समाज

आसन्न निर्वाचनमा बन्दसूची बाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने

आसन्न निर्वाचनमा बन्दसूची बाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंआसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा समावेश भएका कुनै उम्मेदवारले तोकिएको समयमा आफ्नो नाम फिर्ता लिन सक्ने र त्यसरी फिर्ता भएको स्थानमा सम्बन्धित दलले अर्काे उम्मेदवार थप्न पाउने जनाइएको छ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित यही पुस १३ र १४ गते ६४ राजनीतिक दलका तर्फबाट प्राप्त उम्मेदवारीको मनोनयन गरिएकामा त्यसमाथि रुजु भइरहेको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सूचीमा कानुनबमोजिम समावेशी समूह मिले नमिलेको रुजु गरेर यही पुस २० गतेभित्र सम्बन्धित दललाई सूचित गर्ने र तत्पश्चात दलहरुले सच्याएर यही पुस २७ गतेभित्र पुनः पेस गर्नुपर्नेछ । त्यसरी पेस गरिएको संशोधित सूचीमा परेका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा पुस २८ गतेका लागि समय दिइनेछ ।फिर्ता हुन आवेदन दिइएको उम्मेदवारका बारेमा सम्बन्धित...
रूपन्देही विद्युतिय व्यवसायी संघको अधिवेशन सम्पन्न, कानुन पालना गर्ने ,कर तिर्ने र गुणस्तरमा संझौता नगर्ने महासंघका अध्यक्ष अग्रवालको भनाइ

रूपन्देही विद्युतिय व्यवसायी संघको अधिवेशन सम्पन्न, कानुन पालना गर्ने ,कर तिर्ने र गुणस्तरमा संझौता नगर्ने महासंघका अध्यक्ष अग्रवालको भनाइ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
रुपन्देही नेपाल विद्युतिय व्यवसायी महासंघका अध्यक्ष दिलिप कुमार अग्रवालले विद्युतिय व्यवसायीहरुले राज्यको कानुन पालना गर्ने, कारोवारको आधारमा कर तिर्ने र गुणस्तरमा कुनै पनि संझौता नगर्ने वताएका छन्।रुपन्देही विद्युतिय व्यवसायी संघको १४औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनमा वोल्दै अध्यक्ष अग्रवालले व्यवसायीका विभिन्न समस्याहरुको समाधान व्यवसायीहरु भित्र रहेको र समाधान गर्न व्यवसायीनै लाग्नु पर्ने वताएका हुन्।राज्य सञ्चालनको महत्वपूर्ण क्षेत्र अर्थतन्त्र रहेको र उद्योगी-व्यवसायीका समस्या महासंघले राज्यसँग राख्ने र व्यवसायीहरु अधिकारसंगै कर्तव्यमा महत्व दिएमा समाधान हूने धारणा राखे।खुल्ला सिमाना नजिक रहेको रुपन्देहीमा व्यवसायीहरुले भ्याट विलमै आय-व्ययको कारोबार गर्ने गरेमा समाधान हुने र सरकारसंग आवस्यक पहल महासंघले लिने सुल्झाए।उद्योग व्यवसायका समस्या समाधान र गुणस्तरका कारण निम्तिन...
आजदेखि स्वस्थानी व्रत र माघ स्नान शुरु

आजदेखि स्वस्थानी व्रत र माघ स्नान शुरु

Breaking news 1, जीवनशैली, ज्याेतिष, ताजा अपडेट, पत्रपत्रिका, फिचर, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँप्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघ स्नान आजदेखि सुरु भएको । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकलामा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबिच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फुल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्त चन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ । चढाइए...
रुपन्देहीको बुटवल-भैरहवा सडकखण्डमा मापसे-लापसे चेकजाँच, सवारी चालकहरूमा सचेतना अभियान

रुपन्देहीको बुटवल-भैरहवा सडकखण्डमा मापसे-लापसे चेकजाँच, सवारी चालकहरूमा सचेतना अभियान

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देही जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको नेतृत्वमा बुटवल-भैरहवा सडकखण्डमा सवारी चालक लक्षित मादक पदार्थ सेवन (मापसे) तथा लागूऔषध सेवन (लापसे) सम्बन्धी सघन चेकजाँच अभियान सञ्चालन गरिएको छ । शुक्रबार तिलोत्तमा नगरपालिका-२ स्थित शंकरनगरचोक क्षेत्रमा सञ्चालन गरिएको उक्त चेकजाँच कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट खटिएका प्रहरी निरीक्षक रुद्रकुमार गिरीको नेतृत्वमा ११ जनाको ट्राफिक प्रहरी टोली सक्रिय रहेको थियो । अभियानमा पश्चिम नेपाल बस व्यवसायी प्रालिका पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो ।बुटवल-सुनौली सडकखण्डमा सञ्चालनमा रहेका बस तथा माइक्रोबसका चालक र सहचालकलाई लक्षित गरी मापसे तथा लापसे परीक्षण गरिएको थियो । चेकजाँचका क्रममा सवारी चालकहरूलाई ट्राफिक नियमको पालना, सुरक्षित सवारी सञ्चालन, यात्रुको सुरक्षाप्रति जिम्मेवार बन्ने विषयमा सचेतना समेत गराइएको ट्राफि...
प्रतिनिधि सभा निर्वाचनको तयारीमा निर्वाचन कार्यालय, रुपन्देहीमा २०९ मतदानस्थल

प्रतिनिधि सभा निर्वाचनको तयारीमा निर्वाचन कार्यालय, रुपन्देहीमा २०९ मतदानस्थल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवलप्रतिनिधि सभा निर्वाचन हुन ६२ दिन बाँकी छ। निर्वाचनको मिति नजिकिदै गर्दा निर्वाचन कार्यालयहरु अस्थायी मतदाताको सूची तयार गर्ने, जनशक्ति व्यवस्थापन र सामग्री व्यवस्थापनतर्फ जुटेका छन्। जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार अहिले दलहरुले निर्वाचनसँग सम्बन्धित सामग्रीहरु लैजाने र निर्वाचनबारे जानकारी लिने गरिरहेका छन्।निर्वाचन कार्यालय रुपन्देहीकी प्रमुख कल्पना अर्याल भन्छिन्-‘हामी निर्वाचन आयोगको तालिकाअनुसार नै काम गरिरहेका छौं, अहिले हामीले जिल्लाभर कति जनशक्ति चाहिन्छ र कसरी व्यवस्थापन गर्ने भन्ने काम गरिरहेका छौं, छिटै नै निर्वाचनका लागि जनशक्ति व्यवस्थापन हुन्छ र अरु कामहरु पनि अघि बढ्छन्।’ उनले जिल्लाभरका सरकारी कार्यालयबाट निर्वाचनमा खटिनसक्ने कर्मचारीहरुको सूची तयार भइरहेको र निर्वाचन क्षेत्रहरुमा पनि तयारीको काम अगाडि बढेको बताइन्। रुपन्देहीमा ६ लाख ७२ हजार ...
तराईमा हुस्सु, उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

तराईमा हुस्सु, उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, समाज
काठमाडौंदेशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू-भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पनि तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन् । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भू-भागमा साधारण बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । तराईका केही स्थानमा हुस्सु...
बर्दघाटको उद्योगमा २ मजदुरको मृत्यु, शङ्कास्पद भएको भन्दै मृतकका आफन्तको विरोध प्रदर्शन

बर्दघाटको उद्योगमा २ मजदुरको मृत्यु, शङ्कास्पद भएको भन्दै मृतकका आफन्तको विरोध प्रदर्शन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
नवलपरासीपश्चिम नवलपरासीको बर्दघाट १२ भटौलीमा रहेको कजरिया रमेश टायल्स उद्योगमा कार्यरत दुई जना मजदुरको मृत्यु भएको छ। बुधबार राति एक भारतीय र एक जना नेपाली मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख अनुपम श्रेष्ठका अनुसार मृत्यु हुनेमा बर्दघाट नगरपालिका–१३ धनेवाका ४० वर्षीय होम बहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगण जिल्लाका ३० वर्षको विनोद कुमार रहेका छन्।घटना बिहान करिब ३ बजेतिर घटे पनि घटना ढाकछोपका लागि उद्योगले ढिलो मात्रै प्रहरीलाई खबर गरेको मृतकका आफन्त र स्थानीयले आरोप लगाएका छन्। ग्यास च्याम्बरमा ग्यास खोल्ने क्रममा मृत्यु भए पनि घटना ढाकछोपका लागि दुवैको शव बाहिर ल्याएर सुताइएको स्थानीयको आरोप छ। उद्योगको ग्यास फायरमा सुतिरहेको अवस्थामा मृत फेला परेको र आवश्यक अनुसन्धानको लागि फरेन्सिक परीक्षणका लागि पठाउन लागिएको प्रहरीले ...
जापानमा अब सबै म्यानपावरले श्रमिक पठाउन पाउने

जापानमा अब सबै म्यानपावरले श्रमिक पठाउन पाउने

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौंसरकारले जापानमा प्रशिक्षार्थी कामदार पठाउने निर्देशिका खारेज गरेको छ । निर्देशिका खारेज भएसँगै सबै म्यानपावर कम्पनीले श्रमिक पठाउन पाउने बाटो खुलेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘जापानमा प्राविधिक (अभ्यासार्थी) कामदार पठाउने निर्देशिका २०६६’ जारी गरेको थियो । सोही आधारमा ‘जापान इन्टरनेसल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन’ (जिट्को) मार्फत नेपाली श्रमिकलाई जापानमा काम गर्न पठाउने गरिएको थियो ।निर्देशिका अनुसार निश्चित म्यानपावरलाई सूचीकरण गरेर उनीहरूमार्फत नै श्रमिक पठाउने गरिएको थियो । अब निर्देशिका खारेज भएसँगै सबै म्यानपावर कम्पनीहरूले अन्य देश झैं श्रमिक पठाउन पाउने भएका हुन् ।निर्देशिका खारेज भएसँगै जिट्को समेत खारेज भएको छ । अब सबै म्यानपावर व्यवसायीले श्रमिक पठाउने श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिए ।हाल ‘टेक्निकल इन्टर्न ट्रेनिङ प्...
रविलाई थुनामा राख्नुपर्ने माग उच्च अदालत पाटनद्वारा अस्वीकार

रविलाई थुनामा राख्नुपर्ने माग उच्च अदालत पाटनद्वारा अस्वीकार

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंउच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा राख्नुपर्ने माग गरी सरकारी वकिलले दर्ता गरेको निवेदनमा अस्वीकार गरेको छ । लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको मुद्दामा जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गरेको थियो । जिल्लाको आदेशविरुद्ध सरकारी वकिलले उच्च अदालत पाटनमा वेरितको निवेदन दिएको थियो । न्यायाधीशद्वय खडान्नद तिवारी र दिपककुमार खरेलको इजलासले धरौटीमा रिहा गर्ने आदेश सदर गरेको हो । गत २ माघ २०८१ मा जिल्ला अदालत काठमाडौंले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । ...
औद्योगिक प्रदर्शनीको समापन, लक्ष्य अनुसारको अवलोकन र कारोबार, लगानीको वातावरणबिना समृद्धि सम्भव छैनः मुख्यमन्त्री आचार्य

औद्योगिक प्रदर्शनीको समापन, लक्ष्य अनुसारको अवलोकन र कारोबार, लगानीको वातावरणबिना समृद्धि सम्भव छैनः मुख्यमन्त्री आचार्य

Breaking news 1, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलमा पुस ३ गतेदेखि सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ सकिएको छ । प्रदर्शनीमा ८ लाख अवलोकनकर्ता र ३० करोड कारोबार लक्ष्य रहेकोमा त्यो पूरा भएको आयोजकको भनाइ छ ।प्रदर्शनी समारोहमा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जबसम्म लगानीको वातावरण बन्दैन, तबसम्म समृद्धिको आकांक्षा पूरा हुन नसक्ने स्पष्ट गर्नुभएको छ । लगानीमैत्री वातावरण सिर्जना गर्नु राज्यको प्रमुख दायित्व भएकाले यसलाई सरल, सहज र विश्वासयोग्य बनाउनु पर्ने उहाँको भनाइ छ ।मुख्यमन्त्री आचार्यले लगानीको वातावरण मिलाउन नसकिए देशको उन्नति, समृद्धि र विकास सम्भव नहुने बताउनु भएको हो । ‘प्रदेश सरकारले लगानीको वातावरण बनाउने विषयलाई गम्भीर रूपमा बुझेको छ । उद्योगी व्यवसायीले भोग्ने समस्या समाधान गर्न प्रदेश सरकार सधैं तयार छ,’ उहाँले भन्नुभयो ।मुख्यमन्त्री आचार्यले उ...