Author: संचार पत्र

पहिलो सातामै एक लाख अवलोकनकर्ता र करिब ८ करोड कारोबार रहेको औद्योगिक प्रदर्शनीमा बिहिबार अवलोकनकर्ताको भिड

पहिलो सातामै एक लाख अवलोकनकर्ता र करिब ८ करोड कारोबार रहेको औद्योगिक प्रदर्शनीमा बिहिबार अवलोकनकर्ताको भिड

Breaking news 3, कृषि, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, राेचक जानकरी, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल बुटवलमा जोरी औद्योगिक प्रदर्शनीको पहिलो सातामा करिब एक लाख अवलोकनकर्ता पुगेका छन् भने ८ करोडको कारोबार भएको छ भने मौसममा सुधार भएसंगै विहिबार अवलोकन कर्ताको भिड लागेको छ।पुस ३ गतेदेखि १७ गतेसम्म रुपन्देही उद्योग संघले बुटवलमा आयोजना भएको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा स्वदेशी उत्पादनहरुका स्टल मात्रै रहेका छन् । प्रदर्शनीको पहिलो सातामै करिब १ लाखभन्दा बढी अवलोकनकर्ता आएको र ८ करोड हाराहारीमा कारोबार भएको आयोजकले वताएको छ। मौसममा सुधार भएसंगै विहिबार अवलोकन कर्ताको भिड लागेको संघका कोषाध्यक्ष विशाल वेलवासेले जानकारी दिनुभयो । पुसको पहिलो सातादेखि नै बुटवलमा हुस्यु तथा शीतलहर सुरु भए पनि त्यसको बाबजुत अवलोकनकर्ताको घुइँचो लागेको हो । चिसो बढेका कारण उडान अवरुद्ध हुँदा केही राष्ट्रिय कलाकार चितवन आएर गाडीबाट आइरहेको र धेरैजसो पूर्वघ...
सरकारको नेतृत्व गर्न दिनुहोस्, देशलाई निकास दिन्छौँ: विप्लव

सरकारको नेतृत्व गर्न दिनुहोस्, देशलाई निकास दिन्छौँ: विप्लव

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले अन्तरिम सरकारको नेतृत्व गर्न दिन आग्रह गरेका छन्।बिहीबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै विप्लवले देशलाई अग्रगामी निकासतिर लैजान जरुरी रहेको बताएका छन्। त्यसका लागि सर्वपक्षीय सरकार जरुरी रहेको उनको भनाइ छ। ‘देशलाई अग्रगामी निकासतिर लैजानुपर्छ। अहिलेको सुशीला कार्कीको सरकारलाई पनि छलफलमा ल्याएर एउटा निकास दिनुपर्छ,’ उनले भने, ‘जनताका अधिकार अधुरा भए, संविधान अपूर्ण भयो।’ समाजवादी संघीयता आजको नेपालको ढाँचा हुनुपर्ने उल्लेख गर्दै अग्राधिकार सहितको संघीय संरचना बन्नुपर्ने, नेपालका सबै राज्यका अंगमा सबै जनताले अपनत्व ठान्ने गरी पुनःसंरचना हुनुपर्नेमा जोड दिएका छन्। ‘समाजवादी संघीयता आजको नेपालको ढाँचा हुनुपर्छ। अग्राधिकार सहितको संघीय संरचना बन्नुपर्छ। नेपालका सबै राज्यका अंगमा सबै जनताले अपनत्...
रवि-बालेन वार्तामा अमरेश सिंहको आगमन , सुधनको हातमा चाबी

रवि-बालेन वार्तामा अमरेश सिंहको आगमन , सुधनको हातमा चाबी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंकाठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच वार्ता भइरहेको स्थानमा डा अमरेशकुमार सिंह पुगेका छन् ।विघटित प्रतिनिधिसभामा स्वतन्त्र सांसद रहेका सिंह रवि(बालेन वार्ता भइरहेको स्थानमा पुगेका हुन् । उक्त वार्तास्थलबाहिर हामी नेपाल नामक संस्थाका संयोजक सुधन गुरुङ पनि रहेका छन् ।सुधनले रवि र बालेनलाई ताला लगाइदिएका छन् । उनले दुई नेताबीच सम्झौता नभएसम्म बाहिर निस्कन नदिने भन्दै हातमा चाबी बोकेका छन् । ...
ओलीका सर्तपछि सरकार लचिलो : गुण्डुमै बयान लिएर स्थानहद हटाउने, सुरक्षा बढाउने

ओलीका सर्तपछि सरकार लचिलो : गुण्डुमै बयान लिएर स्थानहद हटाउने, सुरक्षा बढाउने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ जेनजी आन्दोलनको तीन महिनापछि मंगलबार शीतलनिवासले प्रधानमन्त्री सुशीला कार्कीसित शीर्ष तीन नेताको भेट जुरायो। यो भेटमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड मध्यस्थकर्ता जसरी प्रस्तुत हुँदा कांग्रेस सभापति शेरबहादुर देउवाले छोटो बोलेर टुंग्याए।तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने निकै आक्रोशित रूपमा प्रस्तुत भए। भेटको सुरुमा राष्ट्रपतिले विषय उठान गर्दै परिस्थितिको बारेमा बताए। अहिलेको अवस्थामा निर्वाचनको विकल्प नरहेको भन्दै त्यसैमा केन्द्रित हुन दलहरूलाई आग्रह गरे। ‘देशको परिस्थिति गम्भीर र संवेदनशील भएको अवस्थामा निकास दिनका लागि चुनावको घोषणा भएको हो। यो गम्भीरतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन लाग्नु हामी सबैको एक मात्र दायित्व हो,’ सचिवालयका अनुसार राष्ट्रपति पौडेलले छलफलमा भनेका थिए। त्यसपछि बोलेका प्रचण्डले सुरुमा सरकारले गरिरहेको ...
क्रिश्चियन धर्मावलम्बीहरूले आज क्रिसमस-डे पर्व मनाउँदै

क्रिश्चियन धर्मावलम्बीहरूले आज क्रिसमस-डे पर्व मनाउँदै

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंनेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् ।दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।‘क्रिसमस डे’ का अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नाका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । क्रिसमसका अवसरमा काठमाडौँ, ललितपुर, भक्तपुर र पोखरालगायत स्थानमा विशेष ...
मुख्यमन्त्री आचार्यद्वारा क्रिसमस-डेको अवसरमा शुभकामना व्यक्त

मुख्यमन्त्री आचार्यद्वारा क्रिसमस-डेको अवसरमा शुभकामना व्यक्त

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
दाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले इसाई धर्मावलम्बीहरूको महान चाड क्रिसमस-डेको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमार्फत मुख्यमन्त्री आचार्यले क्रिसमसले प्रेम, करुणा, सहिष्णुता र मानवता जस्ता सार्वभौमिक मूल्यहरूलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले विविधताभित्रको एकता नेपालको मौलिक पहिचान भएको उल्लेख गर्दै सबै धर्म, संस्कृति र समुदायबीच आपसी सद्भाव र सामाजिक ऐक्यबद्धता अझ मजबुत हुने अपेक्षा गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले क्रिसमस पर्वले समाजमा शान्ति, खुशी र सकारात्मक ऊर्जा फैलाओस् भन्ने पनि कामना गर्नुभएको छ । साथै उहाँले समृद्ध लुम्बिनी र सुखी नागरिक निर्माणका लागि सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभएको छ । ...
गौतमबुद्ध मुटु अस्पतालले १२औं वार्षिकोत्सव मनाउँदै, भारतबाट समेत विरामी आउने गरेको सामुदायिक अस्पतालमा आर्थिक अभाव

गौतमबुद्ध मुटु अस्पतालले १२औं वार्षिकोत्सव मनाउँदै, भारतबाट समेत विरामी आउने गरेको सामुदायिक अस्पतालमा आर्थिक अभाव

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीको बुटवलमा रहेको गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्था द्वारा सञ्चालित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको १२औं वार्षिकोत्सव विहिबार बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सम्पन्न हुंदै छ ।भने लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। विषेशत मुटु र मृगौलाको उपचार गर्दै आएको सामुदायिक अस्पतालले नेपाल मात्र नभएर भारतीय नागरिक समेत उपचारका लागि आउने गरेका छन्। विरामी हरुको चाप अत्यधिक हुने र सामुदायिक अस्पताल भएकाले सरकारले सञ्चालन गरेको विपन्न नागरिक औषधि उपचार कार्यक्रमको भुक्तानी स्वास्थ्य विभाग र विमा बोर्डबाट आउने गरेको र मुटु र मृगौलाका विरामीको अस्पतालमा लागेको लगानी यस आर्थिक वर्षमा आईपुग्दा २० करोड ३९लाख ३१हजार ८७९ मा जम्मा २करोड५८लाख२२हजार ५सय मात्र सरकारबाट भुक्तानी पाएको गुनासो अस्पतालको छ। बिहीबार पत्रकार सम...
औद्योगिक प्रदर्शनीमा बहस: अनियन्त्रित विषादी प्रयोगले उपभोक्ताको थाली जोखिममा

औद्योगिक प्रदर्शनीमा बहस: अनियन्त्रित विषादी प्रयोगले उपभोक्ताको थाली जोखिममा

Breaking news 3, खेलकुद, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलफलफूल र तरकारीमा बढ्दो तथा अनियन्त्रित किटनाशक विषादी प्रयोगका कारण नेपाली उपभोक्ताको स्वास्थ्य गम्भीर जोखिममा परेको सरोकारवालाले चेतावनी दिएका छन् । नियामक निकाय कमजोर हुँदा विषादीको मनपरी प्रयोग बढ्दै गएको र यसको प्रत्यक्ष असर मानव स्वास्थ्य, वातावरण र कृषि प्रणालीमै देखिन थालेको उनीहरूको निष्कर्ष छ । रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा सञ्चालन भइरहेको १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ अन्तर्गत आयोजित कार्यशाला गोष्ठीमा विज्ञहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन् । उनीहरूका अनुसार तत्काल उत्पादन बढाउने नाममा गरिएको विषादी प्रयोगले दीर्घकालमा गम्भीर रोग, वातावरणीय असन्तुलन र किसानलाई रसायनमै निर्भर बनाउने खतरनाक अवस्था सिर्जना गरिरहेको छ ।कार्यक्रममा प्रस्तुत कार्यपत्रहरूमा किसानले पर्याप्त जानकारी बिना किटनाशकलाई औषधि ठानी प्रयोग गर्द...
प्रतिनिधि सभा निर्वाचनलाई कम्तीमा २७ अर्ब बजेट माग

प्रतिनिधि सभा निर्वाचनलाई कम्तीमा २७ अर्ब बजेट माग

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँआसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन व्यवस्थापन र सुरक्षाका लागि करिब २७ अर्ब रुपैयाँ खर्च हुने भएको छ । २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निर्वाचन आयोग, रक्षा मन्त्रालय, गृह मन्त्रालय तथा अन्तर्गतका सुरक्षा निकायका लागि चालु र पुँजीगत खर्चअन्तर्गत उक्त बजेट व्यवस्थापन गर्न लागिएको हो ।यसमध्ये आयोगका लागि अर्थ मन्त्रालयले ६ अर्ब ७३ करोड ६६ लाख ९० हजार रुपैयाँको स्रोत सुनिश्चित गरिसकेको छ । गृह र रक्षा मन्त्रालयले निर्वाचन सुरक्षाका लागि करिब साढे २० अर्ब रुपैयाँको स्रोत व्यवस्थापन गर्न अर्थ मन्त्रालयमा प्रस्ताव गरेका छन् । दुवै मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ), राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरीका लागि आवश्यक पर्ने खर्चको प्रस्ताव अर्थ मन्त्रालयमा पेस भएको हो । प्रस्तावित बजेटका सम्बन्धमा छलफल जारी रहेको अर्थ मन्त्रालयल...
तराईमा बाक्लो हुस्सु र कुहिरो,अझै केही दिन कायम रहने

तराईमा बाक्लो हुस्सु र कुहिरो,अझै केही दिन कायम रहने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँजल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ भने हाल तराईका धेरै स्थानहरूमा हुस्सु्-कुहिरो लागेको जानकारी दिएको छ । देशका तराई भू-भागमा हुस्सु-कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने देखिएको छ ।आज दिउँसो कोशी प्रदेशका तराई भू-भागमा मध्यान्न सम्म तथा बाँकी तराई भू-भागमा दिनभर हुस्सु/कुहिरो रहनेछ भने पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने छ । त्यस्तै आज राती तराई भू-भागमा हुस्सु/कुहिरो रहनेछ भने पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । ...