भौगोलिक दृष्टिले नेपाल सुन्दर भए पनि त्यति नै जोखिमपूर्ण छ : गृहमन्त्री अर्याल


काठमाडौं
गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्राकृतिक तथा मानवजनित विपद्का दृष्टिकोणले अति संवेदनशील मुलुक भएको बताएका छन् ।
उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरणसम्बन्धी चौथो राष्ट्रिय सम्मेलनमा सोमबार बोल्दै प्रत्येक वर्ष विपद्का कारण मुलुकमा ठूलो मात्रामा जनधनको क्षति हुने गरेको बताए । मन्त्री अर्यालले भौगोलिक दृष्टिले नेपाल सुन्दर भएपनि त्यति नै जोखिमपूर्ण पनि रहेको उल्लेख गरे ।
उनले भने, ‘नेपाल भूकम्प, बाढी, पहिरो, डुबान, आगलागी, सुख्खाजस्ता प्राकृतिक विपद् र अन्य मानवजनित विपद्को जोखिममा परेको देश हो । यस्ता विपद्का कारण न केवल जनधनको क्षति हुँदै आएको छ, विकासको गति समेत अपूर्ण रहँदै आएको तथ्य सबैलाई ज्ञात छ ।’
गृहमन्त्री अर्यालले विपद्लाई केवल प्राकृतिक घटना मात्र नभई सामाजिक, संरचनात्मक र नीतिगत कमजोरीसँग पनि जोडेर हेर्नुपर्ने आवश्यकता रहेको बताए ।उनले नेपाल सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको र यस विषयमा प्रभावकारी नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्दै आएको बताए ।

उनले भने, ‘नेपाल विपद् संवेदनशिल क्षेत्रको रुपमा रहेको छ । हरेक वर्ष विपद्को कारण नेपालमा ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ । नेपाल भौगोलिक रुपले सुन्दर छ । तर त्यतिकै जोखिमपूर्ण पनि छ । हामीले विपद्लाई प्राकृतिक मात्र नभैइ सामाजिक, संरचनात्मक र नीतिगत कमजोरीसँग पनि जोडेर हेर्नु आवश्यक छ । नेपाल सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्दै आएको छ ।’

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...