रास्वपाले एकतर्फी रुपमा एकता भंग गरेको कुलमान घिसिङको टिप्पणी


काठमाडौं
उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले रास्वपाको साधारण सदस्यको रुपमा बस्छु भन्दा पनि रास्वपाले एकतर्फि रुपमा सहमति भंग भएको घोषणा गरेको बताएका छन् ।
शनिबार भएको केन्द्रीय समिति बैठकपछिको पत्रकार सम्मेलनमा बोल्दै उनले आज अन्तिम चरणमा सहमतिको लागि प्रस्ताव अगाडि सारेको साधारण सदस्य भएर बस्छु भन्दा पनि अन्तिममा आएर एकतर्फि रुपमा सहमति भंग भएको घोषणा गरेको बताए ।
उज्यालो नेपाल पार्टीले पदको ठूलो ठूलो मोलभाउ गर्यो भनेर मिडियामा आएका कुराहरु सरासर गलत भएको भन्दै आफूहरु सहमति टुंगाउने पक्षमा रहेको बताए ।
उनले भने, ‘जुन किसिमले मिडियामा धेरै कुराहरु आएको छ । हामीले पदको ठूलो ठूलो मोलभाउ गर्यौ भनेर त्यो सरासर गलत हो । म आफैं पनि उपाध्यक्ष त्यो भने वर्गीयताको क्रममा धेरै तल भएपनि मैले सहेर गएको थिए र मैले आज अन्तिम चरणमा सहमतिको लागि प्रस्ताव अगाडि सारेको थिए । म एउटा साधारण सदस्य भएर बस्छु हाम्रो केन्द्रीय सदस्यहरुलाई मिलाएर अगाडि बढौं पनि भनेको थिए । तर उहाँहरुले धेरै समय लिनुभयो र अन्तिममा आएर एकतर्फि रुपमा उहाँहरुले यो सहमति भंग भएको घोषणा गर्दिनुभयो, हामीले गरेको होइन ।’

यस्तै, उनले जेनजीका मागहरु पूरा गर्न र देशलाई संकटबाट बाहिर ल्याउनको लागि रास्वपासँग सहमति गरेको उल्लेख गर्दै त्यो सहमति आज अत्यन्तै हिनताबोधका साथ छोड्नुपर्ने अवस्था आएको बताए ।

उनले भने, ‘यो पार्टीलाई मेरो नेतृत्वमा देशव्यापी रुपमा प्रभावकारी रुपमा अगाडि बढाउने छु भन्ने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु । हामीले जेनजीका मागहरु पूरा गर्न र देशलाई संकटबाट बाहिर ल्याउनको लागि रास्वपासँग सहमति गरेका थियौं । पुष १४ गते भएको उक्त सहमति आज २६ गते भयो अत्यन्तै हिनताबोधका साथ हामीले अगाडि बढाउनुपर्ने अवस्था आयो ।

सहमतिहरुमा हाम्रो कुनै प्रकारको ठूलो माग पनि थिएन् । यसलाई छिटोभन्दा छिटो कार्यान्वयन गर्दै जाउँ भन्ने हाम्रो माग थियो ।’ यो १२ दिनसम्म हामीलाई रोकेर राखेर रास्वपाले ठाँउ ठाँउमा उनेपाका सदस्यहरुलाई पार्टी प्रवेश गराएको पनि उनको आरोप छ ।

छुटाउनुभयो कि ?

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...