प्रेस काउन्सिल सम्बन्धी ऐन संशोधनसहित दुई अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गर्ने सरकारको निर्णय



काठमाडौं
सरकारले दुई वटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायतका केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
बैठकले एसियाली विकास बैंकबाट सडक सुधारका लागि प्राप्त हुने २८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । प्रवक्ता पोखरेलका अनुसार बैठकले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा नेपाल सरकारको थप हकप्रद शेयर लगानी गर्न सहमति प्रदान गर्ने निर्णय गरेको छ । साथै तुर्कीएको आन्ताल्यामा यही कात्तिक २३ देखि मङ्सिर ४ गतेसम्म आयोजना हुने संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलनमा सहभागी हुन उच्चस्तरीय प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने पनि निर्णय गरेको छ ।
त्यसैगरी नानो फर्टिलाइजर, बायोस्टिमुलेनट र व्यावसायिक रूपमा उत्पादन तथा बिक्री वितरण हुने जैविक तथा प्राङ्गारिक मल आवश्यक पदार्थको सूचीमा समावेश गर्ने र मल नियन्त्रण आदेश, २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ । साथै मोही लागेको जग्गाको जग्गावाला र मोहीले जग्गा बाँडफाँट गरी लिन निवेदन दिनुपर्ने तथा त्यस्तो जग्गाको जग्गावाला र मोहीबीच जग्गा बाँडफाँट गरी कारबाहीको टुङ्गो लगाई सक्नुपर्ने अवधि क्रमशः २०८५ कात्तिक र २०८६ असारमसान्तसम्म थप गर्नेगरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृति दिने निर्णय गरेको मन्त्री पोखरेलले जानकारी दिए ।

छुटाउनुभयो कि ?

टोपबहादुर रायमाझी कात्तिक २६ गते छुट्ने

टोपबहादुर रायमाझी कात्तिक २६ गते छुट्ने

बुटवलपूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आउँदो कात्तिक २६ गते थुनामुक्त हुने भएका छन्।नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी...
लुम्बिनी विकास कोषको सदस्य सचिवमा तिलाेत्तमाका सन्तोष पाण्डेय नियुक्त

लुम्बिनी विकास कोषको सदस्य सचिवमा तिलाेत्तमाका सन्तोष पाण्डेय नियुक्त

बुटवललुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष पाण्डेय नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेयल...
प्रेस काउन्सिल सम्बन्धी ऐन संशोधनसहित दुई अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गर्ने सरकारको निर्णय

प्रेस काउन्सिल सम्बन्धी ऐन संशोधनसहित दुई अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौंसरकारले दुई वटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रेस का...
माधव नेपाल, मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध ७३ करोड ४९ लाखको भ्रष्टाचार मुद्दा दायर

माधव नेपाल, मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध ७३ करोड ४९ लाखको भ्रष्टाचार मुद्दा दायर

काठमाडौंरिजाल क्यानिङ एण्ड कम्पनीको नाममा रहेको सरकारी जग्गा सट्टापट्टा गरी बिक्री गरेको अभियोगमा तत्कालीन प्रधानमन्त्री माधव...