Author: संचार पत्र

निति निःशुल्क स्वास्थ्य तर सरकारी अस्पतालमै पाइँदैनन् महँगो र बिमाका साढे तीन सय प्रकारका औषधि

निति निःशुल्क स्वास्थ्य तर सरकारी अस्पतालमै पाइँदैनन् महँगो र बिमाका साढे तीन सय प्रकारका औषधि

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, शिक्षा, समाचार, समाज
श्रीराम ज्ञवालीबुटवलनेपाल सरकारको स्वास्थ्य सेवा ऐनमा धैरै प्रकारका स्वास्थ्य सेवा निशुल्क उपलब्ध गराउने उल्लेख छ। तर सरकारी अस्पतालहरूले उपचार गर्न आएका बिरामीलाई विभिन्न बहाना देखाएर बिमाका समेत सबै औषधि दिने गरेका छैनन् । स्वास्थ्य मन्त्रालयले गरेको अनुगमनमा यस्तो भेटिएको हो । स्वास्थ्य बिमा बोर्डका अनुसार स्वास्थ्य बिमामा आबद्ध गराउँदा अस्पतालले एक हजार २सय ९८ प्रकारका औषधि राखेकै हुनुपर्छ । तर लेखिएकामध्ये साढे तीन सय प्रकारका औषधि फेला परेनन् । मन्त्रालयका अनुसार ७ सयदेखि ९सय५० प्रकारका औषधि मात्रै अस्पतालले राख्ने गरेका छन् । प्राय सफ्टवेयर बिग्रिँदा र बिमामा समेटिएका औषधि नपाउँदा सरकारी अस्पतालमा बिरामी भौँतारिरहेका हुन्छन् । बिमा सेवा लिँदा दुव्र्यवहार भएको, बिमामा औषधि नपाइएको, सफ्टवेयर नचलेकोलगायत गुनासा सेवाग्राहीले गर्ने गर्ने गर्छन् । मुख्यत: अस्पतालले बिमा सेवा सहज प...
राष्ट्रिय सभा निर्वाचनका लागि मतदान केन्द्र तोकियो

राष्ट्रिय सभा निर्वाचनका लागि मतदान केन्द्र तोकियो

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनिर्वाचन आयोग नेपालले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र तोकेको छ । आयोगले बुधबार सातवटै प्रदेशका लागि मतदानस्थल निर्धारण गरिएको सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।आयोगले सातवटै प्रदेशको राजधानी रहेका जिल्लामा मतदानस्थल रहनेगरी स्थान तोकिसकेको हो । आयोगले कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर उपमहानगरपालिका वडा ४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा उपमहानगरपालिका–४ मकवानपुर, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, पोखरा कास्कीमा प्रदेशको मतदान केन्द्र, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र, घोराही, दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, वीरेन्द्रनगर, सुर्खेत र सुदूरप...
एमाले महाधिवेशन : साढे २१ घन्टामा मतदान सकियो, ३६ जनाले भोट हालेनन्

एमाले महाधिवेशन : साढे २१ घन्टामा मतदान सकियो, ३६ जनाले भोट हालेनन्

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौंनेकपा (एमाले)को एघारौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ।बुधबार बिहानदेखि सुरु भएको मतदान बिहीबार बिहान सबेरै सकिएको हो। एमालेका कुल दुई हजार दुई सय ६३ मतदातामध्ये दुई हजार दुईसय २७ मत मात्रै खसेको छ। विभिन्न कारणले ३६ जना मतदाता उपस्थित हुन नसकेका निर्वाचन आयोगले जनाएको छ।बुधबार बिहान नौ बजेर २० मिनेटमा मतदान सुरु भएको थियो। ८० वटा विद्युतीय मेसिनबाट भएको मतदान सकिन साढे २१ घन्टा लागेको छ। ...
बुटवलको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन विहिबार अर्थमन्त्री खनालले गर्ने

बुटवलको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन विहिबार अर्थमन्त्री खनालले गर्ने

Breaking news 3, गित संगित, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, राेचक जानकरी, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देही उद्योग संघको आयोजनामा ‘संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ आज (विहीवार)देखि बुटवलमा १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ शुरु हुँदैछ । प्रदर्शनीको उद्घाटन अर्थमन्त्री डा. रामेश्वर खनालले गनर््ुं हुनेछ । प्रदर्शनीको उद्घाटनका लागि आवश्यक सबै तयारी पुरा भएको र दिउँसो २.१६ वजे हुनेछ ।बुटवल मण्डपमा निमार्णाधीन अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा पहिलो पटक आयोजना हुन लागेको प्रदर्शनीमा विभिन्न प्रकृतिका ५ सय वटा स्टलहरु रहने छन् । त्यसैगरी बनेका स्टलहरुलाई विभिन्न विधाका १० वटा पेभिलियनहरु निर्माण गरिएको छ । प्रदर्शनीमा ३९ जिल्लाबाट सहभागिता रहेको छ ।प्रदर्शनीको पुर्वसन्ध्यामा बुधवार औद्योगिक जनचेतना ¥याली निकालिएको छ । प्रदर्शनीस्थल बुटवल मण्डपबाट शुरु भएको ¥याली राजमार्ग चौराहा, मिलनचोक, अस्पता...
एमाले महाधिवेशन: प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह

एमाले महाधिवेशन: प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँनेकपा (एमाले) को ११ औँ महाधिवेशन अन्तर्गतको निर्वाचनमा अहिलेसम्म मतदान जारी छ । राजधानीको भृकुटीमण्डपमा भइरहेको मतदान प्रक्रियामा सहभागी प्रतिनिधिहरूलाई टोकन लिएर राति ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न निर्वाचन आयोगले आग्रह गरेको छ । ‘अहिले टोकन बाँडिरहेका छौँ । गेट बाहिर रहनुभएका प्रतिनिधिहरूले टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टरमा पुग्नुपर्ने सूचना जारी गरेका छौँ,’ आयोगका सचिव कुन्साङ लामाले बताए । उनले थपे कि त्यसपछि मतदानस्थलमा प्रवेश गर्न नपाइने जानकारी पनि दिइएको छ । एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा कुल २२६३ जना मतदाता सहभागी छन् । अहिलेसम्म ७ सय मत खसिसकेको छ । ...
जेनजी आन्दोलन पीडितलाई नि:शुल्क वैदेशिक रोजगार

जेनजी आन्दोलन पीडितलाई नि:शुल्क वैदेशिक रोजगार

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँसरकारले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका घाइते र मृतकका परिवारलाई वैदेशिक रोजगारीमा नि:शुल्क पठाउने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वदेशमा काम गर्न चाहनेका लागि सिपमूलक तालिम पनि प्रदान गर्ने तयारी गरेको छ । तालिम लिएपछि चाहने व्यक्तिहरूलाई आन्तरिक रोजगारीमा जोड्ने वा वैदेशिक रोजगारीमा पठाउने योजना बनाइएको छ।नवनियुक्त श्रम मन्त्री राजेन्द्रसिंह भण्डारीको निर्देशनअनुसार मन्त्रालयले जेनजी रोजगार सहजीकरण संयन्त्र निर्माण गरी परिवारलाई मर्यादित र सुरक्षित रोजगारी अवसर उपलब्ध गराउने तयारी गरेको छ। वैदेशिक रोजगारीमा पठाउन वैदेशिक रोजगार व्यवसायी संघसँग समन्वय गर्ने व्यवस्था पनि तय भएको छ। जेनजी आन्दोलनमा करिब २ हजार ५०० जना घाइते भएका छन् भने ७६ जनाको मृत्यु भएको थियो । सरकारले आन्दोलनलाई जनआन्दोलन मान्यता दिएको छ र १० बुँदे सहमति अनुसार घाइते तथा शहीद...
१६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा बुटवलमा जनचेतना -याली

१६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा बुटवलमा जनचेतना -याली

Breaking news 3, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, समाचार, समाज, स्थानीय
बुटवल पुष ३ गतेदेखि सञ्चालन हुन लागेको १६औँ औद्योगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सव–२०८२ को उद्घाटनपूर्व सन्ध्यामा बुटवलमा औद्योगिक जनचेतना ¥याली निकालिएको छ ।¥यालीमा विभिन्न जातजातिका भेषभूषा तथा झाँकीसहित स्थानीयहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कान्ति मावि बुटवलको ७२औं बार्षिकोत्सव सम्पन्न:बुटवल शिक्षामा देशकै उत्कृष्ट,थप व्यवस्थित वनाउन नगरको ठुलो लगानी: नगर प्रमुख पाण्डे

कान्ति मावि बुटवलको ७२औं बार्षिकोत्सव सम्पन्न:बुटवल शिक्षामा देशकै उत्कृष्ट,थप व्यवस्थित वनाउन नगरको ठुलो लगानी: नगर प्रमुख पाण्डे

Breaking news 2, खेलकुद, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, राेचक जानकरी, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीबुटवलको कान्ति माध्यमिक विद्यालयले ७२औं बार्षिकोत्सव तथा अभिभावक दिवस बुधबार सम्पन्न गरेको छ।कार्यक्रममा वोल्दै बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेले बुटवलका सामुदायिक र संस्थागत दुवै विद्यालय देशकै उत्कृष्ट रहेको र थप व्यवस्थित वनाउन नगरले सवै भन्दा ठुलो लगानी शिक्षामा गरेको वताएका छन्।पाण्डेले देशका विभिन्न विद्यालयहरु व्यवस्थित हुंदा विद्यार्थी नभएको अवस्था आउनु साझा चुनौती रहेको र माटो सुहाउँदो, प्राविधिक र रोजगार मुलक शिक्षामा महत्व दिन आवस्यक रहेको धारणा राखे ।बुटवलका उत्कृष्ट विद्यालयमा विद्यालयका संरचना लगाएतका क्षमता भन्दा बढी विद्यार्थी आउने गरेको र भर्नाहुन नपाउने अवस्था रहेको वताए ।उनले शिक्षाकै लागि देशका टाढा टाढाका विद्यार्थीहरु पनी धैरै आउने गरेको र यसले शिक्षा क्षेत्रमा मात्र नभएर समग्र बुटवल नै चलायमान हुने वताए।बुटवलको सम्बृद्धिका लागी शिक्षा लगायतका ...
जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिँदै, अर्को साता ओली–लेखकको बयान लिइने

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिँदै, अर्को साता ओली–लेखकको बयान लिइने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँगत भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले एक महिना म्याद थप गर्न सरकारसँग आग्रह गरेको छ ।बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्दै आयोगका पदाधिकारीहरूले जाँचबुझ आयोगको म्याद थप गर्न आग्रह गरेका हुन् ।पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ५ असोजमा गठित जाँचबुझ आयोगको म्याद सकिन लाग्दा बयान लिने क्रम नै जारी रहेको भन्दै म्याद थप गर्न आग्रह गरिएको हो । जाँचबुझ आयोगका अध्यक्ष कार्कीले आयोगलाई काम गर्न केहि समय अपुग भएकाले एक महिना थप गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेको जानकारी दिए ।जवाफमा प्रधानमन्त्री कार्कीले समय थप गर्ने जानकारी गराएको उनले बताए । त्यस्तै कार्कीले अर्को साता पूर्वप्रधानमन्त्री९केपी शर्मा ओली० र पूर्वगृहमन्त्री९रमेश लेखक० लगायत राजनीतिक दलका नेताहरूलाई बयानमा बोलाउने तयारी भएको उल्लेख गरे । जाँचबुझ आयोगले जेनजी घटनाका सम्बन्ध...
आजको मौसम

आजको मौसम

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँजल तथा मौसम विभाग हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको र हाल कोशी प्रदेश बागमती प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको र पश्चिम तराईका थोरै स्थानहरूमा हुस्सु लागेको जानकारी दिएको छ । आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ भने आज राती कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको विभागले जानकारी दिएको छ । ...