भारतमा नेपाली यात्रु बोकेको बसमा भीषण आगलागी, दर्जनौँ घाइते


काठमाडौं
सोमबार मध्यराति भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा नेपाल-भारत सीमा क्षेत्र सुनौलीबाट दिल्लीतर्फ जाँदै गरेको यूपी-२२ एटी ०२४५ नम्बरको निजी बसमा भीषण आगलागी हुँदा अनेक नेपाली यात्रु घाइते भएका छन् । बसमा कुल ४५ यात्रु सवार थिए, जसमा धेरैजना बुटवल तथा आसपासका रहेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
घाइतेहरूको सूचीअनुसार गुल्मी तम्घासका शिवबहादुर परियार, पूर्णिमा परियार, कावासोतीका कृष्णबहादुर, विष्णुबहादुर, अनिलबहादुर, सरस्वती र बुटवलका दिवाकर न्यौपाने घाइते रहेका छन् ।
त्यसैगरी बुटवलकी दिया योगी, गुल्मी तम्घासका विशाल गुरुङ, छत्रकोटका लालबहादुर, गुल्मीकै उसा, स्याङ्जाका सुबोध अर्याल, मोरङका कमलबहादुर पौडेल र भुवन पनि घाइतेको सूचीमा परेका छन् ।
घाइतेमध्ये पाल्पाका ओमबहादुर, गुल्मी तम्घासका वसन्त सर्तुंगी, बुटवलका सोनाम, अनिसा, गुनबहादुर, सुनवल-नवलपरासीका बोधबहादुर र धनकुमारी पनिसमेत छन् ।
त्यसैगरी भारतका भगवानपुर, बिहारका खैरुल बुभ र नाउद अली तथा कर्नाल, हरियाणाका विक्रम पनि दुर्घटनामा घाइते भएको पुष्टि भारतीय मिडियाले गरेका छन् ।

छुटाउनुभयो कि ?

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बुटवलनेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्...
देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

बुटवलहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको मौसम पूर्व...
फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

काठमाडौंफ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएका समस्याविरुद्ध शनिबार भएको ...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौंदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४...