जिल्लाको आदेश चित्त बुझेन भन्दै रवि लामिछाने उच्च अदालतमा


बुटवल
उच्च अदालत तुलसीपुरको थुनामा पठाउने आदेश बिरुद्ध धरौटीमा रिहा हुन पाउ भनेर पेश गरेको निवेदन जिल्ला अदालतले अस्वीकृत गरेपछि रास्वपा सभापती रवि लामिछाने उच्च अदालत गुहारेका छन्।

लामिछानेले बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा बिगो रकम धरौटी राखेर साधारण तारेखमा रिहा गर्न माग गर्दै निवेदन दिएको उच्च अदालत तुलसीपुर बुटवल ईजलासका सुचना अधिकारी राम बहादुर कुंवरले बताए।

सुप्रिम बचत तथा ऋण सहकारीको ठगी प्रकरणमा लामिछानेले आफ्नो दायित्वमा पर्ने दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको धरौटी रकम बुझाएर छाड्न माग गर्दै निवेदन दिएका थिए।

लामिछानेले दायर गरेको निवेदन गएको साउन २६ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले उच्च अदालत तुलसीपुरको बुटवल ईजलासको आदेशलाई निरन्तरता दिएको हो।

यस अघि लामिछानेले बैंक जमानतमा छाड्न रुपन्देही जिल्ला अदालतले अस्वीकार गरी उच्च अदालतको थुनामा राख्ने आदेशलाई निरन्तरता दिएपछि उक्त आदेश चित्त नबुझेकोले उच्च अदालतमा निवेदन पेश गरेको उनको जिकिर छ।

लामिछानेलाई सुप्रिम सहकारी ठगी तथा संगठित अपराधको अभियोगमा रुपन्देही जिल्ला अदालतकै न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले एक करोड रुपैयाँ धरौटी हुने आदेश गरेको थियो। तर उक्त आदेश बिरुद्ध साधारण तारिखको माग सहित लामिछाने उच्च अदालत पुगेका थिए। तर गत वर्ष चैत २२ गते उच्चको आदेशबाट उनी मुद्दा पुर्पक्षका निम्ति थुनामा पुगेका हुन्।

उनले उच्चको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनः ७३ नम्बरको निवेदन दिएका थिए। सर्वोच्चबाट समेत उच्चको आदेश सदर गरिएको थियो। लामिछानेले पुनः जिल्ला अदालतमै सहकारी ऐनको दफा १३१(क) बमोजिम बिगो तिरेर साधारण तारेख माग गर्दै निवेदन दिएका थिए। उनले दिएको निवेदन बिपरित जिल्ला अदालत रुपन्देहीले उच्चको आदेशलाई सदर गरेपछि लामिछाने फेरी उच्चकै ढोकामा पुगेका हुन्।

लामिछानेले दिएको निवेदनमा उक्त कानुन आफ्नो हकमा आकर्षित नहुने भए पनि बिगोका निम्ति दुई करोड ८४ लाख रुपैयाँको बैंक ग्यारेन्टी पेस गरेका छन्। उनले दाबी गरेको दफा १३१(क)को उपदफा २ ले संगठित अपराध, सम्पत्ति शुद्धीकरण सहितका अभियुक्तलाई मिलापत्र गर्न प्रतिबन्ध लगाएको छ।

उच्च अदालत बुटवलको आदेशले २०८१ चैत्र २५ गते देखि रुपन्देही कारागारमा रहेका लामिछाने भदौ १ गतेबाट सरुवा भई ललितपुर स्थीत नख्खु कारागारमा रहेका छन्।

जिल्ला अदालतमा निवेदन पेश गर्दा लामिछानेले बिगो बमोजिमको दुई करोड ७४ लाख ८४ हजार रूपैयाँ रकम शुभचिन्तक र शुभेच्छुकमार्फत प्राप्त गरेको निवेदनमा उल्लेख गरेका थिए।

उनले निवेदन झुटा आरोप र अपराधको स्वीकारोक्ति नभएको पनि उनले बताएका थिए।

‘मेरो यो निवेदन, म माथि लागेको झुटा आरोप र अपराधको स्वीकारोक्ति कदापी होइन,’ उनले निवेदनमा उल्लेख गरेका थिए।

छुटाउनुभयो कि ?

बुटवल कोरा २६ को ५ देखी ६० वर्षसम्मका साईकल राईडर सहभागी प्रतियोगिता सम्पन्न

बुटवल कोरा २६ को ५ देखी ६० वर्षसम्मका साईकल राईडर सहभागी प्रतियोगिता सम्पन्न

बुटवलमणिमुकुन्द बुटवल कोरा २०२६ शनिबार सम्पन्न भएको छ । बुटवल युनाईटेड साईक्लिङ क्लब र बुटवल साईक्लिङ ग्रुपको आयोजनामा भएको स...
रोटरी क्लब अफ रुपन्देहीको पदस्थापन कार्यक्रम सम्पन्न: सामाजिक कार्यमा अग्रसर हुनेमा जोड

रोटरी क्लब अफ रुपन्देहीको पदस्थापन कार्यक्रम सम्पन्न: सामाजिक कार्यमा अग्रसर हुनेमा जोड

रुपन्देहीरोटरी क्लब अफ रुपन्देहीको रोटरी वर्ष २०२६/२७ का लागि पदस्थापन तथा जिम्मेवारी हस्तान्तरण सम्पन्न भएको छ । कार्यक्रम त...
आज भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौंजल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन...
आजदेखि बढ्यो कर्मचारीको तलब, शिक्षा, स्वास्थ्य र विद्युतमा थपियो कर

आजदेखि बढ्यो कर्मचारीको तलब, शिक्षा, स्वास्थ्य र विद्युतमा थपियो कर

काठमाडौंमुलुकमा आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ औपचारिक रूपमा सुरु भएको छ। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारको आम्दानी ...