पहिलो सातामै एक लाख अवलोकनकर्ता र करिब ८ करोड कारोबार रहेको औद्योगिक प्रदर्शनीमा बिहिबार अवलोकनकर्ताको भिड


बुटवल

बुटवलमा जोरी औद्योगिक प्रदर्शनीको पहिलो सातामा करिब एक लाख अवलोकनकर्ता पुगेका छन् भने ८ करोडको कारोबार भएको छ भने मौसममा सुधार भएसंगै विहिबार अवलोकन कर्ताको भिड लागेको छ।
पुस ३ गतेदेखि १७ गतेसम्म रुपन्देही उद्योग संघले बुटवलमा आयोजना भएको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा स्वदेशी उत्पादनहरुका स्टल मात्रै रहेका छन् ।

प्रदर्शनीको पहिलो सातामै करिब १ लाखभन्दा बढी अवलोकनकर्ता आएको र ८ करोड हाराहारीमा कारोबार भएको आयोजकले वताएको छ। मौसममा सुधार भएसंगै विहिबार अवलोकन कर्ताको भिड लागेको संघका कोषाध्यक्ष विशाल वेलवासेले जानकारी दिनुभयो ।

पुसको पहिलो सातादेखि नै बुटवलमा हुस्यु तथा शीतलहर सुरु भए पनि त्यसको बाबजुत अवलोकनकर्ताको घुइँचो लागेको हो । चिसो बढेका कारण उडान अवरुद्ध हुँदा केही राष्ट्रिय कलाकार चितवन आएर गाडीबाट आइरहेको र धेरैजसो पूर्वघोषित कलाकारहरुलाई जसरी पनि सहभागी गराउनेगरी सांस्कृतिक कार्यक्रमको तयारी भइरहेको सांस्कृतिक उपसमिति संयोजक लालप्रसाद बस्यालले बताउनुभयो ।

संघका सचिव मन्जु भुसालका अनुसार प्रदर्शनीमा धेरै महिला उद्यमीहरु सहभागी रहेका छन् र यहाँ आउने अधिकांश अवलोकनकर्ताहरु महिला उद्यमीको उत्पादनमा ध्यान केन्द्रीत गरेको र ती उत्पादनहरुको बिक्री वितरण पनि राम्रो भएको । ‘अरु स्टलहरुमा भन्दा महिला उद्यमहरुको स्टलमा पुग्नेहरुको भीड लागेको छ, हामीले ती उद्यमीहरुलाई विशेष प्रोत्साहन गरेर प्रदर्शनीमा राखेको अवस्था छ’, उहाँले भन्नुभयो । घरेलु उत्पादन, सामुहिक उत्पादन, हस्तकला, संस्कृति संरक्षणलगायतका उत्पादनहरुलाई महिला उद्यमीहरुले प्रदर्शनीमा राखेका छन् ।

प्रदर्शनीमा प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताहरूको सोझो सम्पर्कको स्थापना गर्ने, उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, उद्योगीहरूका बीचमा समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्ने, सूचना र प्रविधिको विकास, विस्तार र आदानप्रदान गर्ने, पर्यटन क्षेत्रको विकास, सान्दर्भिक गोष्ठी, अन्तरक्रिया र कार्यशालाको आयोजना गर्ने, अवलोकनकर्ता र उपभोक्ताहरूको सुझावहरूको संकलन गरिरहेको अध्यक्ष कृष्ण प्रसाद पराजुलीले बताउनुभयो ।

‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ सुरु भएको प्रदर्शनीमा विभिन्न विधाका १० वटा पेभिलियनहरु निर्माण गरिएको छ । प्रदर्शनीमा ३९ जिल्लाबाट सहभागिता रहेको छ । यी सबै स्वदेशी उद्योगहरु मात्रै रहेका छन् ।

स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन हुने प्रदर्शनीमा ८ लाख दर्शकले अवलोकन गर्ने र ३० करोडको आर्थिक कारोवार हुने लक्ष्य राखिएको प्रबन्धक यादव भण्डारीले जानकारी दिनुभयो । प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त आधुनिक गायक गायिका, हाँस्य कलाकार, ब्याण्डहरुको सांगीतिक कार्यक्रम, विद्यालयस्तरीय लोकनृत्य तथा वक्तृत्वकला प्रतियोगिता, प्रदर्शनी आइडल, भजन प्रतियोगितालगायतका प्रतियोगिताहरु समेटिएको महासचिव सुमन बस्याल बताउनुहुन्छ । प्रदर्शनीको प्रचार प्रसार संयोजक इं किरण खरेलले प्रदर्शनीमा भएका सबै गतिविधिलाई प्रविधिमार्फत विभिन्न मिडिया तथा सामाजिक सन्जालहरुबाट सार्वजनिक गरिरहेको जानकारी दिनुभयो । यसैबीच प्रदर्शनीमा कृषि । पर्यटन प्रवद्र्धनका विषयमा नियमित अन्तरक्रिया, गोष्ठी रहेको संयोजक डिल्लीनारायण पाण्डेयले बताउनुभयो । प्रदर्शनीको शुरुमै नेपाल पत्रकार महासंघले राखेको फोटो प्रदर्शनीमा धेरैको चासो बढेको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले जानकारी दिनुभयो ।

छुटाउनुभयो कि ?

बुटवलमा पहिलो पटक म:म महोत्सव हुने, सिद्धार्थ कटेजको महोत्सवमा भेजदेखि ननभेजका २ सय प्रकारका म:म पाइने

बुटवलमा पहिलो पटक म:म महोत्सव हुने, सिद्धार्थ कटेजको महोत्सवमा भेजदेखि ननभेजका २ सय प्रकारका म:म पाइने

बुटवलबुटवलस्थित सिद्धार्थ कटेजले पहिलो पटक म:म महोत्सव आयोजना गर्दैछ।भ्यालेन्टाइन डेको अवसर पारेर माघ २९ गतेदेखि फागुन २ गतेस...
काठमाडौंको वायु प्रदूषण अस्वस्थ तहमा, पुग्यो १७५ एक्युआई

काठमाडौंको वायु प्रदूषण अस्वस्थ तहमा, पुग्यो १७५ एक्युआई

काठमाडौं काठमाडौं उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको छ । हावाको गुणस्तर मापन गर्ने ‘एयर क्वालिटी इन्डेक्स’का अनुसा...
विवाहमा भोज खाएका बेहुला-बेहुलीसहित सबै बिरामी : शिविरमार्फत उपचार सुरु

विवाहमा भोज खाएका बेहुला-बेहुलीसहित सबै बिरामी : शिविरमार्फत उपचार सुरु

खोटाङखोटाङको जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङमा विवाह भोज खाएका बेहुला-बेहुलीसहित सबै जना बिरामी भएपछि शिविर राखेर उपचार थालि...
टी-२० विश्वकप: इंग्ल्यान्डविरुद्ध पहिलो खेल खेल्दै नेपाल

टी-२० विश्वकप: इंग्ल्यान्डविरुद्ध पहिलो खेल खेल्दै नेपाल

काठमाडौंआइसीसी टी-२० विश्वकप अन्तर्गत आज नेपालले इङल्याण्डको सामना गर्दैछ । मुम्बईको वानखेडे स्टेडियममा हुने समुह सी अन्तर्गत...