एमालेद्वारा सबै पालिकामा जनप्रदर्शन, सबै नेताकार्यकर्ता परिचालन



रूपन्देही
नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तरगत मंगलबार देशका सबै (७५३ वटै) पालिकामा जनप्रदर्शन गरेको छ । संसद् विघटनलाई प्रतिगामी षडयन्त्र भनेको एमालेले त्यसका विरुद्ध देशैभरि जनपरिचालन गर्ने निर्णय गरेअनुसार वडा,पालिका,जिल्ला र राष्ट्रिय रूपमा जनप्रदर्शनका कार्यक्रमहरू सार्वजनिक गरेको थियो ।
एमाले केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार २२ गते देशका सबै ६ हजार ७ सय ४३ वटै वडामा वडा भेलाहरू सम्पन्न भइसकेका छन् । उक्त भेलामा भदौ २४ पछि विकसित राजनीतिक घटनाक्रम,संसद्को गैह्र संवैधानिक विघटन र एमालेको आगामी बाटोका विषयमा कार्यकर्ताहरूलाई प्रस्ट पारिएको छ । विभिन्न जिल्लाबाट प्राप्त जानकारी अनुसार मंगलबारको कार्यक्रममा कतिपय पालिकाहरूले मोटरसाइकल ¥यालीमार्फत एमालेले शक्ति प्रदर्शन गरेको छ भने कतिपय पालिकाका केन्द्रमा नारा जुलुससहितका कार्यक्रम गरेर त्यहाँ रहेका केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरुले स्थानीयलाई अहिलेको राजनीतिक अवस्थाका बारेमा जानकारी दिएका छन् । कार्यक्रममा जनतालाई जगाउने नाराहरू पार्टी केन्द्रले तय गरेको र त्यसैलाई अघि बढाएको नेताहरुको भनाइ छ ।
प्रदर्शनलाई भव्य बनाउन हरेक सहभागीले एमालेको झन्डासहित जनप्रदर्शनमा सहभागी हुने, जनप्रदर्शन घना बस्ती भएको ठाउँमा गर्ने, जनप्रर्दशनको अन्त्यमा छोटो कोणसभा गर्ने र कोण सभामा वर्तमान राजनीतिक अवस्थाका बारेमा स्पष्ट पार्न नेताहरूलाई एमालेले निर्देशन गरेको थियो । जनप्रदर्शनका तस्बिर,भिडियो र मुख्य विषयवस्तु हरेक सदस्यले सामाजिक सञ्जालमा शेयर गर्न र सञ्चार माध्यमहरूमा पठाउन पनि एमालेले यसअघि नै निर्देशन गरेकोले अहिले त्यसैलाई अघि बढाएको नेताहरुको भनाइ छ । यसैबीच बुटवल उपमहागरकमिटीले आयोजना गरेको कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वमुख्यमन्त्री लिला गिरीले असंवैधानिक तरिकाले गरिएको प्रतिनिधि सभा पुनःस्थापना र विध्वंसात्मक कार्यमा संलग्नलाई कारबाही गराउने आन्दोलनमो मुख्य माग रहेको जनाएका छन् । एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख मिनप्रसाद पौडेलका अनुसार रुपन्देहीका १४ पालिकामा जनप्रदर्शन र सभा भएको र ती क्षेत्रमा पूर्वनिधारित खटिएका नेताहरुले सम्बोधन गरेका छन् ।
‘सियारी र ओमसतियामा बुधबारका लागि तय भएको छ, अरु १४ पालिकामा मंगलबार कार्यक्रम भएका छन्’ उनले भने ।
मंगलबारको जनप्रदर्शन सकेपछि कात्तिक २९ गते जिल्लास्तरीय आमसभा,मंसिर ६ गते काठमाडौँमा हुने जनप्रदर्शन र आगामी महाधिवेशनको प्रचारको रूपमा पनि रहने एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले जानकारी दिए । कंडेलका अनुसार प्रदेशका अधिकांश पालिकामा मंगलबार नै कार्यक्रम भएको र केही पालिकामा प्राविधिक समस्याले रोकिएको र अब जिल्ला केन्द्रीत कार्यक्रम प्रभावकारी बनाउने योजना रहेको छ ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...
राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

बुटवलराष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा ...
४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...