कान्ति मावि बुटवलको ७२औं बार्षिकोत्सव सम्पन्न:बुटवल शिक्षामा देशकै उत्कृष्ट,थप व्यवस्थित वनाउन नगरको ठुलो लगानी: नगर प्रमुख पाण्डे


रुपन्देही
बुटवलको कान्ति माध्यमिक विद्यालयले ७२औं बार्षिकोत्सव तथा अभिभावक दिवस बुधबार सम्पन्न गरेको छ।
कार्यक्रममा वोल्दै बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेले बुटवलका सामुदायिक र संस्थागत दुवै विद्यालय देशकै उत्कृष्ट रहेको र थप व्यवस्थित वनाउन नगरले सवै भन्दा ठुलो लगानी शिक्षामा गरेको वताएका छन्।
पाण्डेले देशका विभिन्न विद्यालयहरु व्यवस्थित हुंदा विद्यार्थी नभएको अवस्था आउनु साझा चुनौती रहेको र माटो सुहाउँदो, प्राविधिक र रोजगार मुलक शिक्षामा महत्व दिन आवस्यक रहेको धारणा राखे ।
बुटवलका उत्कृष्ट विद्यालयमा विद्यालयका संरचना लगाएतका क्षमता भन्दा बढी विद्यार्थी आउने गरेको र भर्नाहुन नपाउने अवस्था रहेको वताए ।
उनले शिक्षाकै लागि देशका टाढा टाढाका विद्यार्थीहरु पनी धैरै आउने गरेको र यसले शिक्षा क्षेत्रमा मात्र नभएर समग्र बुटवल नै चलायमान हुने वताए।
बुटवलको सम्बृद्धिका लागी शिक्षा लगायतका क्षेत्रहरूमा सरकार,निजीक्षेत्र र संस्थाहरु (पिपिए) को अवधारणा अगाडि सारेको धारणा राखे।
समाजले भड्किलो जिवनशैली स्विकार नगर्ने हुनाले साधारण जिवनशैली तर्फ शिक्षा केन्द्रित हुनुपर्ने सुल्झाए।
कार्यक्रममा रुपन्देहीका शिक्षा विकास तथा सम्वन्वय इकाइ प्रमुख विष्णु प्रसाद पन्थीले विद्यालय देशकै उत्कृष्ट हुंदै आएको र सरकार ,अविभावक, शिक्षा प्रेमीलगायत सरोकारवाला सवैको चासो र योगदानले थप उत्कृष्ट हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा बुटवल उपमहानगर वडा नम्बर ४का वडाध्यक्ष नरिश्वर पौडेलले कान्ति मावि नाम जस्तै देश-विदेशमा ख्याति प्राप्त गर्नु विद्यालय र सरोकारवाला सवैको गौरवको विषय भएको वताए।
विद्यालयले समग्र देशको आवश्यकतालाई मध्यनजर गरी शैक्षिक, समय सापेक्ष सिप र नैतिक चरित्रवान नागरिक उत्पादन गर्दै अगाडि वढ्ने मा विश्वस्त रहेको धारणा राखे।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन प्रसाद वझाले धार्मिक संघ संस्था भन्दा पनि विद्यालय पवित्र संस्था र त्यसैमाथी पनि देशकै उत्कृष्ट विद्यालय रहेकोले आफुहरु तन,मनले लागेको र सरोकारवाला सवै लाग्नेमा विश्वस्त रहेको धारणा राखे।


विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीले विद्यालयलाई आजको अवस्थासम्म पुर्याउन सहयोग गर्ने सवै प्रती आभार प्रकट गर्दै थप उचाईमा पुर्याउन चाहेको र सवैको साथ सहयोग रहनेमा विश्वस्त रहेको वताए।
वार्षिकोत्सवका अवसरमा विद्यालयमा १५ बर्ष नियमित सेवा गरेका ,विद्यालयलाई महत्वपूर्ण योगदान गरेवापत सहायक प्रधानाध्यापक केदारनाथ ज्ञवालीलाई कान्ति दिर्घसेवा पदक द्वारा सम्मानित गरिएको थियो।
सञ्चारक्षेत्रमा योगदान गरेवापत पत्रकार टिआर शर्मालाई उत्कृष्ट पत्रकारीता पुरस्कार तथा सम्मान गरिएको थियो ।


विभिन्न विधामा सप्ताह व्यापी विभिन्न विधामा कार्यक्रम गरिएको थियो भने उत्कृष्टलाई सम्मान गरिएको थियो।
विद्यालयमा लामो समय सेवा दिएका शिक्षक कर्मचारीहरु लाई समेत विद्यालयले सम्मान गरेको छ। जसमा शिक्षकहरू डिल्लीराज बेल्वासे, नारायण सुवेदी, लिलाधर पाण्डे, टिकाराम शर्मा, महेश खनाल, कर्मचारी पुष्य भुसाल प्रेम बहादुर बगालेलाई सम्मान गरिएको थियो।
विद्यालयलाई उत्कृष्ट वनाउन सल्लाह सुझाव दिने अभिभावकहरू बबर अलि मिया, गोपाल पौडेल, लक्ष्मी नेपाल र हरि प्रसाद पन्थीलाई सम्मान गरिएको छ।
उत्कृष्ट विद्यार्थीहरु ,छात्रवृत्तिमा नाम निकाली अध्यायन गरेका र विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई पनि सम्मान गरिएको कार्यक्रमको सञ्चालन शिक्षक लिलाधर पाण्डेले गरेका थिए।

छुटाउनुभयो कि ?

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

बुटवलजनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी नि...
तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

रुपन्देहीरुपन्देहीको तिलोत्तमा नगरपालिका–३ डिङ्गनगर विष्णुपुरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा आएको छ । लामो समयदेखि...
बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

काठमाण्डौ — रसुवाको भोटेकोशीमा गएको १० गते आएको विनाशकारी बाढीका कारण पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय वि...
भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

काठमाडौंभोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्...