विश्वकप २०२६ : नयाँ विश्व विजेता बन्याे स्पेन, अर्जेन्टिना १-०ले स्तब्ध


काठमाडौं
फिफा विश्वकप २०२६ को नयाँ विजेता स्पेन बनेको छ । सोमबार बिहान सम्पन्न रोमाञ्चक फाइनल भिडन्तमा साबिक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोल अन्तरले पराजित गर्दै स्पेनले दोस्रो पटक विश्वकपको उपाधि चुमेको हो ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको पहिलो हाफ समेत गोल रहित बराबरीमै सकिएको थियो ।

अतिरिक्त समयको दोस्रो हाफको सुरुवातमै वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका फेरान टोरेसले खेलको १०६ औँ मिनेटमा गरेको उत्कृष्ट गोल नै स्पेनका लागि विश्व विजेता बन्न निर्णायक बन्यो ।

स्पेन सन् २०१० पछि पहिलो पटक फाइनलमा पुगेको हो । उसले २०१०मा उपाधि समेत उचालेको थियो । स्पेनले आफ्नो दोस्रो फाइनल यात्रालाई ऐतिहासिक रूपमा सफल बनाउँदै दोस्रो पटक उपाधि चुमेको छ।

सन् २०२२ को विश्वकप विजेता अर्जेन्टिना भने यसपटक उपबिजेतामै चित्त बुझाउन बाध्य भएको छ ।

फाइनल खेलको निर्धारित समयको अन्तिम ४ मिनेट मा अर्जेन्टिनी खेलाडी एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित बनेको अर्जेन्टिना अतिरिक्त समयमा स्पेनको आक्रामक दबाब झेल्न झेल्न नसकी पराजित भयो ।

छुटाउनुभयो कि ?

बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

काठमाण्डौ — रसुवाको भोटेकोशीमा गएको १० गते आएको विनाशकारी बाढीका कारण पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय वि...
भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

काठमाडौंभोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्...
आज श्रीकृष्ण जन्माष्टमी मनाइदै

आज श्रीकृष्ण जन्माष्टमी मनाइदै

काठमाडौँवैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक...
जलवायु परिवर्तनको असर र समाधान

जलवायु परिवर्तनको असर र समाधान

श्रीराम ज्ञवालीजलवायु परिवर्तन वर्तमान विश्वको सबैभन्दा ठूलो र गम्भीर चुनौती हो, जसले मानव सभ्यता, प्राकृतिक पारिस्थितिक प्रण...