बङ्गलादेशका राष्ट्रपति शाहावुद्दिनको राजीनामा,सभामुखले कार्यवाहकको जिम्मेवारी सम्हाल्ने



काठमाडौं
बङ्गलादेशका राष्ट्रपति मोहम्मद शाहावुद्दिनले गम्भीर स्वास्थ्य समस्याका कारण शुक्रबार पदबाट राजीनामा दिएका छन् । राष्ट्रपतिको कार्यालयले यसको औपचारिक जानकारी सार्वजनिक गरेको हो ।

७६ वर्षीय शाहावुद्दिनले अप्रिल २०२३ देखि औपचारिक (सेरेमोनियल) राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनको कार्यकालमा सन् २०२४ मा विद्यार्थी नेतृत्वको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत गएपछि उत्पन्न राजनीतिक अस्थिरताको सामना गर्नुपरेको थियो ।
राष्ट्रपतिका प्रेस सचिवद्वारा जारी विज्ञप्तिअनुसार शाहावुद्दिनले आफूलाई ‘अटोनोमिक न्युरोप्याथी’ नामक रोग लागेको पुष्टि भएको बताएका छन् । उनले स्वास्थ्य परीक्षणपछि उक्त रोग लागेको पत्ता लागेको र त्यसका कारण कहिलेकाहीँ केही समयका लागि चेतनाहीन हुने अवस्था आउने उल्लेख गरेका छन् ।

शाहावुद्दिनको राजीनामासँगै शेख हसिनाको योजनाबद्ध स्वदेश फिर्तीको समय नजिकिँदै गर्दा उच्च सरकारी पदमा उनका निकट सहयोगी कोही पनि नरहने अवस्था सिर्जना भएको छ ।

यसअघि शेख हसिनाको आवामी लिग पार्टीमाथि प्रतिबन्ध लगाइएको थियो । सन् २०२४ मा उनको सरकारविरुद्ध भएको विद्यार्थी आन्दोलनपछि पार्टीका धेरै नेता तथा कार्यकर्ता पक्राउ परेका छन् भने केही भूमिगत रहेका छन् ।
राष्ट्रपतिको कार्यालयका अनुसार नयाँ राष्ट्रपति निर्वाचित नभएसम्म बङ्गलादेशका सभामुखले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछन् ।

छुटाउनुभयो कि ?

आइतबारको बिदा हटाउन प्रस्ताव

आइतबारको बिदा हटाउन प्रस्ताव

काठमाडौंसरकारले सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिँदै आएको छ । गत चैत २२ गते मन्त्रिपरिषद् बैठकले इन्धनको अभ...
भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन

भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको आज तीन हप्ता भएको छ । अहिलेसम्म १ हजार ३९५ जनाको श...
कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

बुटवलनेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले यस वर्षको पर्व लक्षित नयाँ फेस्टिभ क्याम्पेन टिभ...
३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम

३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम

काठमाडौँबिदुर नगरपालिकास्थित पीपलटारको होल्डिङ सेन्टरमा ५ वर्षीया योबिसा श्रेष्ठ २३ भदौको दिउँसोसम्म खेलिरहेकी थिइन् । तर रात...