दाउन्ने क्षेत्रमा थप दुई महिना यात्रा गर्न कठिनाई हुने, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध



रूपन्देही
बुटवल-नारायणगढ सडकखण्डअन्तर्गत दाउन्ने सडकमा पुस १५ गतेसम्म निर्माणको कार्य हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न सडक विभागको आयोजना निर्देशनालयले अनुरोध गरेको छ ।
आयोजनाले विगत केही दिनमा आकस्मिक रूपमा भएको निरन्तर वर्षातले निर्माणाधीन नारायणघाट-बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक सतह चिप्लो भई यातायात आवागमनमा कठिनाई उत्पन्न भएको तथा आगामी दिनहरूमा पुनः वर्षात् भएमा हाल कलभर्टहरू निर्माणाधीन भई एकतर्फी सडक सञ्चालन भइरहेको स्थानमा सवारी साधनहरू सञ्चालनमा थप कठिनाई हुने सम्भावना रहेको बताएको छ ।
त्यसैले आयोजनाले उक्त सडकमा कल्भर्टहरूको निर्माण कार्य सम्पन्न नहुन्जेल अबको करिब दुई महिना ( अर्थात २०८२ पौष १५ सम्म) यस सडक खण्डमा यात्रा गर्नु अघि सडकको अवस्थाबारे सही तथा अद्यावधिक जानकारी प्राप्त गरी मात्र यात्रा गर्न सबैमा अनुरोध गरेको छ । साथै यस सडक खण्डमा यातायात सञ्चालनमा कुनै अवरोध उत्पन्न भएको अवस्थामा निम्न उल्लेखित बैकल्पिक सडकहरुको प्रयोग गर्न सकिने व्यहोरा समेत अनुरोध गरिन्छ ।
बैकल्पिक सडक:

– पुर्व पश्चिम राजमार्ग हुँदै आउने / जाने सवारीसाधनः नारायणघाट मुग्लिङ्ग – पोखरा- स्याङ्जा – पाल्पा- बुटवल वा  कालीगण्डकी चोक (गैंडाकोट ) – रामपुर – पिपलडांडा- पाल्पा- बुटवल ।

– काठमाडौंबाट बर्दघाट पश्चिम जाने / बुटवल-काठमाडौं जाने सवारी साधनहरुः काठमाडौं-मुग्लिङ्ग-पोखरा- स्याङ्जा-पाल्पा-बुटवल ।

– दुई पांग्रे र फोरह्विलर चार पांग्रे सवारीसाधनको लागि वैकल्पिक सडकः दुम्कीबासज्याम-रे- डाँडाचोक- डमार हुँदै भुताहा ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...