रोजगारी सिर्जना गफले होइन, श्रम र उत्पादनले सम्भव हुन्छ : हर्क साम्पाङ


काठमाडौँ
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले रोजगारी सिर्जना केवल भाषण र गफले सम्भव नहुने बताएका छन्।
आइतबार निर्वाचन आयोगबाट पार्टी दर्ताको प्रमाणपत्र प्राप्त गर्दै उनले उत्पादन वृद्धि नै रोजगार सुनिश्चित गर्ने माध्यम हुने बताएका हुन्।
साम्पाङले भने, “हामी फिल्डमा काम गर्ने संगठन निर्माण गर्दैछौं। केवल अफिसमा बसेर भाषण गर्ने सीमिततामा रहँदैनौं। उत्पादन र निर्माणसँगै सामाजिक तथा आर्थिक रूपान्तरणका लागि सक्रिय रूपमा काम गर्छौं।”

उनका अनुसार, उत्पादन विस्तार हुन नसक्दा देशमा बेरोजगारी बढ्दै गएको छ। उनले थपे, “आजसम्म जुन काम हुन सकेको छैन, त्यसलाई अब अघि बढाउँछौं। देशमा काम गर्न प्राथमिकता दिनुपर्छ, उत्पादन बढाउनु जरुरी छ, अहिले प्रायः सबै बेरोजगार छन्।”

साम्पाङले श्रम संस्कृति पार्टीले उत्पादन, निर्माण, सामाजिक र आर्थिक रूपान्तरणका क्षेत्रमा व्यावहारिक रुपमा काम गरेर फरक परिणाम देखाउने दाबी गरे।

छुटाउनुभयो कि ?

कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

बुटवलबुटवलको कान्ति माध्यमिक विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले विद्यालय सरकारको मुल्यांकनमा उत्कृष्ट भएपनि आफुहरुले चाहे...
बाढीमा ज्यान गुमाउनेको सम्झनामा द एसआर होटल द्वारा दीप प्रज्वलन

बाढीमा ज्यान गुमाउनेको सम्झनामा द एसआर होटल द्वारा दीप प्रज्वलन

बुटवलभोटेकोशी बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झनामा रूपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको द एसआर होटलले दीप प्रज्वलन गरी ...
प्रतिनिधिसभाको बैठक बस्दै, सभामुखले भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने

प्रतिनिधिसभाको बैठक बस्दै, सभामुखले भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने

काठमाडौंप्रतिनिधिसभाको बैठक आज बस्दै छ ।बैठक बुधबार दिउँसो १ बजेका लागि डाकिएको छ ।सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद ...
भोटेकोशी बाढी : हालसम्म १ हजार ५६ जनाको शव फेला

भोटेकोशी बाढी : हालसम्म १ हजार ५६ जनाको शव फेला

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार दिउँसो २ बजे म्म १ हजार ५६ जनाको शव फेला परेको छ ।जसमध्ये रसुवा...