समाज

आफन्तको तस्बिर वोकेर ‘शवगृह’बाहिर

आफन्तको तस्बिर वोकेर ‘शवगृह’बाहिर

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, समाज
चितवनभरतपुरका ठाकुरप्रसाद कँडेल र लिलावती सापकोटा बिहीबार बिहानैदेखि भरतपुर अस्पतालको ‘पोस्टमार्टम घर’बाहिर छन् । उनीहरुले हातमा दुई युवकको फोटो देखिन्छ । ती दुई युवक हुन्– माधव न्यौपाने र सबिन न्यौपाने । उनीहरु लीलावतीका भाइ पर्छन् । तिब्बत हुँदै नेपालतर्फ बुधबार बिहान आएको बाढीमा परेर उनीहरु बेपत्ता छन् । अहिलेसम्म उनीहरुको अवस्थाबारे केही थाहा छैन । ठाकुरका अनुसार माधव चीन र नेपालतर्फ सामान आयात–निर्यातमा संलग्न छन् । सबिन बैंकका कर्मचारी हुन् ।संकलन गरेर ल्याइएका शव पनि उनीहरुले हेरे । त्यहाँ दुवै भेटिएनन् । उनीहरुले संकलित शवको विक्षिप्त अवस्था पनि सुनाए । ‘केही शवको टाउको नै छैन । केही शव चिनियाँ नागरिकजस्तो देखियो,’ कहालीलाग्दो अवस्था सुनाउँदै ठाकुरले थपे, ‘हामीले खोजिरहेकाहरु यहाँ भेटिएनन् ।’ अस्पतालको शव गृहबाहिर अन्य बेपत्ताका परिवार र आफन्त पनि जम्मा भएका छन् । उनी...
रसुवा भोटेकोशी बाढी : आठ जिल्लामा भेटियो २ सय ८९ जनाको शव

रसुवा भोटेकोशी बाढी : आठ जिल्लामा भेटियो २ सय ८९ जनाको शव

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार, समाज
काठमाडौंबुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परेर बेपत्ता भएकाहरूमध्ये अहिलसम्म २ सय ८९ जनाको शव फेला परेको छ। दिउँसो ३ बजेसम्मको तथ्यांकअनुसार रसुवामा ३, नुवाकोटमा १२, धादिङमा २९, गोरखामा २९, तनहुँमा १६, चितवनमा १२१, पूर्वी नवलपरासीमा ६५, पश्चिम नवलपरासीमा १४ जनाको शव भेटिएको हो।नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीको बेपत्ता भएकाहरूको खोजी कार्य जारी राखेको छ। ...
रसुवा बाढी अपडेट : १५७ शव फेला

रसुवा बाढी अपडेट : १५७ शव फेला

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, समाज, स्थानीय
काठमाडौं । रसुवा बाढीमा परेकामध्ये १५७ जनाको शव फेला परेको छ। राति ११: ५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार ७ वटा जिल्लामा गरेर १५७ जनाको शव फेला परेको हो। प्रहरीका अनुसार रसुवामा ३, नुवाकोटमा १३, धादिङमा २७, चितवनमा ६४, गोरखामा १९, तनहुँमा ९ र नवलपरासी पूर्वमा २२ जनाको शव फेला परेको छ।नेपाल प्रहरीले अहिलेसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्कमा नआएको पनि जनाएको छ। जसअनुसार २० जना त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं, ४ जना ट्रमा सेन्टर, 3 जना वीर अस्पताल, १ जना वीरेन्द्र सैनिक अस्पताल छाउनी, ३ जना नर्भिक अस्पतालमा र ९ जना त्रिशूली अस्पतालमा उपचाररत छन्। ...
लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवन निर्माणको ४५ प्रतिशत काम सम्पन्न

लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवन निर्माणको ४५ प्रतिशत काम सम्पन्न

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवललुम्बिनी प्रदेश सरकारको गौरव आयोजनाको रूपमा निर्माणाधीन लुम्बिनी प्रादेशिक अस्पतालको भौतिक पूर्वाधार निर्माण कार्यले तीव्रता पाएको छ। यस आयोजनाको भौतिक प्रगति ४५ प्रतिशत पुगिसकेको लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख छबिराज पोखरेलले बताए । कुल ७,७०० वर्गमिटर (१ बिघा २ कठ्ठा १४ धुर) क्षेत्रफलमा मुख्य १० तल्ला र २ तहको बेसमेन्टसहितको ७०० बेडको भवन तथा ५ तल्ला र १ तहको बेसमेन्ट भएको १०० बेडको क्यान्सर अस्पताल गरी दुवै अत्याधुनिक संरचनाको निर्माण कार्य एकसाथ अगाडि बढिरहेको छ। मुख्य भवनको बेसमेन्ट, जग तथा तल्ला ढलानको काम तीव्र रूपमा भइरहेको उनले बताए ।अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्रमार्फत छनोट भएको निर्माण कम्पनी क्यापासाइत-आशिष् रेलिगेशन जेभीसँग २०८० पुस २६ गते ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ७ अर्ब १५ करोड १४ लाख ७३ हजार रुपैयाँमा ठेक्का सम...
रसुवा भोटेकोशीको बाढीले तीन जिल्लामा ठूलो मानवीय क्षति, अर्बौंको भौतिक नोक्सानी

रसुवा भोटेकोशीको बाढीले तीन जिल्लामा ठूलो मानवीय क्षति, अर्बौंको भौतिक नोक्सानी

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, विविध, समाचार, समाज
काठमाडौंरसुवाको भोटेकोशीमा आएको बाढीका कारण ठूलो मानवीय र भौतिक क्षति भएको छ । नेपाल प्रहरीको पछिल्लो अपडेट अनुसार हालसम्म १५७ जनाको शव फेला परिसकेको छ । रसुवा,धादिङ र नुवाकोट तीन जिल्लाका नदी किनारका बस्तीमा ठूलो क्षति भएको छ । कतै बस्तीहरू नै बगेका छन् ।बस्ती नै बगाउँदा कति मानिसको अवस्था के छ भन्ने अझै यकिन भइसकेको छैन । सयौं मानिसहरू हराइरहेको सूचनाहरू आइरहेका छन् ।प्रहरीका अनुसार रसुवामा ३, नुवाकोटमा १३, धादिङमा ६४, गोरखामा १९, तनहुँमा ९ र नवलपरासी पूर्वमा २२ जनाको शव फेला परेको छ।बेपत्ता हुनेमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजमती कर्मचारी देखि विभिन्न विद्युत आयोजनामा काम गर्ने व्यक्तिहरू पनि छन् ।नेपाल प्रहरीले अहिलेसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्कमा नआएको पनि जनाएको छ।बाढीबाट घाइते भएकाहरू मध्ये २० जना त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं, ४ जना ट्रमा ...
लुम्बिनीका १ हजार २ सय ६ पत्रकारको दुर्घटना बीमा, ५ लाख ६५ हजारको जोखिम बहन

लुम्बिनीका १ हजार २ सय ६ पत्रकारको दुर्घटना बीमा, ५ लाख ६५ हजारको जोखिम बहन

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवललुम्बिनी प्रदेशमा कार्यरत १ हजार २०६ जना पत्रकारको सामूहिक दुर्घटना बीमा गरिएको छ । पत्रकारको पेशागत जोखिमलाई मध्यनजर गर्दै उनीहरुलाई आर्थिक सुरक्षाको प्रत्याभूति दिने उद्देश्यले लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालय, राष्ट्रिय बीमा कम्पनी लिमिटेड नेपालगञ्ज र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिबीच सम्झौता गरी दुर्घटना बीमा गरिएको हो । मन्त्रालयका तर्फबाट प्रदेश सचिव भरतमणि पाण्डे, राष्ट्रिय बीमा कम्पनी लिमिटेड नेपालगञ्जका शाखा प्रमुख नविन शर्मा पौडेल र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य ओमप्रकाश गुप्ताले हस्ताक्षर गरेका हुन् ।सम्झौताअनुसार लुम्बिनी प्रदेशमा कृयासिल १ हजार २०६ जना पत्रकारको प्रतिव्यक्ति ५ लाख ६५ हजार रुपैयाँ बराबरको दुर्घटना बीमा गरिएको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम...
भोटेकोशी विपत्ति अपडेट – थुनिएको नदी फुट्दा बाढी, अझै पूरा खुल्न बाँकी: बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी विपत्ति अपडेट – थुनिएको नदी फुट्दा बाढी, अझै पूरा खुल्न बाँकी: बाढी पूर्वानुमान महाशाखा

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँभोटेकोशी नदीमा ठूलो मानवीय तथा भौतिक क्षति गराउने गरी एकाएक बाढी आउनुको कारण के हो भन्ने अहिले चासोको विषय बनेको छ। बुधबार बिहान अकस्मात आएको बाढीले रसुवा, नुवाकोट, धादिङ हुँदै चितवनसम्मका तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। नदी आसपासका केही गाउँदेखि जलविद्युत आयोजनाहरू, टिमुरे भन्सार कार्यालय र थुप्रै घर तथा पुलहरूको भौतिक संरचना ध्वस्त पारेको छ। मानवीय क्षति र भौतिक क्षतिको पूर्ण विवरण आइसकेको छैन। बाढी पूर्वानुमान महाशाखाले चिनियाँ पक्षबाट प्राप्त सूचना उद्धृत गर्दै थुनिएको नदीमा अचानक बाँध फुट्दा यो बाढी आएको जनाएको छ। नदी थुनिएको ठाउँमा अझै केही भाग खुल्न बाँकी रहेकाले भोटेकोशी र त्रिशूली क्षेत्रमा जोखिम कायम रहेको पनि महाशाखाले उल्लेख गरेको छ। 'चीन तर्फबाट प्राप्त सूचना अनुसार नदी थुनिएको स्थानमा अझै पनि ताल पूरा नखोलिएको हुँदा भोटेकोशी र त्रिशूली क्षेत्र...
आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन् । मंगलबार स्थगित भएको प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बोलाइएको छ । उक्त बैठकमा प्रधानमन्त्री शाहले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची छ ।प्रधानमन्त्री भएयता शाहले पहिलोपटक नियमानुसार संसदको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन लागेका हुन् । सांसदहरुले लामो समयदेखि उनको खोजी गरिरहेका थिए ।बैठकमा मुस्लिम आयोगको सातौं वार्षिक प्रतिवेदन, आव २०८१/८२ प्रस्तुत गर्ने, नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।त्यस्तै, आज विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दैछ । ...
लुम्बिनीमा पहिलाकै अवस्थामा फर्किँदै सचिवालयको नियूक्ति

लुम्बिनीमा पहिलाकै अवस्थामा फर्किँदै सचिवालयको नियूक्ति

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवललुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री, सभामुख तथा विपक्षी दलका नेताको सचिवालयमा कर्मचारी नियुक्त गर्न पाउने व्यवस्था फेरि ब्युँताएको छ। प्रदेश सरकारले मन्त्रिपरिषद्बाट निर्णय गर्दै सचिवालयमा कर्मचारी नियुक्त गर्न पाउने पुरानै व्यवस्था पुनः कायम गरेको हो।२०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले सचिवालयमा कर्मचारी नियुक्त गर्ने व्यवस्थामा व्यापक कटौती गरेको थियो। तर, आन्दोलनको एक वर्ष पनि नपुग्दै मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख र विपक्षी दलका नेताको सचिवालयलाई पुरानै अवस्थामा फर्काउने प्रक्रिया अघि बढाइएको छ।लुम्बिनी प्रदेश सरकारको यही भदौ ४ गते बसेको मन्त्रिपरिषद् बैठकले ‘मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक ऐन, २०७५’ को अनुसूची २ हेरफेर गरी मुख्यमन्त्रीलाई राजनीतिक सल्लाहकार, विज्ञ, प्रमुख स्वकीय सचिव, स्वकीय सचिव, प्रेस संयोजक र स्वकीय सह...
नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि आज सार्वजनिक बिदा

नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि आज सार्वजनिक बिदा

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँसरकारले मोहम्मद जयन्तीको अवसरमा आज भदौ १० गते बुधबार नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र लागू हुने गरी सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले आज (भदौ ९ गते) एक सूचना जारी गर्दै मुस्लिम आयोगको जानकारी अनुसार यस वर्षको मोहम्मद जयन्ती भदौ १० गते परेकाले आज बिदा दिइएको जनाएको छ। वि.सं. २०८२ फागुन १८ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने व्यवस्था रहेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता अनिन्द्र काफ्लेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसैबिच, गृह मन्त्रालयले मोहम्मद जयन्तीको पावन अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरूमा हार्दिक शुभकामना समेत व्यक्त गरेको छ । ...