Author: संचार पत्र

व्यवस्थापन समिति गठन नगरेका पालिकाका विद्यालयको संघीय अनुदान रोक्का गर्ने मन्त्री पुनको चेतवानी

व्यवस्थापन समिति गठन नगरेका पालिकाका विद्यालयको संघीय अनुदान रोक्का गर्ने मन्त्री पुनको चेतवानी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँशिक्षामन्त्री महाबीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगरेमा पालिकालाई दिने संघीय अनुदान रोक्का हुने चेतावनी दिएका छन् । मन्त्री पुनले विद्यालय व्यवस्थापन समिति गठन नगरी मनोमानी ढंगले विद्यालय संचालन भइरहेको पाइएको बताउदै अहिले त्यस्ता विद्यालयको नाम संकलन गरिरहेको बताएका हुन् । उनले पालिकाहरुलाई नियमानुसार तुरुन्त विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको भन्दै अन्यथा त्यसता पालिकाहरुको विद्यालयलाई आउने संघिय अनुदान रोक्का गरिने चेतावनी दिएका छन् । उनले भनेका छन्- ‘विद्यालय व्यवस्थापन समिति गठन नगरिकन मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिकाहरु पनि रहेछन। त्यस्ता पालिकाहरुलाई नियमानुसार तुरुन्त विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको छ। अन्यथा त्यसता पालिकाहरुको विद्यालयलाई आउने संघिय अनुदान रोक्का गरिनेछ । त्यस्ता पालिका हरूको नाम संकलन...
डिम्ब प्रकरण : महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा कारण देखाउ आदेश

डिम्ब प्रकरण : महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा कारण देखाउ आदेश

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमान्डौ गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको घटनामा होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टरविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमा सोमबार कारण देखाउन आदेश जारी भएको छ ।सुनुवाइका क्रममा अदालतले अग्राधिकार दिँदै कारण देखाउन आदेश जारी गरेको हो । अधिवक्ता अंकिता त्रिपाठीले आइतबार दर्ता गरेको रिटमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं, महान्यायाधिवक्ता कार्यालय, उच्च सरकारी वकिल कार्यालय ललितपुर र केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) विपक्षी बनाइएको छ । रिटमा उल्लेख छ, “नाबालिकाहरूको उमेर ढाँटेर, अभिभावकको अनुमति बिना, बेहोस बनाएर र ९ घण्टाभन्दा बढी समय खानपान नदिई, योनीमार्गमार्फत चिकित्सकीय उपकरण प्रयोग गरी डिम्बाशयबाट डिम्ब निकालिएको घटना जबरजस्ती करणीको दायरामा पर्छ ।” मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) अनुसा...
मधेसका मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनको लागि आज बस्दै प्रदेशसभा बैठक

मधेसका मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनको लागि आज बस्दै प्रदेशसभा बैठक

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ मधेस प्रदेसका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने प्रयोजनको लागि आज बिहान प्रदेशसभा बैठक बस्ने भएको छ।उपसभामुख बबिता राउत ईश्वरले बुधबार बिहान साढे ८ बजेका लागि बैठक आह्वान गरेकी हुन्। सोमबार साँझ सर्वोच्च अदालतले परमादेश जारी गर्दै २४ घण्टाभित्र विश्वासको मत लिन भनेको थियो। तर, मुख्यमन्त्री यादवले आफूले समयमै अदालतको पत्र नपाएकाले मंगलबार प्रदेश सभा बैठक बोलाउन नसकेको दाबी गरेका थिए। त्यसपछि उनले मंगलबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दै आफूले बुधबार दिउँसो २ बजेका लागि बैठक बोलाइदिन प्रदेशसभा सचिवालयमा पत्र पठाएको बताएका थिए। तर, मंगलबार साँझ बसेको सर्वदलीय बैठकमा आज बिहान साढे ८ बजे नै बैठक बोलाउन सहमति भएअनुसार बैठक आह्वान गरिएको उपसभामुखको सचिवालयले जनाएको छ। ...
अपाङ्गता भएका व्यक्तिका अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध:मुख्यमन्त्री आचार्य

अपाङ्गता भएका व्यक्तिका अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध:मुख्यमन्त्री आचार्य

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, स्थानीय
दाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपाङ्गता भएका व्यक्तिहरूका अधिकार, समावेशीकरण र सशक्तीकरण सुनिश्चित गर्न प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध भएको बताउनुभएको छ । अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले प्रादेशिक तहमा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन निर्माणको प्रक्रिया अघि बढाइएकाले एकीकृत र सहज सेवा प्रवाहलाई थप प्रभावकारी बनाइने बताउनुभएको हो ।सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ मा मनाइँदै आएको अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस यस वर्ष ‘अपाङ्गता समावेशी समाजको प्रवर्दन सामाजिक विकासको संवर्दन’ भन्ने नारासहित मनाइँदैछ । नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई मर्यादित र आत्मसम्मानपूर्ण जीवन, सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको उल्लेख गर्दै यसलाई व्यवहारमा उतार्न प्रदे...
रेवती गुरुङ बनिन् लुम्बिनी प्रदेश सांसद

रेवती गुरुङ बनिन् लुम्बिनी प्रदेश सांसद

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
बुटवललुम्बिनी प्रदेश सभाले पूर्णता पाएको छ। भदौ महिनामा एमालेबाट समानुपातिक सांसद बनेकी सरिता पुनको निधनपछि खाली रहेको स्थानमा सोमबार रेवती गुरुङ नियुक्त भएकी छन्। प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरसमक्ष गुरुङले शपथ लिइन् । को मंसिर ११ को निर्णयअनुसार रिक्त स्थानमा उनलाई नयाँ सदस्य घोषणा गरिएको हो । रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका-१०, तकसेराकी ३२ वर्षीया सरिता पुनको गत भदौ १४ गते उपचारका क्रममा निधन भएको थियो । पुनको निधनपछि रिक्त भएको समानुपातिक सूचीमा महिलाअन्तर्गत आदिवासी जनजाति कोटाबाट प्रतिनिधित्व गर्ने क्रममा रुपन्देहीको देवदह नगरपालिका-५ निवासी गुरुङलाई मनोनयन गरिएको हो । गुरुङ एमालेको बन्द सूचीमा क्रम नम्बर १३ मा रहेकी थिइन् र प्राथमिकता सूचीको पहिलो स्थानमा भएकाले अवसर पाएकी हुन्। प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० (२) तथा निर्वाचन नियमावली, २०७४ को...
मन्त्रिपरिषद्को बैठकका २७ निर्णय सार्बजनिक

मन्त्रिपरिषद्को बैठकका २७ निर्णय सार्बजनिक

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंमङ्सिर १५ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद्को बैठकका २७ निर्णय निर्णयहरु सार्बजनिक गरेका हुन् । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका मृत्युवरण गरेका सहिदहरूको सम्झनामा प्रत्येक वर्ष भाद्र २३ गतेलाई जेनजी शहिद दिवसको रूपमा मनाउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् । त्यसैगरी बैठकले जेनजी आन्दोलनका क्रममा सहीद भएका व्यक्तिका परिवारका आमा, बुबा, श्रीमान, श्रीमती, अविवाहित छोरी/अविवाहित छोरालाई गृहमन्त्रालयले फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिएका छन् । त्यस्तै सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्ष कुमार शर्मा आचार्यलाई मनोनित गर्ने निर्णय गरे...
भारतमा नेपाली यात्रु बोकेको बसमा भीषण आगलागी, दर्जनौँ घाइते

भारतमा नेपाली यात्रु बोकेको बसमा भीषण आगलागी, दर्जनौँ घाइते

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
काठमाडौंसोमबार मध्यराति भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा नेपाल-भारत सीमा क्षेत्र सुनौलीबाट दिल्लीतर्फ जाँदै गरेको यूपी-२२ एटी ०२४५ नम्बरको निजी बसमा भीषण आगलागी हुँदा अनेक नेपाली यात्रु घाइते भएका छन् । बसमा कुल ४५ यात्रु सवार थिए, जसमा धेरैजना बुटवल तथा आसपासका रहेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।घाइतेहरूको सूचीअनुसार गुल्मी तम्घासका शिवबहादुर परियार, पूर्णिमा परियार, कावासोतीका कृष्णबहादुर, विष्णुबहादुर, अनिलबहादुर, सरस्वती र बुटवलका दिवाकर न्यौपाने घाइते रहेका छन् ।त्यसैगरी बुटवलकी दिया योगी, गुल्मी तम्घासका विशाल गुरुङ, छत्रकोटका लालबहादुर, गुल्मीकै उसा, स्याङ्जाका सुबोध अर्याल, मोरङका कमलबहादुर पौडेल र भुवन पनि घाइतेको सूचीमा परेका छन् ।घाइतेमध्ये पाल्पाका ओमबहादुर, गुल्मी तम्घासका वसन्त सर्तुंगी, बुटवलका सोनाम, अनिसा, गुनबहादुर, सुनवल-नवलपरासीका बोधबहादुर र धनकुमारी पन...
विदेशमा रहेका नेपालीले तीन महिनामा पाँच खर्ब ५३ अर्ब पठाए

विदेशमा रहेका नेपालीले तीन महिनामा पाँच खर्ब ५३ अर्ब पठाए

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौंचालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाहमा ३५ दशमलव चार प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिमा रु पाँच खर्ब ५३ अर्ब ३१ करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ११ दशमलव नौ प्रतिशतले वृद्धि भई रु चार खर्ब आठ अर्ब ७७ करोड रहेको थियो । चालु आवको पहिलो महिना अर्थात् गत साउनमा विप्रेषण आप्रवाह २९ दशमलव नौ प्रतिशतले वृद्धि भई रु एक खर्ब ७७ अर्ब ४१ करोड बराबर पुगेको थियो । यस्तै, गत भदौ महिनामा विप्रेषण आप्रवाह ३३ दशमलव एक प्रतिशतले वृद्धि भई रु तीन खर्ब ५२ अर्ब आठ करोड पुगेको थियो । चालु आवको पहिलो त्रैमासमा चालु खाता रु दुई खर्ब ३७ अर्ब ५९ करोड र शोधनान्तर रु दुई खर्ब ६४ अर्ब तीन करोडले बचतमा रहेको छ । अघिल्लो आवको सोही अवधिमा चालु खाता रु एक खर्ब १५ अर्ब ३६ करोड र शोधनान्तर रु ...
बुटवल उपमहानगरपालिकाद्वारा छात्रवृत्तिमा अध्ययनरत ३३९ विद्यार्थीलाई प्रमाणपत्र प्रदान

बुटवल उपमहानगरपालिकाद्वारा छात्रवृत्तिमा अध्ययनरत ३३९ विद्यार्थीलाई प्रमाणपत्र प्रदान

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, स्थानीय
बुटवलबुटवलका संस्थागत विद्यालयहरुमा छात्रबृत्ति पाएर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । बुटवल उपमहानगरपालिकाले २०८१ सालमा छात्रावृत्ति प्राप्त गरिरहेका संस्थागत विद्यालयमा निःशुल्क अध्ययन गरिरहेका ३३९ जना विद्यार्थीहरुलाई सोमबार प्रमाणपत्र प्रदान गरेको हो । सो अवसरमा उपमहानगरले छात्रबृत्तिमा अध्ययन गरिरहेका विद्यार्थीहरुसँग अन्तरक्रिया समेत गरेको छ । अन्तरक्रियामा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले छात्रावृत्तिको लागि बुटवल उपमहानगरपालिकाले कुनै पनि हस्तक्षेप नगरि विद्यालयहरुलाई स्वतन्त्र छनौट गर्न दिएको जानकारी दिए । उपमहानगरले छात्रबृत्तिमा अध्धयनरत विद्यार्थीहरुको अवस्था बारे अनुगमन भने गरिरहेको उनले बताए । नगर प्रमुख पाण्डेयले बुटवललाई चलायमान गराउनका लागि यहाँका शैक्षिक संस्थाहरुको महत्वपूर्ण योगदान गरेको उल्लेख गरे । प्रमुख पाण्ड...
८ औँ तिलोत्तमा राष्ट्रिय औद्योगिक, कृषि तथा पर्यटन महोत्सव सुरु: दुई लाख दर्शक सहभागी हुने अनुमान

८ औँ तिलोत्तमा राष्ट्रिय औद्योगिक, कृषि तथा पर्यटन महोत्सव सुरु: दुई लाख दर्शक सहभागी हुने अनुमान

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, स्थानीय
रूपन्देहीरुपन्देहीको तिलोत्तमा–५ मणिग्रामस्थित मेला मैदानमा ८ औँ तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०८२ सोमबारदेखि औपचारिक रूपमा सुरु भएको छ। तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले महोत्सवको उद्घाटन गर्दै स्वदेशी उत्पादनलाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन यस्तो मेला अत्यन्त उपयोगी हुने धारणा व्यक्त गर्नुभयो। उहाँले नगरभित्र रहेका साना तथा ठूला सबै उद्योगी–व्यवसायीले महोत्सवलाई अवसरको रूपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार महोत्सवले केवल व्यापारिक गतिविधिकै लागि होइन, स्थानीय समुदायलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपमा उकास्न ठूलो योगदान पुर्‍याउने अपेक्षा छ। स्थानीय कलाकारलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने मौका मिल्ने बताउँदै प्रमुख खाँणले तिलोत्तमाका सबै संघसंस्था, राजनीतिक दल तथा सरोकारवालाले एकजुट ...