समाज

एमालेद्वारा सबै पालिकामा जनप्रदर्शन, सबै नेताकार्यकर्ता परिचालन

एमालेद्वारा सबै पालिकामा जनप्रदर्शन, सबै नेताकार्यकर्ता परिचालन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
रूपन्देही नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तरगत मंगलबार देशका सबै (७५३ वटै) पालिकामा जनप्रदर्शन गरेको छ । संसद् विघटनलाई प्रतिगामी षडयन्त्र भनेको एमालेले त्यसका विरुद्ध देशैभरि जनपरिचालन गर्ने निर्णय गरेअनुसार वडा,पालिका,जिल्ला र राष्ट्रिय रूपमा जनप्रदर्शनका कार्यक्रमहरू सार्वजनिक गरेको थियो ।एमाले केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार २२ गते देशका सबै ६ हजार ७ सय ४३ वटै वडामा वडा भेलाहरू सम्पन्न भइसकेका छन् । उक्त भेलामा भदौ २४ पछि विकसित राजनीतिक घटनाक्रम,संसद्को गैह्र संवैधानिक विघटन र एमालेको आगामी बाटोका विषयमा कार्यकर्ताहरूलाई प्रस्ट पारिएको छ । विभिन्न जिल्लाबाट प्राप्त जानकारी अनुसार मंगलबारको कार्यक्रममा कतिपय पालिकाहरूले मोटरसाइकल ¥यालीमार्फत एमालेले शक्ति प्रदर्शन गरेको छ भने कतिपय पालिकाका केन्द्रमा नारा जुलुससहितका कार्यक्रम गरेर त्यहाँ रहेका केन्द्र, प्रदेश र ज...
मधेशमा सरकार गठनविरुद्धको रिटमा कारण देखाउ आदेश, मुख्यमन्त्रीलाई महत्वपूर्ण निर्णय नगर्न निर्देशन

मधेशमा सरकार गठनविरुद्धको रिटमा कारण देखाउ आदेश, मुख्यमन्त्रीलाई महत्वपूर्ण निर्णय नगर्न निर्देशन

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँसर्वोच्च अदालतले मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन महत्त्वका निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ ।रक्कीप्रसाद साह र सुजित यादवले मधेशमा सरकार गठनविरुद्ध दायर गरेको रिटमा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले अन्तरिम आदेश दिँदै मुख्यमन्त्री यादवलाई दीर्घकालीन महत्त्वका नीतिगत निर्णय नगर्न आदेश दिएको छ ।साथै इजलासले यस रिटमा कारण देखाउ आदेश समेत दिदै मधेश प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्ति गर्नुको कारण सोधेको छ । एमाले संसदीय दल नेता यादव संविधानको धारा १६८ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले विवादस्पद तरिकाले संविधानको धारा १६८ को ३ उपधारा अनुसार सबैभन्दा ठुलो दल एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेर एक होटलमा...
बहुप्रतिभाशाली व्यक्तित्व डा. नवराज लम्साल

बहुप्रतिभाशाली व्यक्तित्व डा. नवराज लम्साल

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राेचक जानकरी, लेख रचना, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँडा. नवराज लम्साल कवि, गीतकार तथा रेडियोकर्मी हुन् । उनी महाकाव्यकार हुन् र महाकाव्यमै उनले नेपालको नोवेल पुरस्कार मानिने मदन पुरस्कार जितेका छन् । सो पुरस्कार महाकाव्य अग्निले २०७८ मा जितेको हो । उनी रेडियो नेपालका पूर्वनिर्देशक तथा बीबीसीका पूर्व संवाददाता पनि हुन् । कविको प्रभाव सञ्चारमा र सञ्चारको प्रभाव लेखनमा देखिन्छ । सञ्चारमा काव्यिक महक र काव्यमा सूचनाको समायोजन । उनी बीच धारमा छन् । बीचमा छन् र फरक छन्, अलग छन् । बाल्यकाल र अध्ययन नवराज लम्साल २०२६ साल साउन ८ गते बुधबार धादिङको ज्यामरुङमा जन्मिएका हुन् । गाउँकै तत्कालीन शंखादेवी निमाविबाट उनले प्रारम्भिक पढाइ शुरु गरे । घरमै पिताजीबाट रामायण महाभारतका श्लोकहरू सुन्दै हुर्केका लम्साललाई तिनै रचनाहरूले कवितातिर आकर्षित गर्यो । त्यतिखेरैदेखि उनले कविताकविताका हरफहरूमा आफूलाई खोज्न थालिसकेका थिए । प्रारम्भिक शिक्षा ...
क्रिमसन अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न

क्रिमसन अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देही`रक्तदान जीवनदान’ भन्ने नाराका साथ क्रिमसन कलेज अफ टेक्नोलोजी क्रिमसन अस्पताल मणिग्रामले मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।पछिल्लो समयमा जिल्लाभर रगतको अभाव चर्किएको हुँदा नेपाल रेडक्रस सोसाईटीको अनुरोधमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।अस्पताल परिसरमा आयोजना गरिएको कार्यक्रममा अस्पतालका चिकित्सक, कर्मचारी, नर्स, विद्यार्थी तथा बिरामीका कुरुवासमेत सक्रिय रुपमा रक्तदानमा सरिक हुनुभएको थियो ।६१ जना रक्तदाताले रक्तदान गर्नुभएको कार्यक्रम संयोजक तथा अस्पतालका नर्सिङ्ग इन्जार्च सरिता अर्यालले जानकारी दिनुभएको छ ।रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी बुटवल रक्त संचार केन्द्रबाट निरन्जन राजभण्डारी, प्रीति रानामगर र निशान थापाको टोलीले सहजीकरण गरेको थियो । बुटवल क्षेत्रमा मात्रै दैनिक १२० पोइन्ट रगत माग रहेको र माग अनुसार रगत उपलब्ध गराउन निकै समस्या देखिएको नेपाल...
मधेस प्रदेश : मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्धको रिट सर्वोच्चमा दर्ता, कात्तिक २६ गते पेसी

मधेस प्रदेश : मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्धको रिट सर्वोच्चमा दर्ता, कात्तिक २६ गते पेसी

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँमधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध मधेस प्रदेशका ७४ जना सांसदहरूले दायर गरेको रिट दर्ता भएको छ ।मधेस प्रदेशका ७४ सांसदले दायर गरेको रिट मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको हो ।संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध आफूहरूले सर्वोच्चमा रिट दायर गरिएको मधेस प्रदेशको कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले बताए ।उक्त रिटका पेसी कात्तिक २६ गतेका लागि तोकिएको छ । ...
एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै

एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेकपा (एमाले) ले आज देशभरका सबै ७५३ वटै स्थानीय तहमा जनपरिचालन कार्यक्रम अन्तर्गत भव्य जनप्रदर्शन गर्दैछ । प्रतिगामी षड्यन्त्रका विरुद्ध देशव्यापी जनपरिचालन गर्ने निर्णय अनुसार पार्टीले वडा, पालिका, जिल्ला र राष्ट्रिय तहमा चरणबद्ध रूपमा कार्यक्रम सञ्चालन गर्दै आएको हो । पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार मंसिर २२ गतेसम्म देशभरका ६ हजार ७ सय ४३ वटै वडामा वडा भेलाहरू सम्पन्न भइसकेका छन् । ती भेलामा भदौ २४ पछि उत्पन्न राजनीतिक परिस्थिति, संसद् विघटनको घटनाक्रम र एमालेको आगामी बाटोबारे कार्यकर्तालाई स्पष्ट पारिएको थियो ।गौतमका अनुसार आजका पालिका स्तरका जनप्रदर्शनहरूमा कतिपय ठाउँमा मोटरसाइकल र्‍यालीमार्फत शक्ति प्रदर्शन भइरहेको छ भने कतिपय पालिकाका केन्द्रमा नारा जुलुससहितका जनसभाहरू आयोजना भएका छन् । पार्टी केन्द्रले “जनतालाई जागाउने” उद्देश्यका नारा...
दिल्लीमा शक्तिशाली विस्फोट : मृतकको संख्या ९ पुग्यो, २४ जना घाइते

दिल्लीमा शक्तिशाली विस्फोट : मृतकको संख्या ९ पुग्यो, २४ जना घाइते

Breaking news 2, अपराध, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौँभारतको दिल्लीको लाल किल्ला नजिकै कारमा भएको ठूलो विस्फोटमा परेर अहिलेसम्म ९ जनाको मृत्यु भएको छ ।भारतीय मिडियाहरुले विस्फोटमा ८ जनाको मृत्यु भएको र २४ जना घाइते भएको उल्लेख गरेका छन् । विस्फोटको कारण स्पष्ट छैन, तर दिल्ली, मुम्बई, हरियाणा र उत्तर प्रदेशमा उच्च सतर्कता जारी गरिएको छ ।यसैबीच, प्रधानमन्त्री मोदीले गृहमन्त्री अमित शाहसँग कुरा गरेको उल्लेख गरिएको छ । प्राप्त जानकारी अनुसार, सोमबार साँझ भारतीय समय अनुसार ६:५५ बजे फोर्ट मेट्रो स्टेशनको गेट नम्बर १ को पार्किङमा पार्किङ गरिएको इको कारमा विस्फोट भएको थियो । आगलागी नजिकै पार्किङ गरिएका अन्य कारहरु पनि जलेको बताइएको छ । घटनापछि प्रहरीले क्षेत्रलाई घेरा हालेको छ । फोरेन्सिक टोली आइपुगेको र वरपरको क्षेत्रको सीसीटीभी फुटेज जाँच भइरहेको छ । त्यस्तै घटनास्थलमा एनआईए र एनएसजी कमान्डोलाई खटाइएको मिडियाहरुले उल्लेख गरेका छन् ।...
सगरमाथा आरोहण गर्ने सुरक्षित बाटो खुल्दै, ८० प्रतिशत काम सकियो

सगरमाथा आरोहण गर्ने सुरक्षित बाटो खुल्दै, ८० प्रतिशत काम सकियो

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, फिचर, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँविश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सुरक्षित बाटो आगामी चैतभित्रमा सञ्चालन हुने भएको छ । न्यूजील्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेञ्जिङ नोर्गे शेर्पाले पहिलो पटक सन् १९५३ मा प्रयोग गरेको नुप्से हिमालतर्फबाट सगरमाथा आरोहण गर्ने मार्ग करिब ८० प्रतिशत निर्माण सकिएको पर्यटन विभागले जनाएको छ । विभागका निर्देशक हिमाल गौतमका अनुसार यो मार्ग खुम्बु आइसफलतर्फको भन्दा सुरक्षित रहेकाले आगामी वसन्तयाम (स्प्रिङ) मौसमभित्र सञ्चालन हुनेगरी तयारी भइरहेको छ । यो करिब २०० मिटरजति लामो हुने भएकाले छोटो बाटोका लागि सिधै खुम्बु आइसफल हुँदै सगरमाथा आरोहण गर्ने मार्ग खोलिएको उनले बताए ।खुम्बु आइसफलको बाटो पहिलोपटक सन् १९८४ मा सञ्चालनमा ल्याइएको विश्व पर्वतारोहण महासङ्घका विज्ञ एवं पर्यटनविद् आङ्छिरिङ शेर्पा बताए । उनका अनुसार खुम्बु आइसफलको बाटो खुलेपछि परम्परागत मार्गको नामले परिचित न...
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षक (आईजीपी)मा दानबहादुर कार्की नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। कार्की हाल काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी प्रमुख छन्। नेपाल प्रहरीका महानिरीक्षक चन्द्रबहादुर खापुङ बुधबारदेखि ३० वर्षे सेवा अवधि पूरा भएर अवकाशमा जाँदैछन्। खापुङ अवकाश हुने भएसँगै सरकारले सोमबार नै नयाँ आईजीपीमा कार्कीलाई नियुक्त गरेको हो। कार्की पहिलो नम्बरका एआईजी हुन्। कार्कीले अहिलेकै अवस्थामा २०८४ चैत १८ गतेसम्म प्रहरी संगठनको नेतृत्व सम्हाल्ने छन्। उनी ०५४ चैत १८ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए।उनी ०६४ सालमा डीएसपी, ०७४ मा एसपी र ०७९ मा एसएसपी भएका थिए। एसएसपीबाट नै उनी आफ्नो ब्याचको पहिलो नम्बरमा बढुवा हुँदै आएका थिए। एसएसपी हु...
फेसबुकमा त एमाले रित्तै भइसक्यो, घरघरका युवाको साथ छ : अध्यक्ष ओली

फेसबुकमा त एमाले रित्तै भइसक्यो, घरघरका युवाको साथ छ : अध्यक्ष ओली

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रत्येक घरघरमा एमालेका युवा रहेको दाबी गरेका छन्। एमालेको घर फर्क राष्ट्रिय अभियान घोषणा सभालाई सम्बोधन गर्दै एमालेका युवा फेसबुकमा मात्रै नभएको बताए। उनले भने, ‘फेसबुकको युवा होइन, घरघरको युवा एमालेसँग छ। फेसबुकमा त एमालेको केही पनि छैन। रित्तै भइसक्यो एमाले। त्यसको तल झूट भनेर लेख्नुपर्थ्यो। त्यो कमजोरी छ हाम्रो। त्यति त लेख्न सक्नुपर्‍यो नि।’ उनले एमाले देश बनाउने आशा र भरोसाको केन्द्र भएको जिकिर गरे।ओलीले नेपाली कम्युनिस्ट पार्टी नेकपालाई जेष्ठ नागरिक आश्रम भन्दै टिप्पणी गरेका छन्। ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपालहरूले एकता गरेर बनेको पार्टीलाई जेष्ठ नागरिक आश्रम खोलेको भनेका हुन्। ‘जेष्ठ नागरिक आश्रम खोलेर कोही बस्दै हुनुहुन्छ। अब एक दुईजना समेट्न बाँकी छ। कोही कोही बागलुङ, प्युठानबाट,’ उनले भने, ‘...