भारतमा नेपाली यात्रु बोकेको बसमा भीषण आगलागी, दर्जनौँ घाइते


काठमाडौं
सोमबार मध्यराति भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा नेपाल-भारत सीमा क्षेत्र सुनौलीबाट दिल्लीतर्फ जाँदै गरेको यूपी-२२ एटी ०२४५ नम्बरको निजी बसमा भीषण आगलागी हुँदा अनेक नेपाली यात्रु घाइते भएका छन् । बसमा कुल ४५ यात्रु सवार थिए, जसमा धेरैजना बुटवल तथा आसपासका रहेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
घाइतेहरूको सूचीअनुसार गुल्मी तम्घासका शिवबहादुर परियार, पूर्णिमा परियार, कावासोतीका कृष्णबहादुर, विष्णुबहादुर, अनिलबहादुर, सरस्वती र बुटवलका दिवाकर न्यौपाने घाइते रहेका छन् ।
त्यसैगरी बुटवलकी दिया योगी, गुल्मी तम्घासका विशाल गुरुङ, छत्रकोटका लालबहादुर, गुल्मीकै उसा, स्याङ्जाका सुबोध अर्याल, मोरङका कमलबहादुर पौडेल र भुवन पनि घाइतेको सूचीमा परेका छन् ।
घाइतेमध्ये पाल्पाका ओमबहादुर, गुल्मी तम्घासका वसन्त सर्तुंगी, बुटवलका सोनाम, अनिसा, गुनबहादुर, सुनवल-नवलपरासीका बोधबहादुर र धनकुमारी पनिसमेत छन् ।
त्यसैगरी भारतका भगवानपुर, बिहारका खैरुल बुभ र नाउद अली तथा कर्नाल, हरियाणाका विक्रम पनि दुर्घटनामा घाइते भएको पुष्टि भारतीय मिडियाले गरेका छन् ।

छुटाउनुभयो कि ?

विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जन...
शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...