Author: संचार पत्र

किन जाने बुटबलको सिद्धार्थ केवलकार

किन जाने बुटबलको सिद्धार्थ केवलकार

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलविकासको बढ्दो स्वरूप संगै मानिसलाई इतिहास ,प्रकृति ,धार्मिक, सांस्कृतिक ,पुरातात्विक जस्ता विषयहरु अत्यन्त महत्वपूर्ण हुन्छन्।मानिसले यी विविध पक्षहरूसँगै रमाउने वातावरणको अपेक्षा राखेको हुन्छ। जसका लागि प्राकृतिक सम्पदाहरू, धार्मिक सम्पदाहरू, ऐतिहासिक सम्पदाहरु, सांस्कृतिक सम्पदाहरु, पुरातात्विक सम्पदाहरु लाई आधुनिक प्रविधिसँगै श्रव्य, दृश्य अध्ययन , अवलोकन गरी मानिस रमाउन चाहन्छन्। जसका लागि आधुनिक प्रविधिमा यात्रा गरी प्रकृतिको मजा लिँदै धार्मिक, सांस्कृतिक, पुरातात्विक , प्राकृतिक पक्षहरूको अवलोकन गर्दै आनन्दित दिने गन्तव्य बनेको छ केवलकार। रूपन्देहीको बुटवल उपमहानगरपालिका वार्ड नं १ देउराली डाँडाबाट पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वार्ड नम्बर २ नुवाकोट गढीसम्म पुग्ने २ कि.मि. दुरीको सिद्धार्थ केवलकार सुचारु भईरहेको छ। केवलकारमा सामुद्रिक सतहदेखि ८ सय मिटर उचाइमा रहेको...
दाउन्ने क्षेत्रमा थप दुई महिना यात्रा गर्न कठिनाई हुने, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध

दाउन्ने क्षेत्रमा थप दुई महिना यात्रा गर्न कठिनाई हुने, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
रूपन्देही बुटवल-नारायणगढ सडकखण्डअन्तर्गत दाउन्ने सडकमा पुस १५ गतेसम्म निर्माणको कार्य हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न सडक विभागको आयोजना निर्देशनालयले अनुरोध गरेको छ ।आयोजनाले विगत केही दिनमा आकस्मिक रूपमा भएको निरन्तर वर्षातले निर्माणाधीन नारायणघाट-बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक सतह चिप्लो भई यातायात आवागमनमा कठिनाई उत्पन्न भएको तथा आगामी दिनहरूमा पुनः वर्षात् भएमा हाल कलभर्टहरू निर्माणाधीन भई एकतर्फी सडक सञ्चालन भइरहेको स्थानमा सवारी साधनहरू सञ्चालनमा थप कठिनाई हुने सम्भावना रहेको बताएको छ ।त्यसैले आयोजनाले उक्त सडकमा कल्भर्टहरूको निर्माण कार्य सम्पन्न नहुन्जेल अबको करिब दुई महिना ( अर्थात २०८२ पौष १५ सम्म) यस सडक खण्डमा यात्रा गर्नु अघि सडकको अवस्थाबारे सही तथा अद्यावधिक जानकारी प्राप्त गरी मात्र यात्रा गर्न सबैमा अनुरोध गरेको छ । साथै यस सडक खण्डमा यातायात सञ्चालनमा क...
अनलाइन सञ्चारमाध्यमकाे दर्ता तथा नविकरण सूचना विभागबाटै सुचारू

अनलाइन सञ्चारमाध्यमकाे दर्ता तथा नविकरण सूचना विभागबाटै सुचारू

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
काठमाडाैंसूचना तथा प्रसारण विभागले आइतबार सूचना प्रकाशित गर्दै अब अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण र सञ्चालनका सम्पूर्ण कार्यहरू विभागबाटै हुने उल्लेख बताएको छ। विभागले अनलाइन सञ्चारमाध्यमहरूको अभिलेख पनि नियमित रूपमा राख्ने र सो अभिलेख प्रेस काउन्सिल नेपाललाई उपलब्ध गराउने जनाएको छ। यसअघि प्रेस काउन्सिलले अभिलेख सूचीकरण र अभिमुखीकरणका नाममा ३ हजार शुल्क लिँदै आएकोमा अब त्यो पनि तिर्न नपर्ने भएको छ। सरकारले २०८२ कात्तिक १३ गते प्रकाशित छापाखाना तथा प्रकाशन (दोस्रो संशोधन) नियमावली, २०८२ मार्फत यो व्यवस्था गरेको हो। सो नियमावली अनुसार सूचना तथा प्रसारण विभागले दर्ता प्रमाणपत्र प्राप्त अनलाइन सञ्चारमाध्यमहरूको अभिलेख राख्नेछ र त्यसको प्रतिवेदन नियमित रूपमा काउन्सिललाई उपलब्ध गराउनेछ। प्रेस काउन्सिल नेपालले पनि आइतबार सूचना जारी गर्दै नयाँ नियमावली कार्यान्वयनमा आएसँगै अब अनल...
राष्ट्रपति पौडेल आज कतार भ्रमणमा जाँदै

राष्ट्रपति पौडेल आज कतार भ्रमणमा जाँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेल आज कतार भ्रमणमा जादैछन् ।परराष्ट्र मन्त्रालयका अनुसार कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन राष्ट्रपति पौडेल आज त्यसतर्फ जान लागेका हुन् ।कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सम्मेलनमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । भ्रमणमा राष्ट्रपति पौडेलसँग उनकी धर्मपत्नी श्रीमती सबिता पौडेल, राष्ट्रपतिका सञ्चार विज्ञ किरण कुमार पोखरेल, राष्ट्रपति कार्यालयका सचिव र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू रहनेछन् ।राष्ट्रपति पौडेलले सम्मेलनको मुख्य सत्रलाई कात्तिक १८ गते सम्बोधन गर्ने तालिका रहेको छ । संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार हुन लागेको यो सम्मेलनका क्रममा राष्ट्रपति पौडेलसँग कतारका अमिर र संयुक्त राष...
रोजगारी सिर्जना गफले होइन, श्रम र उत्पादनले सम्भव हुन्छ : हर्क साम्पाङ

रोजगारी सिर्जना गफले होइन, श्रम र उत्पादनले सम्भव हुन्छ : हर्क साम्पाङ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँश्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले रोजगारी सिर्जना केवल भाषण र गफले सम्भव नहुने बताएका छन्।आइतबार निर्वाचन आयोगबाट पार्टी दर्ताको प्रमाणपत्र प्राप्त गर्दै उनले उत्पादन वृद्धि नै रोजगार सुनिश्चित गर्ने माध्यम हुने बताएका हुन्।साम्पाङले भने, “हामी फिल्डमा काम गर्ने संगठन निर्माण गर्दैछौं। केवल अफिसमा बसेर भाषण गर्ने सीमिततामा रहँदैनौं। उत्पादन र निर्माणसँगै सामाजिक तथा आर्थिक रूपान्तरणका लागि सक्रिय रूपमा काम गर्छौं।” उनका अनुसार, उत्पादन विस्तार हुन नसक्दा देशमा बेरोजगारी बढ्दै गएको छ। उनले थपे, “आजसम्म जुन काम हुन सकेको छैन, त्यसलाई अब अघि बढाउँछौं। देशमा काम गर्न प्राथमिकता दिनुपर्छ, उत्पादन बढाउनु जरुरी छ, अहिले प्रायः सबै बेरोजगार छन्।” साम्पाङले श्रम संस्कृति पार्टीले उत्पादन, निर्माण, सामाजिक र आर्थिक रूपान्तरणका क्षेत्रमा व्य...
प्रचण्ड–माधवहरूको चुनाव चिन्ह ‘तारा’ रहने

प्रचण्ड–माधवहरूको चुनाव चिन्ह ‘तारा’ रहने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीसहित विभिन्न आठ वटा कम्युनिष्ट पार्टीहरूले एकता गर्ने सहमति गरेका छन् । सहमतिपत्रमा हस्ताक्षर गरेसँगै उनीहरूले पार्टीको चुनाव चिन्ह ‘तारा’ रहने उल्लेख विज्ञप्तिमार्फत जनाएका छन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको छलफलपछि आठ वटा राजनीतिक दलले एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपाका महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, ने.क.पा. माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र ने.क.पा. साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका छन् ।सहमति अनुसार, एकता राष्ट्रिय महाधिवेशन ...
राजदूत फिर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

राजदूत फिर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंसर्वोच्च अदालतले राजदूत फिर्ता गर्ने सरकारको निर्णय तत्काल कायम नगर्न अन्तरिम आदेश जारी गरेको छ ।सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको हो ।सरकारले गत असोज ३० गते विभिन्न ११ देशका राजदूतहरू फिर्ता गर्ने निर्णय गरेको थियो । उक्त निर्णय बदर गर्न माग गर्दै पत्रकार सुनिल भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र परराष्ट्र मन्त्रालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।सरकारले फिर्ता बेलाएका राजदूतहरुमा चीनका प्रा।डा। कृष्णप्रसाद ओली, जर्मनीका डा। शैल रुपाखेती, इजरायलका प्रा.धनप्रसाद पण्डित, मलेसियाका डा। नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द्र पौडेल, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेशविक्रम ढकाल, स्पेनका सनिल नेपाल, संयुक्त अधिराज्य बेलायतका चन्द्रकुमार घिमिरे, संयुक...
गुल्मीमा छोराको कुटपिटबाट बुवाको ज्यान गयो, आमा सख्त घाइते

गुल्मीमा छोराको कुटपिटबाट बुवाको ज्यान गयो, आमा सख्त घाइते

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
गुल्मी गुल्मीको मालिका गाउँपालिका–३ म्यालमा छोराले आफ्नै बुवाको हत्या गरेका छन् । शनिबार दिउँसो २३ वर्षीय भोटबहादुर बिकले आफ्ना बुवा र आमामाथि धारिलो हतियारले प्रहार गर्दा बुवाको मृत्यु भएको र आमा गम्भीर घाइते भएकी प्रहरीले जनाएको छ ।भोटबहादुरले करिब ५० वर्षीय बुवा धनबहादुर बिक र ४८ वर्षीया आमा दिलमाया बिकमाथि हसिया र काठको मुंग्रो प्रयोग गरी आक्रमण गरेका थिए । घटनामा धनबहादुर बिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुले बताए ।गम्भीर घाइते दिलमाया बिकलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास हुँदै प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी अर्खवाङ्गबाट प्रहरी सहायक निरीक्षक मानबहादुर घर्तीको टोली घटनास्थल पुगेको थियो । त्यस्तै थप अनुसन्धानका लागि इलाका प्रहरी कार्याल...
बुटवलको एक होटलमा पुरुषको शंकास्पद मृत्यु

बुटवलको एक होटलमा पुरुषको शंकास्पद मृत्यु

Breaking news 3, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवलरुपन्देहीको बुटवलस्थित एक होटलमा आज एक पुरुषको शंकास्पद मृत्यु भएको छ ।बुटवल मिलन चोकस्थित न्यू अर्घाखाँची लुम्बिनी होटल एन्ड लजमा एक महिलासहित पुगेका बुटवल –६ चाँदबारीका ५६ वर्षीय सतिशकुमार क्षेत्रीको मृत्यु भएको हो ।इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार, होटलमा आज दिउँसो दुई बच्चासहित पुगेका उनीहरूले होटलको दोस्रो र तेस्रो तलामा दुईवटा रुम बुकिङ गरेका थिए ।उनीहरूले कोठामा नै खाजा मगाएर खाएका र क्षेत्री बेहोस भएको भन्दै उनीसँगै गाएकी महिलाले सञ्चालकलाई जानकारी गराएको प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा भनेका छन् ।दुई बच्चासहित बुटवल–२ पाखापानीकी ३० वर्षकी सुनार थरकी महिला र ती पुरुष होटलमा बसेको खुलेको रानाले बताए । बाहिरी चोटपटक नभएकाले मृत्युको कारण खुल्न नसकेको उनले बताए । क्षेत्रीलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइएको...
प्रधानमन्त्री कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै

प्रधानमन्त्री कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रधानमन्त्री सुशीला कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दैछन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो ४ बजे बालुवाटारमा बस्नेछ ।बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थिति रहनेछ ।प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउनका लागि बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ। ...