तीजको इतिहास र महत्त्व


हिन्दु धर्मअनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले घोर तपस्या गर्दा पनि फल नपाउँदा एक दिन उनले शिवलिङ्गको स्थापना गरी पानी पनि नपिई निराहार व्रत बसिन्।
यसरी पार्वतीको कठोर ब्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथिदेखि हिन्दु नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले ।
आधुनिक समाजमा तीजको महत्त्वलाई जुन रूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा मानिन्छ । हरित र आलिका मिलेर हरितालिका बनेको हो । जसमा हरिता भनेको हरण गरेर र आलिका भनेको सखीहरू भन्ने हुन्छ । अर्थात् सखीहरूबाट हरेर महादेवलाई पाउनको लागि पार्वतीले तपस्या गर्दा सफल भएकोले तीज पर्वलाई हरितालिका तीज भनिन्छ ।
त्यसै गरी तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् । बर्सभरि जान अनजानमा भए गरेका गल्तीबाट मुक्ति पाइन्छ भन्ने विश्वास छ । लेपनले छालामा हुने एलर्जी हटाउँछ र दतिवनले दाँत र मुखलाई सफा राखी स्वास्थ्यको सुरक्षा गर्छ ।
उक्त दिन ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ । यो दिन श्रीमान्ले पकाएको भोजन खाए, आपसी आत्मीयता एवं सद्भाव बढ्ने धार्मिक विश्वास छ ।

तीज आफैमा एक सुन्दर पर्व हो र यसलाई व्रतमा परिणत गरेको भए पनि फलफूल ग्रहण गरेर दिनभरि व्रत बस्नमा वैज्ञानिक हिसाबले फलदायक नै देखिन्छ । तीजको दिन नारीहरूले टीका, कपडा, चुरा, पोते आदि सबै रातै रंगमा सजिनु यसको विशेषता हो । नारीहरू त्यो दिन नाचगान गर्दै हर्षोल्लासका साथ दिनभरि भोकै बसी श्रीमान्को दीर्घायुको कामना गर्नु नै यस तीज पर्वको सन्देश मानिन्छ ।

तीजका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ । रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ । पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो । हृदय स्वच्छ भए मनोकाङ्क्षा पूर्ण हुने धार्मिक विश्वास तीजको व्रतमा अन्तर्निहित छ ।

तीजको दिन घरको कामकाज चटक्कै छोडेर नेपाली महिलाहरू स्वतन्त्र तथा हर्षित भएर घर बाहिर निस्कन्छन् । उनीहरूको गीतमा आफ्ना अधिकार तथा वेदनाका कुरा समेटिएका हुन्छन् । यसले महिलालाई सशक्त बनाउँछ । यी तीजको सकारात्मक पक्ष हुन् ।

नेपाली हिन्दु महिलाहरुद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । विदेशमा रहेका नेपाली महिलाहरूले समेत यो चाड मनाउन थालेका छन् ।

तीजमा महिलाहरूले उपवास बस्नुपर्ने धार्मिक मान्यता छ । यसरी हेर्दा हिन्दु धर्मले महिलालाई पुरुषको अन्धभक्त वा पुरुषभक्त बनाउन खोजेको देखिन्छ । त्यसैले प्रगतिशील तथा क्रान्तिकारी महिलाहरूले यसको विरोध पनि गर्दै आइरहेका छन् ।

बालीनाली रोपिसकेपछि केही फुर्सदको समयमा मनाइने पर्व हो, तीज । आपसी प्रेम बढाउने यो पर्वले महिलाहरूको दुखेसो पोख्ने वातावरण सिर्जना गरिदिन्छ । बालीनाली लगाइसकेपछि केही फुर्सदको समयमा माइतीबाट बाबु वा दाजुभाइ गएर छोरी चेलीलाई भेट्ने र सकेसम्म माइती फर्कने प्रचलन छ, जसले माइती चेलीको आपसी सम्बन्धलाई मजबुत बनाउँछ । विवाह भएर टाढा पुगेका दिदीबहिनीबीच भेट गराएर यो पर्वले उनीहरूको मन हलुका पार्न र सुखदुःखका कुराकानी गर्ने अवसर समेत जुटाइदिन्छ ।

पहिले नेपाली नारीहरू आत्मनिर्भर तथा स्वावलम्बी नहुँदा एकदिन भए पनि मीठो मसिनो ख्वाउन माइती पक्षकाहरु लामो समयदेखि दरको जोहोमा जुट्थे भने चेलीबेटीहरू पनि महिनौँ अगाडिदेखि पर्खेर बस्थे । त्यही दिनलाई उनीहरू आफ्नो बह पोख्ने र स्वतन्त्र रूपले रमाउने दिनका रूपमा उपभोग गर्थे । सासूले खटाउने संस्कारबाट आएका नेपाली महिलाले एकै दिन भए पनि राम्रो लाउने, मीठो खाने, स्वतन्त्र हुने अनि धक फुकाएर नाचगान गर्ने मौका पाउने भएकाले यो पर्वको व्यग्र प्रतीक्षामा हुन्थे ।

विद्युतीय उपकरण र साधन नहुँदा महिलाहरू समूहमा भेला भई डम्फु, मादल, थपडी र मुर्चुङ्गामा नजिकैको मन्दिर, स्कुल, चौपारी वा समूहमा भेला भएर विभिन्न भाकामा तीजका लय गुन्जाउँथे । गाउँथे, नाच्थे । भने अहिले त मोबाइल, रेडियो र टेलिभिजनमा आधुनिक शैलीका गीत र नृत्य गुञ्जिन थालेका छन् ।

गाउँको मौलिक तीज

पहिला कामको निकै चाप हुन्थ्यो । दिनमा कामले नभ्याएर रातीमा सबैको घरमा पालैपालो जम्मा भएर थपडीको तालमा सुख दुःखका गीत गाएर नाच्ने गर्थे।
गाउँमा दरखाने संगै साथमा पिङ्गको मजा,तीज र पञ्चमीको दिन दर्जन समूहमा प्रतियोगिता हुन्थ्यो ।

छुटाउनुभयो कि ?

विकास बजेटमा टुक्रे योजना हटाइने, ‘अबन्डा’ बजेट खारेज गर्ने सरकारको तयारी

विकास बजेटमा टुक्रे योजना हटाइने, ‘अबन्डा’ बजेट खारेज गर्ने सरकारको तयारी

काठमाडौंसरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विकास आयोजनामा थ्रेस होल्डको व्यवस्था गर्ने भएको छ । अर्थ मन्त्रालयले...
टी-२० को दिपेन्द्र र एकदिवसीय क्रिकेटको कप्तानी रोहितले गर्ने

टी-२० को दिपेन्द्र र एकदिवसीय क्रिकेटको कप्तानी रोहितले गर्ने

काठमाडौँनेपाल क्रिकेट संघ (क्यान) ले टी-२० र एकदिवसीय खेलका लागि अलग अलग कप्तान बनाएको छ । दिपेन्द्र सिंह ऐरीलाई टी-२० को कप्...
आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन

बुटवल आज बैशाख कृष्णऔँसी अर्थात आजको दिनलाई मातातीर्थ औंशी पनि भनिन्छ । यसैगरी आजको दिनलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ, अ...
प्रधानमन्त्री समक्ष मुख्यमन्त्रीहरुको गुनासो : कर्मचारी अभावदेखि असहयोगसम्म

प्रधानमन्त्री समक्ष मुख्यमन्त्रीहरुको गुनासो : कर्मचारी अभावदेखि असहयोगसम्म

काठमाडौँप्रदेश सरकारका मुख्यमन्त्रीहरुले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष प्रदेश सरकारका प्रशासनिक, व्यावहारिक तथा नीतिगत जटि...