मौसममा सुधारको संकेत, एक–दुई स्थानमा मात्रै भारी वर्षाको सम्भावना



काठमाडौं
देशभर मनसुनी गतिविधि केही कमजोर बन्दै गए पनि आज पनि अधिकांश पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् बिनु महर्जनका अनुसार आगामी तीन दिन मौसमको समग्र प्रवृत्तिमा भने ठूलो परिवर्तन हुने छैन । अधिकांश स्थानमा मध्यम वर्षा जारी रहने र एक–दुई स्थानमा मात्रै भारी वर्षा हुने सम्भावना रहे पनि अति भारी वर्षाबाट ठूलो जोखिम उत्पन्न हुने अवस्था भने तत्काल नदेखिएको मौसमविद् महर्जनले बताइन् ।
उनका अनुसार अहिले गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । यो वर्षा क्रमश: कम हुँदै जाने अपेक्षा गरिएको छ ।
साथै काठमाडौं उपत्यकामा अहिले साधारणतया बदली रहेको छ भने हिजोको तुलनामा आज मौसममा केही सुधार हुने देखिएको छ ।
आज देशका हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । त्यस्तै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
भारी वर्षाको सम्भावना भने सीमित क्षेत्रमा मात्रै रहेको महाशाखाले जनाएको छ । कोशी र सुदूरपश्चिम प्रदेशका पहाड तथा तराईका थोरै स्थान र बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मात्र भारी वर्षा हुन सक्ने सम्भावना रहेको मौसमविद् महर्जनले बताइन् ।

उनका अनुसार अति भारी वर्षाको जोखिम भने पछिल्ला दिनको तुलनामा कम भएको छ । यद्यपि पहाडी क्षेत्रमा स्थानीय रूपमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने उनले सुझाव दिइन् ।

छोटो अवधिका लागि वर्षाका कारण हवाई तथा सडक यातायातमा सामान्य अवरोध आउन सक्ने भए पनि दिनभरि नै व्यापक असर पर्ने अवस्था नरहेको महाशाखाको भनाइ छ ।

छुटाउनुभयो कि ?

बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

काठमाण्डौ — रसुवाको भोटेकोशीमा गएको १० गते आएको विनाशकारी बाढीका कारण पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय वि...
भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

काठमाडौंभोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्...
आज श्रीकृष्ण जन्माष्टमी मनाइदै

आज श्रीकृष्ण जन्माष्टमी मनाइदै

काठमाडौँवैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक...
जलवायु परिवर्तनको असर र समाधान

जलवायु परिवर्तनको असर र समाधान

श्रीराम ज्ञवालीजलवायु परिवर्तन वर्तमान विश्वको सबैभन्दा ठूलो र गम्भीर चुनौती हो, जसले मानव सभ्यता, प्राकृतिक पारिस्थितिक प्रण...