अर्थ दृष्टि : अल्पविकासको अर्थराजनीति’ पुस्तकको दोस्रो संस्करणबारे बुटवलमा छलफल सम्पन्न
बुटवल
आर्थिक अनुसन्धान केन्द्र नेपालको आयोजनामा अर्थशास्त्री मनिकर कार्की लिखित ‘अर्थ दृष्टि : अल्पविकासको अर्थराजनीति’ पुस्तकको दोस्रो संस्करणबारे सोमबार बुटवलमा आयोजित परिचर्चा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. बावुराम ज्ञवालीले पुस्तकका विषयवस्तु सहज र सबै पाठकले बुझ्ने ढंगले प्रस्तुत गरिएको बताउँदै देशको विकासका लागि निजी क्षेत्रको मनोबल सुदृढ गर्नु अनिवार्य रहेको उल्लेख गरे। उनले नीति निर्माताहरूले यो पुस्तक अध्ययन गरेर व्यावहारिक नीति निर्माणमा सहयोग लिन सक्ने सुझाव पनि दिए।
नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले नेपाली अर्थतन्त्रका चुनौतीहरूको समाधानका लागि आयातित अवधारणाभन्दा मौलिक विचार र मोडेललाई प्राथमिकता दिनुपर्ने बताए। उनले पुस्तक नेपाली अर्थतन्त्रलाई बुझ्न सन्दर्भ सामग्रीका रूपमा उपयोगी हुने विश...








