फेसबुकमा त एमाले रित्तै भइसक्यो, घरघरका युवाको साथ छ : अध्यक्ष ओली


काठमाडौं

नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रत्येक घरघरमा एमालेका युवा रहेको दाबी गरेका छन्।

एमालेको घर फर्क राष्ट्रिय अभियान घोषणा सभालाई सम्बोधन गर्दै एमालेका युवा फेसबुकमा मात्रै नभएको बताए।

उनले भने, ‘फेसबुकको युवा होइन, घरघरको युवा एमालेसँग छ। फेसबुकमा त एमालेको केही पनि छैन। रित्तै भइसक्यो एमाले। त्यसको तल झूट भनेर लेख्नुपर्थ्यो। त्यो कमजोरी छ हाम्रो। त्यति त लेख्न सक्नुपर्‍यो नि।’

उनले एमाले देश बनाउने आशा र भरोसाको केन्द्र भएको जिकिर गरे।
ओलीले नेपाली कम्युनिस्ट पार्टी नेकपालाई जेष्ठ नागरिक आश्रम भन्दै टिप्पणी गरेका छन्। ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपालहरूले एकता गरेर बनेको पार्टीलाई जेष्ठ नागरिक आश्रम खोलेको भनेका हुन्।

‘जेष्ठ नागरिक आश्रम खोलेर कोही बस्दै हुनुहुन्छ। अब एक दुईजना समेट्न बाँकी छ। कोही कोही बागलुङ, प्युठानबाट,’ उनले भने, ‘कोही कताबाट समेट्नु भयो भने कोर्ष पूरा हुन्छ उहाँहरूको। उमेरले मात्रै हुँदो रहेनछ। कोही कोही छैटौँ नम्बर पाएपछि कुदिहाल्दा रहेछन्। ६ नम्बर।’

उनले छटौँ नम्बर पाएपछि कुदिहाल्ने भनेर भीम रावललाई व्यंग्य गरेका हुन्। रावल नेपाली कम्युनिस्ट पार्टीको छैटौँ नम्बरको वरीयतामा रहने गरी प्रवेश गर्दैछन्। आइतबार रावलले प्रचण्ड, नेपालसहितका नेतासँग छलफल गरेर पार्टी प्रवेशको टुंगो लगाएका थिए।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...
राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

बुटवलराष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा ...
४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...