एमाले महाधिवेशन: प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह


काठमाडौँ
नेकपा (एमाले) को ११ औँ महाधिवेशन अन्तर्गतको निर्वाचनमा अहिलेसम्म मतदान जारी छ । राजधानीको भृकुटीमण्डपमा भइरहेको मतदान प्रक्रियामा सहभागी प्रतिनिधिहरूलाई टोकन लिएर राति ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

‘अहिले टोकन बाँडिरहेका छौँ । गेट बाहिर रहनुभएका प्रतिनिधिहरूले टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टरमा पुग्नुपर्ने सूचना जारी गरेका छौँ,’ आयोगका सचिव कुन्साङ लामाले बताए । उनले थपे कि त्यसपछि मतदानस्थलमा प्रवेश गर्न नपाइने जानकारी पनि दिइएको छ ।

एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा कुल २२६३ जना मतदाता सहभागी छन् । अहिलेसम्म ७ सय मत खसिसकेको छ ।

छुटाउनुभयो कि ?

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

बुटवलजनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी नि...
तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

रुपन्देहीरुपन्देहीको तिलोत्तमा नगरपालिका–३ डिङ्गनगर विष्णुपुरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा आएको छ । लामो समयदेखि...
बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

काठमाण्डौ — रसुवाको भोटेकोशीमा गएको १० गते आएको विनाशकारी बाढीका कारण पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय वि...
भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

काठमाडौंभोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्...