विश्वकप २०२६ : नयाँ विश्व विजेता बन्याे स्पेन, अर्जेन्टिना १-०ले स्तब्ध


काठमाडौं
फिफा विश्वकप २०२६ को नयाँ विजेता स्पेन बनेको छ । सोमबार बिहान सम्पन्न रोमाञ्चक फाइनल भिडन्तमा साबिक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोल अन्तरले पराजित गर्दै स्पेनले दोस्रो पटक विश्वकपको उपाधि चुमेको हो ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको पहिलो हाफ समेत गोल रहित बराबरीमै सकिएको थियो ।

अतिरिक्त समयको दोस्रो हाफको सुरुवातमै वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका फेरान टोरेसले खेलको १०६ औँ मिनेटमा गरेको उत्कृष्ट गोल नै स्पेनका लागि विश्व विजेता बन्न निर्णायक बन्यो ।

स्पेन सन् २०१० पछि पहिलो पटक फाइनलमा पुगेको हो । उसले २०१०मा उपाधि समेत उचालेको थियो । स्पेनले आफ्नो दोस्रो फाइनल यात्रालाई ऐतिहासिक रूपमा सफल बनाउँदै दोस्रो पटक उपाधि चुमेको छ।

सन् २०२२ को विश्वकप विजेता अर्जेन्टिना भने यसपटक उपबिजेतामै चित्त बुझाउन बाध्य भएको छ ।

फाइनल खेलको निर्धारित समयको अन्तिम ४ मिनेट मा अर्जेन्टिनी खेलाडी एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित बनेको अर्जेन्टिना अतिरिक्त समयमा स्पेनको आक्रामक दबाब झेल्न झेल्न नसकी पराजित भयो ।

छुटाउनुभयो कि ?

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

बुटवलबडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृ...
बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...