बुटवल उपमहानगरपालिकाद्वारा छात्रवृत्तिमा अध्ययनरत ३३९ विद्यार्थीलाई प्रमाणपत्र प्रदान


बुटवल
बुटवलका संस्थागत विद्यालयहरुमा छात्रबृत्ति पाएर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । बुटवल उपमहानगरपालिकाले २०८१ सालमा छात्रावृत्ति प्राप्त गरिरहेका संस्थागत विद्यालयमा निःशुल्क अध्ययन गरिरहेका ३३९ जना विद्यार्थीहरुलाई सोमबार प्रमाणपत्र प्रदान गरेको हो । सो अवसरमा उपमहानगरले छात्रबृत्तिमा अध्ययन गरिरहेका विद्यार्थीहरुसँग अन्तरक्रिया समेत गरेको छ ।

अन्तरक्रियामा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले छात्रावृत्तिको लागि बुटवल उपमहानगरपालिकाले कुनै पनि हस्तक्षेप नगरि विद्यालयहरुलाई स्वतन्त्र छनौट गर्न दिएको जानकारी दिए । उपमहानगरले छात्रबृत्तिमा अध्धयनरत विद्यार्थीहरुको अवस्था बारे अनुगमन भने गरिरहेको उनले बताए । नगर प्रमुख पाण्डेयले बुटवललाई चलायमान गराउनका लागि यहाँका शैक्षिक संस्थाहरुको महत्वपूर्ण योगदान गरेको उल्लेख गरे ।

प्रमुख पाण्डेयले ६० प्रतिशत भन्दा धेरै विद्यार्थीहरु बाहिरबाट आएर बुटवलमा अध्ययन गरिरहेको बताए । उनका अनुसार बुटवल उपमहानगरपालिकाल भित्रका विद्यालयमा अहिले १ लाख भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

उनले बुटवल उपमहानगरपालिकाले शिक्षालाई विशेष प्राथमिकतामा राखेको जनाउँदै शिक्षामा कुल बजेटको २६ प्रतिशत विनियोजन गरिएको समेत जानकारी दिए ।

उपप्रमुख सवित्रादेवि अर्यालले पनि बुटवल उपमहानगरपालिकाले शैक्षिक क्षेत्रको विकासका लागि सक्दो प्रयास गरिरहेको बताइन् । उनले बुटवल काठमाडौं पछिको पहिलो महिलालाई मात्र पढाउने विद्यालय भएको शहर पनि भएको दाबी गरिन् ।

अन्तरक्रिया कार्यक्रममा विद्यार्थी स्मृति सापकोटा, मधुसुदन पौडेल, कृपा घिमिरे, स्वस्तीका भण्डारी, युजिमा बुढाथोकी लगायतका विद्यार्थीहरुले निःशुल्क रुपमा छात्रबृत्तिको रुपमा अध्ययन गर्न पाएको खुशि व्यक्त गर्दै उपमहानगरपालिकाले पहलमा नै आफुहरुले छात्रबृत्ति पाउन सफल भएको बताएका थिए ।

बुटवल उपमहानगरपालिकाले १० प्रतिशत निःशुल्क छात्राबृत्तिलाई कडाईका साथ लागु गरे पछि विपन्न वर्ग र जेहेन्दार विद्यार्थीहरु यसबाट लाभान्वित बनेका छन् । छात्रवृत्ति पाएक विद्यार्थीहरुले कक्षा ११ र १२ निशुल्क रुपमा अध्ययन गर्न पाउने छन् ।

छुटाउनुभयो कि ?

विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जन...
शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...