बुटवल खाना महोत्सव, पर्यटनबाट बुटवलमा आर्थिक समृद्धिको विश्वास



बुटवल
मौलिक खानाका परिकारका पस्कने गरि बुटवलमा पाँच दिने खाना महोत्सव शुरु भएको छ । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीको आयोजनामा बुटवलको देविनगरस्थित खुलामंचमा शुक्रबारदेखी बुटवल खाना महोत्सव शुरु भएको हो ।

कार्यक्रमको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै नगरलाई पर्यटकीय क्षेत्रको पहिचान र आर्थिक रुपमा चलायमान गराएर अघि बढ्न सक्ने सम्भावना रहेको बताए । बुटवलका राम्रा र सबल पक्षहरुको बारेमा बुझाउँदै विकास अघि बढाउन सकिने उनले दाबी गरे ।

कार्यक्रममा केन्द्रिय महासचिव राजेश महतराले महासंघको सप्ताहब्यापी स्थापना दिवस चलिरहेको बताए । शहरमा जति नै भौतिक रुपमा विकास भएपनि ब्यवसायीको बत्ति नबोलेको उनले दुखेसो गरे । होटल ब्यवसायीहरुलाइ साझेदारीका रुपमा अघि नबढाउदा धेरै पटक आग्रह गरेको स्मरण गर्दै उनले होटल ब्यवसायी बिना पर्यटन क्षेत्र सफल हुन नसक्ने उनले बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवि अर्यालले स्वाद चाख्ने र रमाईलो मनाउने गरि उत्कृष्ट शैलीको महोत्सव बनाउन सुझाव दिए । खुला मंचलाई ब्यवस्थित गर्ने उदेश्य राखेको भएपनि त्यो सफल नभएको उनले बताईन। खानाको परिकार स्टलहरुमा राख्न समेत उनले बताए ।

कार्यक्रममा संघका निवर्तमान लेखनाथ भण्डारीले कालिका पथलाई रात्रिकालिन बजारको अवधारणा स्थानिय पालिकाबाट अघि बढाएको भएपनि कार्यान्वयनमा समस्या देखिएको बताए । खाना महोत्सवमा निशुल्क प्रवेशको ब्यवस्था गरेर सबै वर्ग र समुहलाई सहज गरिएको उनले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र खनाल, नेपाल पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डेय, वरिष्ठ सल्लाहकार माधव नेपालले पेशालाई अनुसासित र मर्यादित बनाउन सुझाव दिए ।

कार्यक्रममा संघका अध्यक्ष माधव कुमार खनालले धेरै स्थानमा सारेको खाना महोत्सव पछिल्लो संस्करणमा खुला मंच आईपुगेको भन्दै यो क्षेत्रलाई स्थायी रुपमा कार्यक्रम स्थलका रुपमा विकास गर्न सकिने बताए । सास्कृतिक कार्यक्रम समेत सम्पन्न भएको छ । यसैबिच कार्यक्रममा रयालीमा सहभागी संघसंस्थाहरुलाई समेत सम्मानपत्रबाट सम्मानित गरिएको संघका महासचिव केशव कंडेलले बताए । देशमा ८५ हजार ब्यवसायीहरु रहेका छन ।

छुटाउनुभयो कि ?

खाना बन्द भएपछि भोक र अन्योलमा सुकुम्बासी परिवार

खाना बन्द भएपछि भोक र अन्योलमा सुकुम्बासी परिवार

काठमाडौंहोल्डिङ सेन्टर खाली गर्न प्रशासनले दिएको समयसीमा नजिकिँदै गर्दा भक्तपुरको बोडेमा आश्रय लिइरहेका सुकुम्बासी परिवारको द...
तुइनखोला पहिरो रोकथामका लागि नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने

तुइनखोला पहिरो रोकथामका लागि नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने

बुटवलनारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुन...
बुटवल खाना महोत्सव, पर्यटनबाट बुटवलमा आर्थिक समृद्धिको विश्वास

बुटवल खाना महोत्सव, पर्यटनबाट बुटवलमा आर्थिक समृद्धिको विश्वास

बुटवलमौलिक खानाका परिकारका पस्कने गरि बुटवलमा पाँच दिने खाना महोत्सव शुरु भएको छ । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देह...
दिवाकर स्मृति प्रतिष्ठानद्वारा ‘उज्यालो युरोप’ विमोचनसंगै शिक्षा सेवा पुरस्कार प्रदान

दिवाकर स्मृति प्रतिष्ठानद्वारा ‘उज्यालो युरोप’ विमोचनसंगै शिक्षा सेवा पुरस्कार प्रदान

बुटवलदिवाकर स्मृति प्रतिष्ठान नेपालले स्वर्गीय केशव ज्ञवालीद्वारा लिखित नियात्रासंग्रह ‘उज्यालो युरोप’ विमोचन गर्नुका साथै दि...