समाज

राष्ट्रिय सभाको अधिवेशन माघ ४ मा आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

राष्ट्रिय सभाको अधिवेशन माघ ४ मा आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँसरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ४ गते अधिवेशन आह्वान गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभा विघटन भए पनि स्थायी सदनका रूपमा रहेको राष्ट्रिय सभाको अधिवेशन बाेलाउनेबारे यसअघि विभिन्न चरणमा छलफल भइरहेको थियो । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री कार्कीलाई भेटेर पनि अनुरोध गरेका थिए । ...
आज अपरान्ह ४ बजेसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

आज अपरान्ह ४ बजेसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँआगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन् । निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम सम्बन्धित उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने छन् ।आयोगले सम्बन्धित सबै उम्मेदवारलाई सो सम्बन्धमा जानकारी गराएको निर्वाचन अधिकृत कृष्णबहादुर राउतले जानकारी दिए । आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिन सक्नेछन् । कुनै कारणवश सम्बन्धि...
कांग्रेस विशेष महाधिवेशन: बन्दसत्र सुरु हुँदै

कांग्रेस विशेष महाधिवेशन: बन्दसत्र सुरु हुँदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज हुँदैछ । आइतबार साँझ अबेरसम्म उद्घाटन सत्र सञ्चालन भएपछि आज बन्दसत्र सुरु हुन लागेको हो । बिहानको खाजापछि बन्दसत्र सुरु गरिने महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ । ढिलोमा १० बजेदेखि बन्दसत्रका कार्यक्रम सुरु हुनेछन् ।प्रतिनिधिहरुको माग बमोजिम महामन्त्री गगन थापाको नेतृत्वमा विशेष महाधिवेशन बोलाइएको हो । महाधिवेशनमा २६०० बढी प्रतिनिधिले नाम दर्ता गरेका छन् ।कार्यविधि बनाएर बन्दसत्रको कार्यक्रम अघि बढाइने छ । बन्दसत्रको सभापतित्व ज्येष्ठ सदस्यले गर्नेछन् । बन्दसत्रमा नीतिगत एवं संगठनात्मक प्रतिवेदन पेस हुनेछ । ...
नेपालमा सवा २० प्रतिशत जनसंख्या गरिबीको रेखामुनि

नेपालमा सवा २० प्रतिशत जनसंख्या गरिबीको रेखामुनि

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, शिक्षा, समाचार, समाज
काठमाडौँनेपालमा करिब २० दशमलव २७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी रहेको देखिएको छ । गरिबीको लघु क्षेत्र अनुमान–२०२३ प्रतिवेदनअनुसार सहरी क्षेत्रमा १८.३४ र ग्रामीण क्षेत्रमा २४.६६ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदेशगत रुपमा हेर्दा सबैभन्दा बढी गरिबीको दर सुदूरपश्चिम र सबैभन्दा कम गण्डकी प्रदेशमा रहेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले २०५२ देखि नेपाली जनताको जीवनस्तर तथा मौद्रिक गरिबी मापनका लागि विश्व बैंकद्वारा विकास गरिएको जीवनस्तर मापन अध्ययन विधिको अनुसरण गर्दै नेपाल जीवनस्तर सर्वेक्षण सञ्चालन गर्दै आएको छ । आधारभूत लागत विधिको प्रयोग गरी नेपालमा मौद्रिक गरिबी मापन गरिँदै आएको कार्यालयले जनाएको छ । यसपटक गरिबी मापनका लागि प्रतिव्यक्ति वार्षिक ७२ हजार ९०८ रुपैयाँको नयाँ गरिबीको रेखा ...
आजदेखि नेपाली कांग्रेसको विशेष महाधिवेशन

आजदेखि नेपाली कांग्रेसको विशेष महाधिवेशन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनेपाली कांग्रेसमा संस्थापन पक्षको असहमतिबीच पुस २७ गते आइतबारदेखि विशेष महाधिवेशन पक्षधरको आह्वानमा विशेष महाधिवेशन सुरु हुँदैछ । यही पुस २७ र २८ गते हुने उक्त विशेष महाधिवेशनको काठमाडौँस्थित भृकुटीमण्डपमा आइतबार दिउँसो १ः०० बजे उद्घाटन हुने तय भएको छ । उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउने गरी मञ्च निर्माण गरिएको छ ।त्यसैगरी मञ्चको अगाडि खुला चौरमा भने छ हजारभन्दा बढी कुर्सीको व्यवस्थापन गरिएको विशेष महाधिवेशनका लागि गठन गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले जानकारी दिए। मञ्च वरिपरि कांग्रेसको झण्डा, गेट, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखेर सजाइएको उनले बताए। पुडासैनीका अनुसार उद्घाटनका दिन काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आउने र्यालीलाई व्यवस्थित तरिकाले कार्यक्रममा सहभागी गराउने गरी तयारी थालिएको छ । विशेष महा...
काठमाडौ क्यान्सर सेन्टरद्वारा रुपन्देहीमा चिकित्सकहरूसँग अन्तरक्रिया

काठमाडौ क्यान्सर सेन्टरद्वारा रुपन्देहीमा चिकित्सकहरूसँग अन्तरक्रिया

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीक्यान्सर उपचार र व्यवस्थापनमा भएका नयाँ प्रविधि तथा उपचार विधिबारे जानकारी दिने उद्देश्यले काठमाडौं क्यान्सर सेन्टरले चिकित्सकहरूसँग अङ्कोलोजीसम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिका–स्थित मणिग्रामको ड्रीमगोल्ड रिसोर्टमा शनिबार आयोजित ‘एड्भान्सिङ ओन्कोलोजी केयर इन नेपाल’ शीर्षकको कार्यक्रममा बुटवल र भैरहवाका चिकित्सकहरूको सहभागिता रहेको थियो। कार्यक्रम सेन्टरका कार्यकारी अध्यक्ष तथा क्लिनिकल अङ्कोलोजिस्ट विशेषज्ञ डा. सिमित सापकोटाले नेपालमा क्यान्सर व्यवस्थापनको समग्र अवस्थाबारे जानकारी गराउँदै उपलब्ध उपचार सेवा, चुनौती र आगामी सम्भावनाबारे प्रकाश पारे। उनले नेपालमै अत्याधुनिक प्रविधिमार्फत सुरक्षित क्यान्सर उपचार सम्भव भइसकेकाले अब उपचारका लागि विदेश जानुपर्ने बाध्यता क्रमशः अन्त्य हुँदै गएको बताए। कार्यक्रममा सेन्टरकी...
समाजवादी युवा जगरण अभियान बुटवलमा :राष्ट्र रक्षाकालागी हरेक नागरिक राष्ट्रिय मुक्ति सेना बन्न तयार – बसन्त श्रेष्ठ

समाजवादी युवा जगरण अभियान बुटवलमा :राष्ट्र रक्षाकालागी हरेक नागरिक राष्ट्रिय मुक्ति सेना बन्न तयार – बसन्त श्रेष्ठ

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
विनोद खनाल, बुटवलनेकपा (माओवादी) का पोलिटब्युरो सदस्य तथा प्रमुख अतिथि बसन्त श्रेष्ठ ले नेपालको राष्ट्रिय स्वाधीनता गम्भीर खतरामा परेको बताउँदै त्यसको रक्षाका लागि हरेक नागरिक राष्ट्रिय मुक्ति सेना बन्न तयार हुनुपर्ने कडा चेतावनी दिएका छन्। उनले भ्रष्टाचारीहरूको सम्पत्ति छानबिन गरी कारबाही गर्दै सम्पत्ति राष्ट्रियकरण गर्नु आजको ऐतिहासिक आवश्यकता भएको स्पष्ट पारे।शनिबार बुटवलमा सम्पन्न समाजवादी युवा जागरण सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले राष्ट्रपति समक्ष बुझाइएका मागहरू राज्यसत्ताले बेवास्ता गरे सडक, संसद र सरकार तीनै मोर्चाबाट निर्णायक संघर्ष चर्काइने बताए।नेकपा (माओवादी) ले पौष ९ गते राष्ट्रपति समक्ष पेस गरेको १३ बुँदे मागपत्र माथि १० दिने अल्टिमेटम दिइएको थियो। अल्टिमेटम पूरा नहुँदा पौष २० गतेदेखि समाजवादी युवाहरूको नेतृत्वमा समाजवादी युवा जागरण अभियान सुरु गरिएको हो। पश्चिमको गड...
दिव्योपदेशमा अन्तर्निहित अर्थराजनीतिको सान्दर्भिकता

दिव्योपदेशमा अन्तर्निहित अर्थराजनीतिको सान्दर्भिकता

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, लेख रचना, विविध, शिक्षा, समाचार, समाज
सन्दर्भ राष्ट्रिय एकता दीवस माधवकुमार पौडेलआधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहले मृत्युवरण गर्नु अघि वि.स.१८३१ माघ ३१ गते बिरामीले थलिएको अवस्थामा नुवाकोटको साततले दरबारमा भारदारहरूलाई दिएको उपदेशलाई ‘दिव्य उपदेश’ भनिन्छ । पश्चिम विजय गर्न जाँदा पाएको कटु अनुभवबाट शिक्षा पाएका पृथ्वीनारायण शाह पूर्वतिर लाग्छन् । उनका कुशल सेनानायकद्धारा हाँकिएको फौज पूर्वका दुई सेनराज्य चौदण्डी र विजयपुर माथि विजय हासिल गर्न सफल हुन्छन् ।त्यसको केहि समयपछि पश्चिमतिर राज्यविस्तार गर्ने अभियानमा नुवाकोटमा पुगेर योजना बनाउने क्रममा पृथ्वीनारायण शाह कडा रोगबाट थलिन्छन् । पश्चिमी राज्य जितेर आप्mनो राज्यमा मिलाउने उनको इच्छा पुरा हुन सक्दैन ।यस उपदेशमा उनले आप्mनो जीवनमा घटेका महत्वपूर्ण घटनाका साथै उनका अधुरा योजनाबारे बताएका छन् । आजभन्दा २५२ बर्षअघि दिइएको यो उपदेश हाम्रा ला...
रास्वपाले एकतर्फी रुपमा एकता भंग गरेको कुलमान घिसिङको टिप्पणी

रास्वपाले एकतर्फी रुपमा एकता भंग गरेको कुलमान घिसिङको टिप्पणी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौंउज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले रास्वपाको साधारण सदस्यको रुपमा बस्छु भन्दा पनि रास्वपाले एकतर्फि रुपमा सहमति भंग भएको घोषणा गरेको बताएका छन् ।शनिबार भएको केन्द्रीय समिति बैठकपछिको पत्रकार सम्मेलनमा बोल्दै उनले आज अन्तिम चरणमा सहमतिको लागि प्रस्ताव अगाडि सारेको साधारण सदस्य भएर बस्छु भन्दा पनि अन्तिममा आएर एकतर्फि रुपमा सहमति भंग भएको घोषणा गरेको बताए ।उज्यालो नेपाल पार्टीले पदको ठूलो ठूलो मोलभाउ गर्यो भनेर मिडियामा आएका कुराहरु सरासर गलत भएको भन्दै आफूहरु सहमति टुंगाउने पक्षमा रहेको बताए ।उनले भने, ‘जुन किसिमले मिडियामा धेरै कुराहरु आएको छ । हामीले पदको ठूलो ठूलो मोलभाउ गर्यौ भनेर त्यो सरासर गलत हो । म आफैं पनि उपाध्यक्ष त्यो भने वर्गीयताको क्रममा धेरै तल भएपनि मैले सहेर गएको थिए र मैले आज अन्तिम चरणमा सहमतिको लागि प्रस्ताव अगाडि सारेको थिए । म एउटा साध...
काँग्रेसको विशेष महाधिवेशन पक्षधरका शनिबारका औपचारिक कार्यक्रम स्थगित

काँग्रेसको विशेष महाधिवेशन पक्षधरका शनिबारका औपचारिक कार्यक्रम स्थगित

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आजको सम्पूर्ण औपचारिक कार्यक्रम स्थगित गरेका छन् ।पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य होमनाथ दाहालको गएराति निधन भएपछि कांग्रेस विशेष महाधिवेशनले शनिबार हुने सबै कार्यक्रमहरू स्थगित गरेको विशेष महाधिवेश्नाको व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी दिएका छन् ।शनिबार भृकुटीमण्डपमा विशेष महाधिवेशन पक्षधरले र्‍याली निकाल्ने तथा अन्य विभिन्न कार्यक्रम राखिएको थियो । ती सबै औपचारिक कार्यक्रम स्थगित गरिएको र आइतबार तय भएका कार्यक्रमहरू भने यथावत रहेको उनले बताएका छन् । काठमाडौँको भृकुटीमण्डपमा आइतबार र सोमबार विशेष महाधिवेशन उद्घाटन हुँदैछ । ...