महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?
काठमाडौँसंयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय छलफलमा विश्व नेताहरूले मंगलबार विभिन्न अन्तर्राष्ट्रिय मुद्दा उठाएका छन् । मंगलबारदेखि सुरु भएको महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताको सम्भावना र युक्रेन–रुस युद्धबारे धारणा राख्दा दक्षिण कोरियाले उत्तर कोरियासँग संवाद अघि बढाउने प्रस्ताव गरेको छ ।
जापानले उत्तर कोरियाले अपहरण गरेका आफ्ना नागरिकको मुद्दा उठाएको छ भने बेलायतले कृत्रिम बौद्धिकता (एआई) का लागि विश्वव्यापी मापदण्ड निर्माणको नेतृत्व गर्ने घोषणा गरेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पको सम्बोधन र त्यसपछिका गतिविधि महासभाको मुख्य चासो बनेका छन् । इरानले आणविक हतियार बनाउन नहुने आफ्नो अडान दोहोर्याउँदै ट्रम्पले वार्ताबाट समाधान खोज्ने सम्भावना रहेको बताएका छन् । त्यसैबीच अमेरिकी विशेष दूत स्टिभ विटकफले महासभाको साइडलाइनमा अमेरिकी र इरानी प्रतिनिध...








