अनलाइन सञ्चारमाध्यमकाे दर्ता तथा नविकरण सूचना विभागबाटै सुचारू


काठमाडाैं
सूचना तथा प्रसारण विभागले आइतबार सूचना प्रकाशित गर्दै अब अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण र सञ्चालनका सम्पूर्ण कार्यहरू विभागबाटै हुने उल्लेख बताएको छ।

विभागले अनलाइन सञ्चारमाध्यमहरूको अभिलेख पनि नियमित रूपमा राख्ने र सो अभिलेख प्रेस काउन्सिल नेपाललाई उपलब्ध गराउने जनाएको छ। यसअघि प्रेस काउन्सिलले अभिलेख सूचीकरण र अभिमुखीकरणका नाममा ३ हजार शुल्क लिँदै आएकोमा अब त्यो पनि तिर्न नपर्ने भएको छ।

सरकारले २०८२ कात्तिक १३ गते प्रकाशित छापाखाना तथा प्रकाशन (दोस्रो संशोधन) नियमावली, २०८२ मार्फत यो व्यवस्था गरेको हो। सो नियमावली अनुसार सूचना तथा प्रसारण विभागले दर्ता प्रमाणपत्र प्राप्त अनलाइन सञ्चारमाध्यमहरूको अभिलेख राख्नेछ र त्यसको प्रतिवेदन नियमित रूपमा काउन्सिललाई उपलब्ध गराउनेछ।

प्रेस काउन्सिल नेपालले पनि आइतबार सूचना जारी गर्दै नयाँ नियमावली कार्यान्वयनमा आएसँगै अब अनलाइन सञ्चारमाध्यमको अभिलेख तथा सूचीकरण कार्य आफूबाट नभई सूचना तथा प्रसारण विभागबाट हुने स्पष्ट पारेको छ।

प्रेस काउन्सिल नेपालका प्रमुख अधिकृत झबिन्द्र भुसालका अनुसार अब विभागले अभिलेख व्यवस्थापन गर्ने र काउन्सिलले अनुगमन तथा पत्रकार आचारसंहिताको पालना हुने/नहुने विषयमा निरीक्षण गर्नेछ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...