मौसममा सुधारको संकेत, एक–दुई स्थानमा मात्रै भारी वर्षाको सम्भावना



काठमाडौं
देशभर मनसुनी गतिविधि केही कमजोर बन्दै गए पनि आज पनि अधिकांश पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् बिनु महर्जनका अनुसार आगामी तीन दिन मौसमको समग्र प्रवृत्तिमा भने ठूलो परिवर्तन हुने छैन । अधिकांश स्थानमा मध्यम वर्षा जारी रहने र एक–दुई स्थानमा मात्रै भारी वर्षा हुने सम्भावना रहे पनि अति भारी वर्षाबाट ठूलो जोखिम उत्पन्न हुने अवस्था भने तत्काल नदेखिएको मौसमविद् महर्जनले बताइन् ।
उनका अनुसार अहिले गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । यो वर्षा क्रमश: कम हुँदै जाने अपेक्षा गरिएको छ ।
साथै काठमाडौं उपत्यकामा अहिले साधारणतया बदली रहेको छ भने हिजोको तुलनामा आज मौसममा केही सुधार हुने देखिएको छ ।
आज देशका हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । त्यस्तै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
भारी वर्षाको सम्भावना भने सीमित क्षेत्रमा मात्रै रहेको महाशाखाले जनाएको छ । कोशी र सुदूरपश्चिम प्रदेशका पहाड तथा तराईका थोरै स्थान र बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मात्र भारी वर्षा हुन सक्ने सम्भावना रहेको मौसमविद् महर्जनले बताइन् ।

उनका अनुसार अति भारी वर्षाको जोखिम भने पछिल्ला दिनको तुलनामा कम भएको छ । यद्यपि पहाडी क्षेत्रमा स्थानीय रूपमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने उनले सुझाव दिइन् ।

छोटो अवधिका लागि वर्षाका कारण हवाई तथा सडक यातायातमा सामान्य अवरोध आउन सक्ने भए पनि दिनभरि नै व्यापक असर पर्ने अवस्था नरहेको महाशाखाको भनाइ छ ।

छुटाउनुभयो कि ?

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

बुटवलबडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृ...
बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...