रै करिब १६ अर्ब रुपैयाँ खर्चिएको भन्सार विभागले जनाएको छ।

गत आर्थिक वर्ष २०८१/८२ मा निर्यात ८२ प्रतिशतले बढेर २ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको थियो। तर व्यापार घाटा भने अझै पनि उच्च रहँदै आएको छ। अघिल्लो वर्ष कुल घाटा १५ खर्ब २७ अर्ब रुपैयाँ पुगेको थियो।

सरकारले व्यापार घाटा घटाउन स्वदेशी उत्पादन र निर्यात प्रवर्द्धनमा जोड दिने बताउँदै आएको छ। यसका लागि “मेड इन नेपाल, मेक इन नेपाल” अभियान अघि बढाइएको छ। सिमेन्ट, औषधि, फलामे डन्डी, जुत्ता, फर्निचरलगायत वस्तुमा आत्मनिर्भरता बढाउँदै निकासी प्रवर्द्धन गर्ने योजना सरकारको छ।

छुटाउनुभयो कि ?

बुटवल कोरा २६ को ५ देखी ६० वर्षसम्मका साईकल राईडर सहभागी प्रतियोगिता सम्पन्न

बुटवल कोरा २६ को ५ देखी ६० वर्षसम्मका साईकल राईडर सहभागी प्रतियोगिता सम्पन्न

बुटवलमणिमुकुन्द बुटवल कोरा २०२६ शनिबार सम्पन्न भएको छ । बुटवल युनाईटेड साईक्लिङ क्लब र बुटवल साईक्लिङ ग्रुपको आयोजनामा भएको स...
रोटरी क्लब अफ रुपन्देहीको पदस्थापन कार्यक्रम सम्पन्न: सामाजिक कार्यमा अग्रसर हुनेमा जोड

रोटरी क्लब अफ रुपन्देहीको पदस्थापन कार्यक्रम सम्पन्न: सामाजिक कार्यमा अग्रसर हुनेमा जोड

रुपन्देहीरोटरी क्लब अफ रुपन्देहीको रोटरी वर्ष २०२६/२७ का लागि पदस्थापन तथा जिम्मेवारी हस्तान्तरण सम्पन्न भएको छ । कार्यक्रम त...
आज भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौंजल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन...
आजदेखि बढ्यो कर्मचारीको तलब, शिक्षा, स्वास्थ्य र विद्युतमा थपियो कर

आजदेखि बढ्यो कर्मचारीको तलब, शिक्षा, स्वास्थ्य र विद्युतमा थपियो कर

काठमाडौंमुलुकमा आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ औपचारिक रूपमा सुरु भएको छ। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारको आम्दानी ...