जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिँदै, अर्को साता ओली–लेखकको बयान लिइने


काठमाडौँ
गत भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले एक महिना म्याद थप गर्न सरकारसँग आग्रह गरेको छ ।
बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्दै आयोगका पदाधिकारीहरूले जाँचबुझ आयोगको म्याद थप गर्न आग्रह गरेका हुन् ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ५ असोजमा गठित जाँचबुझ आयोगको म्याद सकिन लाग्दा बयान लिने क्रम नै जारी रहेको भन्दै म्याद थप गर्न आग्रह गरिएको हो । जाँचबुझ आयोगका अध्यक्ष कार्कीले आयोगलाई काम गर्न केहि समय अपुग भएकाले एक महिना थप गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेको जानकारी दिए ।
जवाफमा प्रधानमन्त्री कार्कीले समय थप गर्ने जानकारी गराएको उनले बताए । त्यस्तै कार्कीले अर्को साता पूर्वप्रधानमन्त्री९केपी शर्मा ओली० र पूर्वगृहमन्त्री९रमेश लेखक० लगायत राजनीतिक दलका नेताहरूलाई बयानमा बोलाउने तयारी भएको उल्लेख गरे ।

जाँचबुझ आयोगले जेनजी घटनाका सम्बन्धमा सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिइसकेको छ ।

असोज ५ गते तीन महिनाको म्यादसहित गठन भएको आयोगले असोज ९ गतेदेखि कार्यप्रारम्भ गरेको थियो । आयोगको म्याद यही पुस ९ गते सकिँदै छ ।

छुटाउनुभयो कि ?

देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा

देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा

काठमाण्डौ – अहिले कर्णाली प्रदेशलगायत लुम्बिनी र गण्डकी प्रदेशका तराई भूभागमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महा...
घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराइने

घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराइने

काठमाण्डाै – नेपाल आयल निगमले व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री/वितरणमा तत्कालका लागि रोक लगाउँदै घरायसी र अत्यावश्यक क्...
संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, भरोसा दिनुपर्छ : प्रधानमन्त्री

संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, भरोसा दिनुपर्छ : प्रधानमन्त्री

काठमाडौँप्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा संकट परेको बेलामा देशको नेतृत्वले हिम्मत, आड र भरोसा दिनुपर्ने बताए । उनले भोटे...
शेयर बजारमा १५ दशमलव ४४ अंकको वृद्धि, २ अर्ब ९४ करोडको कारोबार

शेयर बजारमा १५ दशमलव ४४ अंकको वृद्धि, २ अर्ब ९४ करोडको कारोबार

काठमाडौँनेप्सेमा आज वृद्धि आएको छ । आज बुधबार नेप्से १५ दशमलव ४४ अंकले बढेर २५३८ दशमलव ११ विन्दुमा पुगेर रोकिएको छ ।आज ३५४ कम...