रोजगारी सिर्जना गफले होइन, श्रम र उत्पादनले सम्भव हुन्छ : हर्क साम्पाङ


काठमाडौँ
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले रोजगारी सिर्जना केवल भाषण र गफले सम्भव नहुने बताएका छन्।
आइतबार निर्वाचन आयोगबाट पार्टी दर्ताको प्रमाणपत्र प्राप्त गर्दै उनले उत्पादन वृद्धि नै रोजगार सुनिश्चित गर्ने माध्यम हुने बताएका हुन्।
साम्पाङले भने, “हामी फिल्डमा काम गर्ने संगठन निर्माण गर्दैछौं। केवल अफिसमा बसेर भाषण गर्ने सीमिततामा रहँदैनौं। उत्पादन र निर्माणसँगै सामाजिक तथा आर्थिक रूपान्तरणका लागि सक्रिय रूपमा काम गर्छौं।”

उनका अनुसार, उत्पादन विस्तार हुन नसक्दा देशमा बेरोजगारी बढ्दै गएको छ। उनले थपे, “आजसम्म जुन काम हुन सकेको छैन, त्यसलाई अब अघि बढाउँछौं। देशमा काम गर्न प्राथमिकता दिनुपर्छ, उत्पादन बढाउनु जरुरी छ, अहिले प्रायः सबै बेरोजगार छन्।”

साम्पाङले श्रम संस्कृति पार्टीले उत्पादन, निर्माण, सामाजिक र आर्थिक रूपान्तरणका क्षेत्रमा व्यावहारिक रुपमा काम गरेर फरक परिणाम देखाउने दाबी गरे।

छुटाउनुभयो कि ?

बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

बुटवलजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल को...